Powered by Blogger.
सामाजिक सचेतिकरण मुलक चलचित्र निमार्ण गर्न कलाकेन्द्रको अन्तरक्रिया

थाहा / थाहा कलाकेन्द्रले निर्माण गर्न लागेको सामाजिक सचेतिकरण मुलक चलचित्रको आज शिखरकोटको बिकास घरमा कलाकार र संचालक समिति बिच प्रारम्भिक छलफल तथा अन्र्तक्रिया सम्पन्न भएको छ ।
स्थापना कालदेखी नै कला क्षेत्रमा क्रियाशिल थाहा कलाकेन्द्रले समाजमा भैरहेका अनेकाँै बिकृत बिषयहरुलाई उठान गरि चलचित्र निर्माण गर्न लागेको थाहा केन्द्रका अध्यक्ष सानोवावु मुक्तानले बताए ।
सिलसिलामा फरक तवरबाट समाज रुपान्तरणमा अघि बढ्नको लागि उक्त चलचित्र निर्माण गर्न लागेको कला केन्द्रले मंलबार आज एक कार्यक्रमको बिच चलचित्र निर्माण बिषयक बृहत् समिक्षा तथा छलफल गरेको हो ।
 कार्यक्रममा चलचित्र निर्माण गर्दाको अवसर तथा चुनौतिको बारेमा कलाकार तथा समितिका पदाधिकारिहरुले आआफ्नो धारणा ब्यक्त गरेका थिए ।
 थाहा कला केन्द्रले निर्माण गर्ने उक्त चलचित्रमा काठमान्डौको सर्वनाम थिटरका सगुन तामा∙ले विशेष सहयोग गर्ने भएका छन । कार्यक्रममा थाहा कला केन्द्रलाई अझ सु–ब्यबस्थित ढंगबाट अगाडि बढाउनका लागि विभिन्न पदमा निर्वा्चित तथा मनोनित हुनुभएका जिम्मेवार सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
 जिम्मेवार सदस्यहरु डान्सि∙ म्यानेजर रोशन तामा∙, सिगिङ म्यानेजर बिना मुक्तान , भोलिन्टियर इन्चार्ज युबराज बिस्ट, मिडिया म्यानेजर कौशल्या वाइवा, डिसिप्लेन इन्चार्ज सुरज मुक्तान, सुस्मिता भ्लोन, कृपा गोपाली शुटि∙ म्यानेजर तोकराज लो र आर्टिस्ट म्यानेजर सुनसानी थिङ्ग लाई सुनौलो बिहानी युवा क्लबका अध्यक्ष शर्मिला स्याङतानले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
यसै गरि कला केन्द्रका शुभचिन्तक तथा कला प्रेमी , सन्चारकर्मी राममाया वाइबा, मोडल रमेश रिजाल र कला केन्द्रका आजिवन सदस्य सन्जिता श्रेस्ठलाई कलाकेन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा छिट्टै नै चलचित्र शुटिङ्को शुभ मुहुर्त निर्धारण गरिने भनि निर्णय समेत भएको कला केन्द्रका सचिब बिना मुक्तानले जानकारी दिईन् । यस अघि कलाकेन्द्रले थुप्रै कलात्मक गतिबिधिहरु सार्वजनिक गरिसकेको छ ।

0 comments

Write Down Your Responses