Powered by Blogger.
राष्ट्रपति भण्डारीद्धारा जकमावीको स्वर्ण महोत्सव समापन


पालुङ । उत्तरी मकवानपुरकै  पुरानो इतिहास बोकेको जनकल्याण माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको अन्तिम दिन बिद्यालयमा स्वर्ण बर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले उट्घाटन गर्नुभयो ।  

सो अवसरमा राष्ट्रपति भण्डारीले जनकल्याण माध्यमिक विद्यालयमा वि.सं. २०५९ सालमा एसएसी उतीर्ण विद्यार्थीहरुको सहयोगमा निर्माण भएको ‘स्वर्ण स्मारक स्तम्भ’को अनावरण गर्नुभएको छ भने विद्यालय परिसरमा हालैमात्र निर्माण भएकोे कृषि प्रयोगशालाको पनि उद्घाटन गर्नुभएको छ ।

कार्यक्रमको अवसरमा विद्यालयका संस्थापक अध्यक्ष स्वर्गिय झलकचन्द्र विष्टलाई मरणेपरान्त सम्मान तथा पूर्व प्रधानाध्यापकहरुलाई राष्ट्रपति भण्डारीद्वारा सम्मानित गरिएको छ । 

समारोहमा राष्ट्रपति भण्डारीलाई थाहा नगरपालिकामा नगरप्रमुखद्धारा अभिनन्दन गदै विद्यालयको तर्फबाट स्मृतिको चीनो प्रदान गरिएको थियो । 

स्वर्ण महोत्सव मूलआयोजक समितिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीवकुमार स्याङ्तानको सभाध्यक्षतमा भएको कार्यक्रममा उपस्थित सम्पुर्णमा प्रधानाध्यापक सानोभाई कार्कीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा प्रतिनीधिसभा सदस्य विरोध खतिवडा, प्रदेश सभा सांसद कुमारी मोक्तान, थाहानगर पालिकाका नगर प्रमुख लवशेर विष्ट लगायतको बिशिष्ट आतिथ्यता रहेको थियो । 

साथै सप्ताहब्यापी कार्यक्रमको अन्तिम दिन सप्ताह भरी सञ्चालन गरिएका कार्यक्रममा बिभिन्न बिद्यामा प्रथम हुन सफल र उत्कृष्ट ३ बिध्यालयलाइ सम्मान गरिएको थियो । ..



0 comments

Write Down Your Responses