Powered by Blogger.
बागमती गाउँपालिकामा प्रथम खुल्ला भलिवल प्रतियोगिता २०७५ हुने

Image result for volley  pic
मकवानपुर / बागमती गाउँपालिका खेलकुद समितिको आयोजनामा प्रथम खुल्ला भलिवल प्रतियोगिता २०७५ हुने भएको छ ।  २०७४ फाल्गुन ३ गते देखि भएको प्रथम बागमती गाउँपालिका गोल्डकप प्रतियोगिताको समिक्षा तथा आर्थिक प्रतिवेदन सार्वजानिक गर्दै पुनः सो समितिले भलिवल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष अरुण लामा बलले जानकारी दिए ।

बागमती गाउँपालिकाको आर्थिक सहयोगमा हुनु लागेको प्रथम खुल्ला भलिवल प्रतियोगिता बैशाख २८ गते जनता माविको चौरमा हुने अध्यक्ष बलले जानकारी दिए । लिककम नकाउटको आधारमा खेलाईने तियोगितामा विजेता टिम ५० हजार नगद सहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेतले नगद २५ हजार नगद सहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडिले नगद ३ हजार प्राप्त गर्नेछन् । 

सो प्रतियोगितामा बैशाख २५ गते भित्र टिम दर्ता गरिसक्नु पर्ने समितिका सचिव भिम बहादुर राईले बताए । प्रतियोगिता सम्पन्न करिब २ लाख खर्च लाग्ने आयोजको अनुमान रहेको छ ।


0 comments

Write Down Your Responses