Powered by Blogger.
अनाश्रीत बालवालिका उत्थान केन्द्रलाई समाजसेवी नेपालीको सहयोग


काठमाडौं । राजधानीको डल्लु स्थित श्री अनाश्रीत बालवालिका उत्थान केन्द्रमा आश्रित द्धन्दपिडित असाहय बालबालिकालाई समाजसेवी श्याम नेपालीले विभिन्न सामग्रीहरु सहयोग गरेका छन् । 

संस्थाका अध्यक्ष कृष्ण शिवाकोटीको पहलमा विभिन्न जिल्लाहरुबाट ल्याएर संरक्षण गरिरहेका बालबच्चाको सहयोगका लागि समाजसेवी नेपालीले एक बोरा चामल, दाल, तेल, कापी, चाउचाउ, बिस्कुट, कलम लगायतका सामग्री प्रदान गरेका हुन् । 

बुधबार केन्द्रमै आयोजित एक कार्यक्रममा संस्थाका अध्यक्ष शिवाकोटीले नेपाली परिवारलाई सम्मान समेत गरे । कार्यक्रममा समाजसेवी नेपालीले आफुलाई असाहय वालवालिकालाई थौरै भएपनि सहयोग गर्न पाँउदा सन्तुष्टी मिलेको बताए । 

नेपालीले सोही केन्द्रमा आश्रित एक बालिकाको जन्मदिन समेत केक काटेर मनाउने प्रवन्ध गरेका थिए । कार्यक्रममा नेपालीको छोरी सरस्वती नेपाली र छोरा दिपेश नेपाली पनि सहभागी थिए । उनहिरुलाई पनि खादा ओढाएर सम्मान गरिएको थियो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारी,  सचिव मोहन पन्त लगायतको आतिथ्यता रहेको थियो । 

केन्द्रमा अहिले ११ बालबालिकाहरु एउटै परिवारमा राखेर संरक्षण गरिएको छ । त्यसबाहेक छात्रवाशमा समेत राखिएको गरि १६ वालवालिका आश्रित छन् ।  

चार वर्ष अघि स्थापित सो संस्था  अहिले चलाउन गाह्रो भएको तर बालवालिकाको भविश्य अन्यौलमा रहेकाले आफुले जसरी पनि चलाउनै परेको अध्यक्ष शिवाकोटीले बताए । 

सुरुमा आफैं माओवादी जनसेनाको लडाकु रहेका शिवाकोटीले शान्ति प्रक्रियापछि दुर्गम स्थानका द्धन्द पिडित र असाहय केही वालवालिका आफ्नो केन्द्रमा ल्याए । ति सबैजना विभिन्न विद्यालयमा राम्ररी पढिरहेका छन् । आफु, श्रीमती र  दुई छोराछोरी मिलेर उनीहरुले वालवालिकाको रेखदेख गर्नुका साथै पढाउने काम पनि गर्छन् । 
त्यसैले सो केन्द्र र शिवाकोटी परिवार नै अहिले सबै वालवालिकाको अविभावक बनेका छन् । ति बालवालिकाले पनि अध्यक्ष शिवाकोटीलाई बा र उनकी श्रीमतीलाई आमा भनेर सम्वोधन गर्छन् । 

कोही सुभचिन्तकहरुले कहिलेकाँही दिएका चामल, चाउचाउ लगायतका केही सामग्री बाहेक अन्य केही आम्दानी संस्थाको नभएको अध्यक्ष शिवाकोटीको गुनासो छ । 

त्यसैले शिवाकोटी जस्तो फराकिलो छाति भएका समाजसेवीलाई होस्टेमा हैसे गरी सबैले साथ दिनुपर्ने आवश्यकता खट्किएको छ । 






0 comments

Write Down Your Responses