Powered by Blogger.
सशस्त्रका बरिष्ठ उपरीक्षक ब्रम्हचार्यबाट बिल्लादार बेसिक तालिमको समापन


काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल यू.एन शान्ति स्थापना तालिम केन्द्र ककनीमा संचालित सि.सं. २७० बिल्लादार बेसिक तालिम सम्पन्न भएको छ । 

केन्द्रका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रम्हचार्यले चैत्र ७ गते सोहि तालिम केन्द्रमा आयोजित एक कार्यक्रमका बीच सो तालिमको समापन गर्नुभएको हो ।

सो अवसरमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ब्रम्हचार्यले तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै तालिमबाट प्राप्त ज्ञान र सिपको सदुपयोग गरी कार्यक्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।

उहाँले तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई दिनुहुँदै यस्ता व्यावसायिक तालिमहरुले परिस्थिती अनुसार जस्तोसुकै अवस्थामा पनि सहजताको साथ कार्य सम्पन्न गर्न सहयोग पुग्ने बताउनुभयो । 

कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक सुरेश महर्जनले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

उक्त तालिममा सशस्त्र प्रहरी जवान विमल सिंह महता सर्वप्रथम भएका छन् ।

बाह्र हप्ता अवधिको सो तालिममा कुल ४६ जना प्रशिक्षार्थीहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् ।


0 comments

Write Down Your Responses