Powered by Blogger.
काँग्रेसले राष्ट्रिय मुद्दाहरुलाई संवोधन गर्न नसकेका कारण देशैभर हार

Image may contain: 2 people, people sittingहेटौंडा, २२ माघ / नेपाली काँग्रेस बर्दियाका सभापति एवं नेपाल सरकारका सिंचाई मन्त्री सञ्जयकुमार गौतमले नेपाली काँग्रेसले राष्ट्रिय मुद्दाहरुलाई संवोधन गर्न नसकेका कारण देशैभर हार व्यहोर्नुपरेको बताउनुभएको छ । 
नेपाली काँग्रेस मकवानपुरद्वारा सिंचाईमन्त्री गौतमको स्वागत तथा सम्मान कार्यक्रममा सोमबार बोल्दै मन्त्री गौतमले आफू मन्त्री हुने वित्तिकै चुनाव र आचारसंहिता लागेकाले खासै केही गर्न नपाएको बताउनुभयो ।

काँग्रेसमा लाग्नेहरु विचारले मात्रै काँग्रेस भएर नहुने बताउँदै गौतमले एकढिक्का भएर लागे जनताको साथ सधैं रहने बताउँदै अवका दिनमा बलियो प्रतिपक्षकोरुपमा काँग्रेस खडा हुनुपर्ने बताउनुभएको छ । आफूले बर्दियामा बाम गठबन्धनको बलियो उपस्थिति हुँदाहुँदै पनि एमालेका केन्द्रीय नेता बामदेव गौतमलाई ३२ हजार फरक मतले विजयी हासिल गर्नुमा काँग्रेसलाई एकढिक्का बनाउन सफल भएको भन्दै यसरी नै देशैभर काँग्रेस एकढिक्का हुनुपर्ने बताउनुभयो ।
Image may contain: one or more people and people sitting

नेपाली काँग्रेसको सरकारले तीव्र दबाबका बीच पनि ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडा बनाएको र यसलाई स्थायी बनाउन यहाँका जिल्लाबासी र राजनीतिक दलहरुको दबाब र सक्रियता जरुरी रहेको बताउनुभयो । नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, निवर्तमान सभापति रघुरमण न्यौपाने, सचिव बुद्ध लामा, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकार अशोक शाक्यलगायत जिल्ला सदस्यहरु, भातृ तथा सुभेच्छुक संगठनका प्रमूख एवं पदाधिकारीलगायत नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses