Powered by Blogger.
शिक्षकहरुद्वारा सामुहिक राजिनामा,पठ्नपाठन ठप्प

मकवानपुर / बकैया गाउँपालिका वडा ६ मा रहेको जनस्थापित रन्त आधारभुत विद्यालय छतिवान झोलखानीका शिक्षकहरुले सामुहिक राजिनामा दिएका छन राजिनामा दिए पश्चात पठनपाठनमा समस्या उन्पन्न भएको छ ।
२०६३ सालमा स्थापित प्राथामिक बिद्यालयमा ८ महिना देखि तलबभत्ता नपाएको भन्दै शिक्षकहरुले राजीनामा दिएका हुन ।
निजि स्रोतबाट नियुक्त गरिएका ३ जना शिक्षकहरुले बिगतमा सामुदायिक बन तथा चन्दा सन्कलन बाट तलब लिदै आएका थिए । उनिहरुले हाल बिद्यालय ब्यावस्थापनले स्रोत खोज्दा समेत नसकेपछी तलब लिन पाएका थिएनन् । चन्दा र सहयोगीमा भर पर्नु बाद्यता रहेको बिद्यालयकाका प्रध्यानाध्यापक सुरेन्द्र मोक्तानले बताए । बिद्यालयमा मोक्तान मात्रै स्थायि शिक्षक हुन् । जिल्ला शिक्षा कार्यालयले बिद्यालयमा इसिडी कक्षा समेत उपलब्ध गराएको छैन । सरकारी बिद्यालय भएर पनि बिद्यालय प्रति नजर जिल्ला शिक्षा कार्यालय लगायत सरोकार नपुग्नु समेत हाँस्यास्पद रहेको स्थानिय अभिभावक नरबहादुर स्यान्तानले बताए । बिद्यालयमा  ५ कक्षा सम्म सन्चालनमा छ भने पढाउने शिक्षक १ जना मात्रै । मोक्तानले गाउँपालिका लगायतको केही सरोकारवाला निकायले सहयोग गरे बिद्यालयमा  केही सहजता आउने र बिद्यालय बन्द नहुने बताएका छन । बिद्यालयमा भर्ना भएका बिध्यार्थीको सन्ख्या ८१ छन भने छात्राको संख्या ३५ रहेको छ ।

0 comments

Write Down Your Responses