Powered by Blogger.
पूर्व विद्यार्थीहरुको अग्रता नै जनकल्याणको सफलता

अच्युत्तमप्रसाद ढकाल

 वि. सं. २०२५ सालमा स्थापना भएको उत्तरी मकवानपुरकै जेठो जनकल्याण माविले आजसम्म आइपुग्दा आफ्नो स्थापनाको स्वर्ण वर्षगाँठ मनाइरहेको छ । 

यसरी ५० औं वर्षलाई हर्षोल्लासपूर्ण तरिकाले महोत्सवको रुपमा मनाइरहँदा विगतका दिनहरुको स्मरण, वर्तमानको समीक्षा र भविष्यको लागि सुन्दर योजना बनाउन आवश्यक देखिएको छ । यसका लागि  विभिन्न तह र चरणमा छलफल घनिभूत बन्दै गएको छ । 

यो सकारात्मक प्रक्रियाकै एउटा कडीको रुपमा मुलतः पूर्व विद्यार्थीहरुको एकता, क्षमता र अनुभवलाई विद्यालयको वहृत्तर सफलतामा सदुपयोग गर्न पूर्व विद्यार्थीहरुको सक्रियता बढाउन जरुरी छ । 

जनकल्याण माविको सुनौला पक्षहरु

ड्ड प्राचार्यसहित बहुसंख्यक शिक्षकहरु स्थानीय हुनु
ड्ड प्राय सबै शिक्षकहरु स्नातकतोत्तर र स्नातक हुनु 
ड्ड भौतिक संरचना निर्माणका लागि जमिनको कमी नहुनु
ड्ड कार्यक्रम र योजना बनाई कार्यान्वयन गर्न सक्ने आर्थिक श्रोत जुटाउन त्यति समस्या नहुनु
ड्ड यस विद्यालयबाट उत्पादित विद्यार्थीहरुको प्रशासनिक, राजनीतिक, प्राविधिक, शिक्षा आदि क्षेत्रमा पहुँच हुनु
ड्ड थाहानगरकै जेठो भएको नाताले यसको प्रगतिमा सबैको चासो हुनु
ड्ड विद्यार्थीको संख्या मनग्य हुनु


यति हुँदा हुँदै पनि जनकल्याण माविलाई हामीले सोचेजति राम्रो बनाउन सकिएको छैन । यसका केही कारणहरु छन् ः

ड्ड प्रशासनिक जिम्मेवारी पूरा गर्न पर्याप्त समयको अभाव
ड्ड विद्यालय सुधार तथा व्यवस्थापनमा विद्यालय विद्यालय समितिको उचित कार्ययोजना नहुनु
ड्ड पूर्व विद्यार्थीहरुको क्षमता, सीप र ज्ञानलाई विद्यालयको सफलतामा केन्द्रित गर्न नसक्नु
ड्ड शक्तिको आडमा शिक्षक नियुक्ति हुनु 
ड्ड शिक्षक तथा कर्मचारीका छोराछोरी निजी स्कुलमा अध्ययन गर्नु
ड्ड समय अनुकूल आधुनिक प्रविधिबाट प्राविधिक शिक्षाको पठनपाठनको अभाव
ड्ड विद्यार्थीहरुको लागि आवासीय व्यवस्था नहुुनु
ड्ड समुदायका अगुवाहरुको चासो कम हुनु 
ड्ड नैतिक शिक्षाको कमी
ड्ड शैक्षिक गुणस्तरमा ध्यान केन्द्रित नहुनु

अब के गर्ने त ?

ड्ड स्थानीय सरकारले शिक्षालाई मुख्य प्राथमिकतामा राखेर शिक्षासम्बन्धी ऐन, नियम, नीति तथा कार्यक्रम बनाई कार्यान्वयन गनुपर्ने
ड्ड विद्यालयको स्पष्ट योजना हुनुपर्ने 
ड्ड शिक्षाको १–८(आधारभूत) र ९–१२(मावि) तह अनुसार १२ कक्षासम्मको विद्यार्थीलाई एउटै सिफ्टमा अध्यापन गराउनुपर्ने ।
ड्ड विद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त  गरिनुपर्ने 
ड्ड समय र परिवेश अनुकूल प्राविधिक शिक्षाको अध्यापन गराउनुपर्ने
ड्ड काठमाण्डौं, हेटौंडा, पालुङ लगायतका स्थानमा जनकल्याण माविका पूर्व विद्यार्थीहरुको भेला आयोजना गरी छलफल चलाउनु पर्ने र पूर्व विद्यार्थीहरुले पनि जिम्मेवारी महशुस गर्नुपर्ने
ड्ड विद्यार्थीको कक्षा छोड्ने र नियमित नहुने समस्या समाधान गरिनुपर्ने
ड्ड विद्यालय प्रशासन कडा बनाइनु पर्ने

अन्त्यमा, अब विगतका सबै कमीकमजोरीहरुलाई एउटा पाठको रुपमा लिएर हामी सबैले आफ्नो क्षेत्रबाट आफ्नो क्षमता, योग्यता अनुसार योगदान गर्ने हो भने थाहानगर शैक्षिक हबको रुपमा विकास हुँदा जनकल्याण मावि एक नमुनायोग्य विद्यालयको रुपमा स्थापित हुने कुरामा दुईमत छैन । 

२० औं वर्ष स्थानीय सरकारको अभावमा सबैतिर देखिएको समस्याको प्रभाव शैक्षिक क्षेत्रमा पनि देखिनु स्वभाविक थियो । अब स्थानीय तह आफैमा बलियो भएर आएको छ । 

अब इच्छाशक्तिको मात्र जरुरी छ । दृढ इच्छासहित उपयुक्त छलफल र योजनाको लागि आजको भेला तथा अन्तरक्रिया सार्थकसिद्ध हुनेछ । यसका लागि सबैको प्रतिवद्धता जरुरी देखिएको छ ।

(ढकाल जनकल्याण स्कुलका पूर्व विद्यार्थी, स्थानीय समाजसेवी एवं नगर शिक्षा समितिका पुर्वप्रमुख हुनुहुन्छ । प्रस्तुत अवधारण यही चैत ३ गते काठमाडौंमा थाहा नगरको समग्र शैक्षिक अवस्थाबारे पुर्वविद्यार्थीद्धारा आयोजिक अन्तरक्रिया कार्यक्रममा पेस गर्नुभएको अवधारण हो । –सम्पादक  )



 


0 comments

Write Down Your Responses