Powered by Blogger.
कविता गोष्ठिमा संचारकर्मी सिम्रन खड्का प्रथम

थाहा नगर, थाहानगर पालिकाको पालुङ बहुमुखी क्याम्पसमा भएको कविता गोष्ठि (कविता वाचन प्रतियोगिता ) मा  संचारकर्मी सिम्रन खड्का प्रथम हुनु भएकी छिन् । उनी मानविकि संकाय प्रथम वर्षमा अध्यायनरत छिन् ।

प्रजातन्त्र दिवसको अवसर पारि स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरिएको कविता गोष्ठिमा व्यवस्थापन संकाय द्वितीय वर्षका शिवानी विश्वकर्मा द्वितीय र व्यवस्थापन संकाय तृतीय वर्षका संजिता गोपाली तृतीय भएका छन् ।
Image may contain: 3 people, people smiling, people standing, mountain and outdoor
    त्यसैगरि व्यवस्थापन संकाय तृतीय वर्षका मञ्जरी बलामी, सोही वर्षका पार्वती विडारी र मानविकि संकाय प्रथम वर्षका सिर्जना पाठकले सान्तव सात्वना पुरस्कार जितेका छन ।

  पालुङ बहुमुखी क्याम्पसका प्रमुख रामहरि अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो ।  स्वतन्त्र विद्यार्थी युनियन पालुङ क्याम्पसका सभापति मुकेश गोलेको सभाध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका सप्राध्यापक तोयानाथ काफ्ले र विजय बाबु बस्नेतले निर्णयको भूमिका निर्वाह गरेका थिए ।



0 comments

Write Down Your Responses