Powered by Blogger.
मकवानपुर पास्टर एसोसियसनको अध्यक्षमा पाष्टर दिपक निर्विरोध निर्वाचित



मकवानपुर / मकवानपुर पास्टर एसोसियसनको अध्यक्षमा पाष्टर दिपक भोलन निर्विरोध निर्वाचित भएका छन । आज हेटौडा भएको ११ औँ सधारणसभा तथा अधिवेसनले भोलनको अध्यक्षमा ३ वर्षिय कार्यकालको लागि निर्वाचित गरेको हो ।


सो एसोसियसन नयाँ कार्यसमितिका उपाध्यक्षमा थाहानगरपालिका अवस्थित आशिष् चर्चका पास्टर सुवास गोपाली, कर्नर स्टोन चर्चका पास्टर गोविन्द कोइराला सचिव,भने मनहरी गाउँपालिकाबाट पास्टर कुमार प्रजा कोषाध्यक्षमा चयन भएका छन । 

सो एसोसियसनका सदस्यहरुमा पास्टर रविन आले मगर,पास्टर धन सिङ मोक्तान, पास्टर विकास गमाल, पास्टर लाल बहादुर वाइवा, पास्टर धन बहादुर लामा, पास्टर आइत लाल प्रजा र पास्टर मदन सिङ सिन्तान रहेका छन ।

सो अधिवेसनले भुगोलको आधारमा जिल्लाका सवै क्षेत्रका पास्टरहरुलाई समावेश गर्ने हेतुले 
 गाउँपालिकाबाट एक÷एक जना, थाहा  नगरपालिकाबाट एक जना , हेटौंडा उपमहानगरपालिकाबाट दुईजना पास्टर गरि जम्मा ११ सदस्यीय कार्य समिति चयन निर्वाचन कमिटिका सदस्य विर बहादुर पाख्रिनले जानकारी दिनु भयो ।
कार्यक्रममा मकवानपुर पाष्टर एसोसियनको अध्यक्ष जस्तो गरिमामय पदमा पास्टर दिपक भोलन सर्वसम्मतले मनोनित हुनुभएकोमा साथै सम्पूर्ण कार्य समितिका पदाधीकारीहरुलाई सफल कार्यकालको लागि शुभकामना र प्रार्थनाका साथै स्वार्गिय बधाई व्यक्त गरेको छ ।

नर्व निर्वाचित अध्यक्ष भोलनले आफुलाई अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित गराउनुहुने सम्पुर्ण स्टरहरुलाई धन्यावाद दिदै आफ्नो कार्यकालमा नमुना कार्यहरु गरेर देखाउने बताउनु भयो । सुचना र संचार जगत संग नजिक भई यस संस्थाले गरेका गतिविधिहरुलाई सबै सामु पर्याउने बताए ।

 यस एसोसियसन जिल्ला कार्यसमितिका पदाधिकारी जोस र जाँगरका साथ आउनु भएको भन्दै समाजमा नयाँपन खालका कार्यक्रम तथा ईसाई जगतका समस्यालाई माथिल्लो निकाय सम्म पुर्याउन पहल गर्ने बताए ।

0 comments

Write Down Your Responses