Powered by Blogger.
कृषकलाइ प्रविधि कसरी ? हेर्नुहाेस् इजरायलमा भिडे खुर्सानीकाे छनाेट तथा प्याकिङकाे भिडियाे



स्थानीय निकायमा निर्बाचित अधिकार सम्पन्न शक्तिशाली स्थानीय सरकार गठन पछि लमो समयदेखीको जनताको आफ्नाे प्रतिनिधिको आवश्यकता परिपुर्ती भएको छ ।

जनप्रतिनिधिहरुको चयनले जनताको प्रतिनिधित्व मात्र होइन जन अपेक्षाहरुले पनि एक तह सिंढी चढेको छ । जनताका विकासका चाहनाहरु पुरा गर्नु अहिलेको स्थानीय सरकारको सबैभन्दा ठूलो चुनौति बनेको छ ।

जनताको असिमित विकासका चहानालाइ पुरा गर्ने चुनौतिको सामना गर्नका लागी स्थानीय सरकार संग एउटा मात्र विकल्प छ त्यो हो नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै स्थानीय स्तरमै उपलव्ध साधन श्रोतहरुको उपयोग र कृषिमा यान्त्रीकरण ।

कृषिमा यान्त्रीकरण भनेको १ २ थान हाते ट्याक्टर लगेर खेत बारीमा खन्नु र खोस्रनु, १  २ थान चाइनीज कमसल मेसीन लगेर मकै छोडाउनु मात्र होइन यो सोचाइमा आमुल परिवर्तन गरीनु पर्दछ । पाखो खेती गर्न छोडिएको जमिनमा थोपा सीचाइको प्रयो गरि कृषि बन व्यवसाय गरिनु पर्दछ भने गाउँमा प्रत्येक कृषकहरुलाइ सुलभ ऋण एवं किस्तावन्दी रकमकोे व्यवस्था गरेर कुखुराको खोर, गाइको गोठमा सोलार प्रणली जडानको व्यवस्था गरिनु पर्दछ जसका कारण कृषकहरुले सोलार प्रणलीबाट प्राप्त विद्युत विक्री गरेर नियमित आम्दानी पनि गर्न सक्दछन् ।
स्थानीय कृषकहरुमा प्रविधि प्रसार एवं प्रयोग गराउन संसारमै अग्रणी देश इजरायलले कृषकहरुमा व्यवसायिकताको यति धेरै विकास गराएको छ कि, खेती गरीएको खेत हो कि फ्याक्ट्रि छुट्याउनै मुस्किल पर्छ ।
ग्रामीण भेगको समग्र विकास र कृषकहरुको आर्थिक अवस्थामा आमुल परिवर्तन ल्याउने एक मात्र विकल्प कृषिमा प्रविधिको प्रयोग नै हो, जसबाट परिवर्तीत जलवायुमा अनुकुलन तथा कृषकहरुमा सम्वृद्धि एकै पटक सम्भव छ ।


0 comments

Write Down Your Responses