Powered by Blogger.
लैंगिक विभेद गर्नेलाई कडा भन्दा कडा सँजाय हुनेगरी कानुन निर्माण गर्दैछौँ : मन्त्री युवराज दुलाल

मकवानपुर /  प्रदेश नंबर ३ का सामजिक विकास मन्त्री युवराज दुलालले यस समय गफ गर्ने समय नभई काम गर्ने समय भएको बताए । दुलालले काम गरेर मात्र समृद्धि हुने भन्दै सरकारको नीति तथा कार्यक्रमलाई पालन गरि माथिल्लो निकायले भन्दा पनि कर्मचारी तन्त्रले समाज बदल्नु पर्नेमा जोड दिए । 

 मकवानपुर महिला समुहले आज हेटौँडामा गरेको संघियता लैँगिक उत्तरदायित्व सेवा प्रवाह विषयक कार्यशाला गोष्टीलाई सम्बोधन गर्दै मन्त्री दुलालले भने,“ राजनीति गर्ने कार्यकर्ताहरुले समृद्धिको लागि आफ्नो आन्दोलन पुरा गर्दै देशलाई गणतन्त्र, संघियता सबै दिईसकेका र त्यो लागुको चरणमा रहेको छ, ।” अव कर्मचारीहरुले उक्त लागु भएको कुरालाई संस्थागत गर्न सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाई रहेको थियो । 

समाजमा लैंगिक विभेद गर्नेलाई कडा भन्दा कडा सँजाय हुनेगरी कानुन निर्माण गर्न तर्फ लागिरहेको भन्दै न्याय सम्पादन गर्दा जनप्रतिनिधिहरुले कसैको डर र धम्कीमा डराउनु नपर्ने बताए । उनले थपे,“  निर्धक्क भएर न्यायको पक्षमा ओकालत गर्नुस्, तपाई सबैभन्दा ठुलो न्यायधिस हो, तपाई कानुनको निर्माता पनि हो, सबैले महशुस गर्ने गरि न्याय सम्पादन गर्ने तपाईहरुको भूमिका पनि हो ।”

मकवानपुर महिला समुहकी अध्यक्ष इश्वरी वाँनियाको अध्यक्षतामा भएको भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, पत्रकार महासंघका पुर्व कन्द्रिय सदस्य प्रताप विष्ट, मकवानपुर अध्यक्ष हरि हुँमगाई, मनहरी गाउँपालिका अध्यक्ष एकाराज उप्रेती लगायतले मन्तब्य राखेको थिए । कार्यक्रममा प्रदेश नंबर २ र ३ का महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको छ । 

0 comments

Write Down Your Responses