Powered by Blogger.
सरकारको योजनामा राप्ति तटबन्द छ : सिंचाई मन्त्री गौतम

Image may contain: 4 people, people smiling, people standing and people sittingहेटौंडा, २२ माघ ।  मकवानपुर उद्योग वाणिज्य संघले आज सरकारका सिंचाई मन्त्री सञ्जय गौतमसँग छलफल गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको छलफलमा मन्त्री गौतमले बर्तमान सरकारको योजनामा राप्ति नदीको तटबन्द समेत रहेको बताएका छन् ।

छलफललाई सम्बोधन गर्दै मन्त्री गौतमले प्रादेशिक राजधानीको स्थायीत्वका लागि केन्द्रीय सरकारले नभई प्रादेशिक सरकारले निर्णय गर्ने बताएका छन् । संघको सचिवालयमा भएको भेटघाट तथा छलफल कार्यक्रममा संघका अध्यक्ष कृष्ण कटुवालले मकवानपुरको समसामयिक विषय र समस्यामा मन्त्री गौतमको ध्यानाकर्षण गराएका थिए ।

 सो कार्यक्रममा मकवानपुरको पर्यटकीय, धार्मिक, ऐतिहासिक क्षेत्र अंकित मायाको चिनो समेत हस्तान्तरण गरिएको थियो । छलफलमा संघका अन्य पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो । सिंचाई मन्त्री गौतम सामुदायिक रेडियो मकवानपुरको आठौं बार्षिकोत्सव कार्यक्रममा सहभागि हुन हेटौंडा आईपुगेका हुन् ।

0 comments

Write Down Your Responses