Powered by Blogger.
मकवानपुरबाट निर्वाचित संघ र प्रदेशका सांसदलाई काठमाडौंमा सम्मान (दश तस्बिर सहित)


काठमाडौं । प्रतिनीधीसभा, राष्ट्रिय सभा र प्रदेश सभामा मकवानपुरबाट निर्वाचित सांसदहरुलाई राजधानीमा सम्मान गरिएको छ । 

शनिबार राजधानीको विश्वभाषा क्याम्पसमा आयोजित कार्यक्रममा एमालेका उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले जनप्रतिनिधीलाई सम्मान गरेका हुन् । 

संयुक्त वाम गठवन्धन मकवानपुर काठमाडौं सम्पर्क मञ्चको आयोजनामा भएको कार्यक्रममा विजयीहरुलाई खादा र सम्मनपत्र सहित बधाई ज्ञापन गरिएको थियो । 

कार्यक्रमममा मकवानपुर–१ का प्रतिनिधीसभा सदस्य कृष्णप्रसाद दाहाल, मकवानपुर–२ का प्रतिनिधीसभा सदस्य बिरोध खतिवडा, राष्ट्रिय सभा सदस्य रामचन्द्र दनुवार राई, प्रदेश सभा सदस्य कुमारी मोक्तान, प्रेमबहादुर पुलामी लगायतको उपस्थिति थियो । 

कार्यक्रममा सम्वोधन गर्दै एमाले उपाध्यक्ष रावलले राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको मामलामा सरकार एक इन्च पनि तलमाथी नहुने अवगत गराए । उनले वर्तमान वाम गठवन्धनको सरकारले मुलुकमा आर्थक समृद्धि र विकासको मार्गचित्र पनि कोर्नेमा आश्वस्त पारे ।

सम्पर्क मञ्चका अध्यक्ष जगत थिङको अध्यक्षतामा भएको कार्यक्रममा संघीय जनसम्पर्क मञ्चका अध्यक्ष विनोद महर्जनले स्वागत भाषण गरेका थिए । मन्तव्यका क्रममा उनले विकास निर्माणका क्रममा करोडौं अनियमितता र बदनीयत राखेर काम भइरहेकामा त्यसलाई कुनै हालतमा छुट हुन नदिनेमा जोड दिए । 

कार्यक्रममा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका केन्द्रीय सचिव  तथा एमाले मकवानपुरका सचिवालय सदस्य रामचन्द्र बल, पुर्वसांसद सुभाष ठकुरी लगायतले नवनिर्वाचितलाई बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा ३ नम्बर प्रदेश सम्पर्क समन्वय संगठन कमिटीका संयोजक श्याम बस्नेत, सहसंयोजक अशोक ठकुरी, सचिव रणकुमारी वलम्पाकी, सदस्यहरु भद्रबहादुर गोले, नवराज वस्ती, देवराज केसी, शन्तराम बिडारी लगायतको सहभागिता थियो । 

कार्यक्रमको सञ्चालन सम्पर्क मञ्चका सचिव सम्बल चौलागाँइले गरेका थिए । 












0 comments

Write Down Your Responses