Powered by Blogger.
मकवानपुर पास्टर एसोसियसनको ११ औँ सधारणसभा तथा अधिवेसन सम्पन्न


हेटौडा  / मकवानपुर पास्टर एसोसियसनको ११ औँ सधारणसभा तथा अधिवेसन सम्पन्न भएको छ । ३ नम्ब प्रदेश सभा सांसद सन्त बहादुर चेपाङको प्रमुख आथित्यता तथा मकवानपुर पास्टर एसोसियसनका अध्यक्ष मान बहादुर थिङको सभाध्यक्षमा भएको हो ।
प्रमुख अथिति समेत रहेका चेपाङले ईसाई धर्मालम्लीहरुको मागलाई सम्बोधन गर्नको लागि संसदमा पहल गर्ने बताउनु भयो । सबै धर्मलाई सम्मान व्यवहार गर्नु पर्ने भन्दै ईसाई धर्मालम्बीहरुलाई सरकारले समानतरिकाले हेर्नु पनेमा जोड दिनु भयो ।
  विशष्टि अतिथि समेत रहेका हेटौडा उपमहानगरपालिका उपमेयर मिना लामाले ईसाई भए पछि पैसाको ओइहोरो लाग्ने भ्रम आम जनमानसमा भएको भन्दै ईसाई भएर जिउन गाह्रो भएको बताए ।
आफुले वाईवलको ज्ञानले धेरै कुरा सिकाएकोले समाजमा विकासको काममा सहि ढंगले कार्य गर्न आफु सकृय रहेको बताए । उपमेयर जस्तो पदमा आफुलाई चुनेर पठाएकोमा आभार व्याक्त गर्दै समाजमा नयाँपन दिनु आफ्नो चुनौती भएको बताए ।
ईसाईहरु एक जुट हुन आवश्यक रहेको भन्दै समाजमा ईसाईहरुले योजना बनाई नयाँ काम गनर्् पर्ने बताए । राजनितिलाई फोहारी खेल भनेर सबैले भन्ने गरेको भन्दै फोहोरलाई संलो बनाउन हामी ईसाई लाग्नु पर्नेमा जोड दिए । सो कार्यक्रममा मकवानपुरका ८ वडा गाउँपालिका, नगरपालिका र हेटौडा उपमहानगर पालिकाका पास्टर तथा अगुवाहरुको सहभागिता रहेको थियो ।


0 comments

Write Down Your Responses