Powered by Blogger.
लोकतान्त्रिक आदिवाशीको पर्यटन तथा उद्योग विभाग विस्तार


काठमाडौं ।  नेकपा एमाले निकट आदिवाशी जनजातीहरुको छाता संगठन नेपाल लोकतान्त्रिक आदिवाशी जनजाती महासंघको पर्यटन तथा  उद्योग विभाग विस्तार भएको छ ।

शनिबार राजधानीमा विभागका प्रमुख तथा केन्द्रीय सचिव रामचन्द्र बलको अध्यक्षतामा भएको बैठकले विभाग विस्तार गरेको छ । 

महासंघका महासचिव परशु मेघी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले विभागलाई  १५ सदस्यीय आकारमा पूर्णता दिँदै सचिव समेत चयन गरेको हो । सो विभागको सचिवमा दर्शनकुमार तामाङ रहेका छन् भने सदस्यहरुमा गोपाल ब्लोन, हेमकुमार थिङ, अशोक लामा, हिरालाल थिङ, बिना राई, जंगबहादुर गुरुङ रहेका छन् । यसैगरी अन्य सदस्यहरुमा आङलमी शेर्पा, पामा शेरप लामा, बलबहादुर ऐडी, धनबहादुर श्रेष्ठ, छिरीङ क्याप, फुर्वा लामा, मिङमार लामा र किरणमान बल रहेका छन् । 

सो बैठकमा महासंघका सचिव देवराज राई, प्रेस चौतारीका केन्द्रीय सदस्य शन्तराम बिडारी तथा महासंघका केन्द्रीय सदस्यहरु डोल्मा तामाङ , युवराज जिरेल लगायतको उपस्थिति रहेको थियो । 

विभागले केही दिन भित्रै महासंघका  अध्यक्ष पृथ्वी सुब्बा गुरुङ ४ नम्बर प्रदेशको मुख्यमन्त्री भएकोमा उहाँ लगायत अन्य पदाधिकारीहरुको सम्मानमा बधाई ज्ञापन गर्न एक भव्य कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । 

सो विभागले उद्योग तथा पर्यटन क्षेत्रमा योजना बनाएर विविध कार्यक्रम  अघि सार्ने विभागका प्रमुख रामचन्द्र बलले जानकारी दिए । 



0 comments

Write Down Your Responses