Powered by Blogger.
वरिष्ठ साहित्यकार रिजाल पुरस्कृत


काठमाडौं । स्याङ्जा साहित्य प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको कालीगण्डकी साहित्यकला पुरस्कार २०७४ बाट बाराली स्रष्टा नवराज रिजाल पुरस्कृत भएका छन् । यही चैत २४ गते विशेष कार्यक्रमको आयोजना गरी प्रतिष्ठानले पुरस्कार प्रदान गरेको हो । 

साहित्य र पत्रकारिताका क्षेत्रमा दिइने यो पुरस्कार नेपाली साहित्य र साहित्यिक पत्रकारिताको क्षेत्रमा योगदान पु¥याएबापत रिजाललाई प्रदान गरिएको हो ।  

विगत २५ वर्षदेखि बारा जिल्लाबाट प्रकाशित नवप्रज्ञापन साहित्यिक पत्रिकाका सम्पादक÷प्रकाशक रिजालका करिब डेढ दर्जन कृतिहरु समेत प्रकाशित छन् । 



0 comments

Write Down Your Responses