Powered by Blogger.
प्रेस चौतारी मकवानपुरले यसरी मनायो स्थापना दिवस

हेटौँडा,२२ माघ, प्रेस चौतारी नेपालको २० औँ वार्षिकोत्सवको अवसरमा हेटौँडामा रहेको ओम बृद्धाश्रममा फलफुल वितरण गरिएको छ ।
प्रेस चौतारी नेपाल मकवानपुर शाखाको आयोजनाम भएको कार्यक्रममा आश्रममा रहेका २५ जना बृद्धबृद्धाको लागि फलफुल वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै एमाले मकवानपुरका सचिव तथा प्रचार विभाग प्रमुख एकालाल श्रेष्ठले मकवानपुरमा सबैभन्दा धेरै बृद्धबृद्धालाई आश्रय दिएको ओम बृद्धाश्रमको विषयमा स्थानीय तहको सहयोग आवश्यक रहेको बताए ।
Image may contain: 1 person, sitting, standing, hat and indoor
सबैभन्दा धेरै बृद्धबृद्धा भएको आश्रमको लागि ठुला दाताहरु आवश्यक रहेको भन्दै उनले सबैलाई सहयोगको लागि आग्रह समेत गरे । प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेच चौतारी मकवानपुरका इन्चार्ज आरती पाठक, प्रेस चौतारीका केन्द्रीय सदस्य राजन दाहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमागाईको लगाएतको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses