Powered by Blogger.
तामाङ सञ्चार समुह मकवानपुरको दोस्रो अधिवेसन सम्पन्न–ककस्ले केके भने ? पढ्नुस्

मकवानपुर / तामाङ सञ्चार समुह मकवानपुरको दोस्रो जिल्ला अधिवेसन तथा सम्मान कार्यक्रम सम्मान भएको छ । तामाङ संचार समुह मकवानपुरका अध्यक्ष दुदु सिन्तानको सभाध्यक्ष तथा ३ नम्बर प्रदेशका उपसभामुख राधिका तामाङ प्रमुख आथित्यता भएको हो ।

कार्यत्रमको सम्बोधन गर्दै ३ नम्बर प्रदेशका उपसभामुख राधिका तामाङले संविधानले दिएको अधिकार पालन गर्नु र आफुमा आत्माबल बढाउनु नै सबै भन्दा ठुलो कुरा रहेको बताईन् । उनले भनिन्, ‘खुकुरा बनेर खोर्सने मात्र नभई चिल बनेर हेर्नु पर्छ ।’  तामाङले देश नयाँ चरणमा आइपुगिसकेको बताउदै तामाङहरुले अधिकार खोज्न आत्मवल बढाउनु पर्नेमा जोड दिईन् । आत्मवल बढाउदै सबैसंग लड्न सक्ने क्षमतावान व्यक्ति वन्न आग्रह गरिन् । आफुलाई सम्मान गरेको भन्दै यो सम्मानले आवश्यकतालाई जिम्मेवार बोध गराउनको लागि मात्रै नभई खबरदारि भएको बताईन् । देशलाई समृद्धि बनाउनको लागि कलम चलाउन संचारकमीलार्ई आग्रह समेत गरिन् ।
प्रदेश सभा सांसद कुमारी मोक्तानले तामाङ समु्दायलाई माथि उठाउनको लागि हामी सबैको दाहित्व भएको बताउदै हामिले प्राप्त गरेको उपलब्धिलाई जोगाउनु हाम्रो जिम्मेवारी भएको बताईन् । यस समुहले सबै क्षेत्रलाई समेटिएर लान आग्रह गर्दै कृयाशिल निष्पक्ष तरिकाले पत्रकारिता गर्न सुझाव समेत दिईन् ।

समानुपातिक प्रदेश सभासद ओम घलानले कला र क्षमताले भरीपुर्ण भएता पनि तामाङ जाति पछाडि परेको बताए । तामाङ सोझो मात्र नभैइ ईमानदारि भएकोले हरेक तवरबाट हेप्नु परेको बताउदै अब अरुको कुरा काटेर नभई आफ्नो क्षमता बिकास गरि आम तामाङ समुदायको बिकास  तर्फ उन्मुख गराउनको लागि अग्रसर हुने वेला आएको बताए ।

कार्यक्रममा तामाङ घेदुङ मकवानपुरका जिल्ला अध्यक्ष लिला कुमार घलानले संस्थालाई उचाईमा लाने खालको लिडरको आवश्यकता रहेको भन्दै आम तामाङ समुदायमा मात्र नभई अन्य समुदायमा समेत पत्रकारिताको माध्यमबाट कलम चलाउनको लागि आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले तामाङ समुदायको हकहितका लागि संचार समुहले आवाज उठाउनको लागि अहम भुमिका खेल्नु पर्ने बताए । लामाले भने,‘हाँक्न साक्ने मात्र नभई, समुहलाई थेक्न सक्ने अध्यक्ष बन्नु तामाङ समुदायको आवश्यकता रहेको बताए । देश संघीयतामा गएको भन्दै तामाङ समुदायको बाहुल्याता रहेको यस क्षेत्रलाई तामाङको हक अधिकारको सवालमा यस समुहको ठुलो जिम्मेवारि भएको बताए ।

हेटौंडा उपमहानगर पालिकाका उप मेयर मिना लामाले जनप्रतिनिधिले गरेको कामको निगरानी देखि लिएर सल्लाहसुझाव दिने काम संचारकर्मीे भएको भन्दै संचारकर्र्मीले गरेको काममा सदैव साथ सहयोग रहने बताए ।
तामाङ संचार समुह केन्द्रिय महासचिव बिष्णु तामाङले हामी भित्र मात्र प्रतिस्पर्धा नभई सबै क्षेत्रमा प्रतिस्पर्धा गर्नु जरुरी भएको बताए । तामाङ संचार समुहले तामाङलाई मात्र नभै समग्र समुदायको हितको निम्ति काम गरिरहेको बताउदै तामाङ संचारकर्मीलाई अबसर संगै चुनौती रहेको बताए । उनले थपे,‘ तामाङ संचारकर्र्मीले आफु अब्बल बनि सबै संग लड्नु र अधिकारको कुरालाई खोज्नु पर्नेमा जोड दिए ।’

पत्रकार महासघ मकवानपुर शाखाका अध्यक्ष हरि हँुमागाइले संचारकर्मीले आत्मा समिक्षा गर्न आवश्यक रहेको छ । उनले थपे,‘मुख्य पेसा बनाएर लानको लागि आग्रह गर्दै कृयशिल भएर यस पेशामा लाग्नको लागि सुझाव दिए ।

संघसंस्थाको प्रतिनिधित्व गर्दै शक्ति समुह मकवानपुरका कार्यक्रम संयोजक अस्मिता थिङले संचार समुह पत्रकारको मात्रै संगठन नभएको भन्दै आवाज बिहिनहरुको आवाज भएको बताईन् । यस समुह जिवित राख्नको लागि मात्र नभइ आम तामाङको आवज उठाउने संस्था भएको बताईन् ।

हेटौडा १२ वडा अध्यक्ष ललित घलानले मकवानपुरमा तामाङको बहुल्यता रहेको भन्दै पत्रकारिताको माध्यमबाट सकारात्मक पक्षलाई संरक्षण गर्न र बिकृतिलाई हटाउन आग्रह गरे । राज्यले नै पछाडि पारिरहेको भन्दै अब हामी तामाङ नै अग्रसरता हुनु पर्ने जोड दिए । संस्थाका उपाध्यक्ष धर्मराज स्याङ्तानले स्वागत मन्तव्य दिनु भएको थियो ।

जनप्रतिनिधि सम्मानित
संचार समुह मकवानपुरको दोस्रो अधिवेशनको अवसरमा तामाङ समुदायको प्रतिनिधित्व गर्दै स्थानिय निर्वाचनमा निर्वाचित भएको जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा ३ नम्बर प्रदेशका उपसभामुह राधिका तामाङ , प्रदेश नम्बर ३ का समानुपातिक सभासद ओम ग्लान,  प्रदेश सभा संसद कुमारी मोक्तान, कैलाश गाँउपालिका अध्यक्ष टंक मोक्तान, भिमफेदि गाउँपालिका अध्यक्ष हिदम लामा, बाग्मती गाउँपालिका अध्यक्ष सर्केस घलान, हेटौडा उपमहानगरपालिका उपमेयर मिना लामा, हेटौडा १२ का वडा अध्यक्ष ललित घलान र इन्द्रसरोबर गाउँपालिका अध्यक्ष जिवन लामार रहेका छन ।








0 comments

Write Down Your Responses