Powered by Blogger.
रामनवमी मेलामा तात्यो बागमती गाँउपालिकाको स्टेज


मकवानपुर । बागमती गाँउपालिका फापरबारीमा रामनवमी तथा महोत्सव मेला शुक्रबार सुरु भएको छ । संस्थाका अध्यक्ष टेकप्रसाद डिम्डुङको सभाध्यक्षता तथा प्रदेश सांसद् प्रेमबहादुर पुलामीको प्रमुख अतिथ्यतामा मेला शुरु भएको हो ।

पुलामीले महोत्सवले समग्र जिल्लालाई चिनाउने विश्वास गर्दै मेलाले कला र संस्कृति जोगाउन मद्धत पुग्ने बताए । नेपाल हरेक तवरबाट धनी भएको भन्दै कला र संस्कृति जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए । उनले थपे–‘भाषणमात्र गरेर हुँदैन, अब विकास गर्ने बेला आएको छ ।’

बकैया गाँउपालिका अध्यक्ष दामोदर खनालले फापरबारीलाई ब्यापारिक केन्द्रका रुपमा चिनिरहेको अवस्थामा कला र संस्कृति जोगाउने उद्धेश्य अनुरुप आयोजित मेलाले हरेक क्षेत्रलाई समेटेको बताए ।

गाँउपालिका अध्यक्ष सर्केश घलानले बागमती गाँउपालिकालाई समृद्ध बनाउन हरेक क्षेत्रलाई समेटेर योजना बनाइरहेको बताए । पू्र्खाले जात्रा मनाउँदै आएको र हाल परिवर्तन भएर मेला तथा महोत्सव मनाउन थालिएको बताउँदै उनले मेलाले बागमती गाँउपालिकालाई चिनाउने बताए ।

६ नम्बर वडा अध्यक्ष ध्रुव थापाले बिगतमा मेलाले फापरबारीलाई मात्र चिनाउने गरेको भन्दै हाल बागमती गाँउपालिकालाई चिनाएर पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताए । नेकपा एमाले जिल्ला सचिवालय सदस्य अणराज जर्गामरगले परम्परा जोगाइराख्नु दायित्व भएको भन्दै मेलालाई पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने खालका कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेस बागमती गाँउपलिका संयोजक फणिन्द्र तिमल्सिनाले मेलालाई नमूना बनाउँदै जाने भन्दै पार्टीका तर्फबाट सक्दो सहयोग हुने बताए । कार्यक्रममा स्थानीय कैलाश भजन समूहले भजन प्रस्तुत गरेको थियो ।

मेलाको उद्घाटन दिनमा दर्शकको घुँइचो लागेको थियो । मेलामा लोकदोहोरी गायिका भूम सरिले तातो लाग्यो घाम, फेसबुकमा एड गर गीत गाँउदै स्टेज तताइन् । लोकदोहोरी गायक दीपेन्द्र पुन मगरले सुन्तलाको दाना, बोटैमा पाकेछ अमलाको दाना गीत प्रस्तुत गर्दा मेला संगीतमय बनेको थियो । 






0 comments

Write Down Your Responses