Powered by Blogger.
थाहा नगर समृद्ध पार्ने यस्तो छ अवधारण

अच्युतमप्रसाद ढकाल
भूमिका

मुलुकको शासकीय व्यवस्थामा आएको परिवर्तनसँगै हामी स्वयम् पनि रैती, प्रजा, जनता हुँदै नागरिकको रुपमा परिवर्तित भएका छौं । स्थानीय शासकीय संरचना पनि गाउँ पञ्चायत हुँदै गाविसबाट नगरपालिका बनेको अवस्था छ । 

यसरी शासनको स्वरुप र संरचनासँगै आएको हाम्रो सोच, चिन्तन, व्यवहार, प्रविधि, शैली, तौरतरिका आदिमा आएको परिवर्तनलाई आत्मसात गरेर समयसापेक्ष नागरिककेन्द्रित विकास अहिलेको अपरिहार्य आवश्यकता बनेको छ । 

२०५२ सालमा नगर विकास समितिको रुपमा गठन भएकोमा २०७१ साल बैशाख २५ मा आइपुग्दा बल्ल हामी थाहा नगरबासीको रुपमा परिणत भयौं । ३१ बैशाख, २०७४ मा भएको स्थानीय तहको निर्वाचनपछि फेरि हामी जनप्रतिनिधिसहितको संघीय शासकीय संरचनामा  प्रवेश ग¥यौं । 

यहाँसम्म आइपुग्दा हामीले जेजसरी विकासको नीति, बहश, विधि र प्रक्रिया अवलम्बन गरी अघि बढेको भए पनि अबको दिनमा यसको उपयुक्त समीक्षा गर्दै ‘विकास समयको हातमा होइन, हामी नगरवासी स्वयम्को हातमा छ’ भन्ने कुरालाई आत्मसात गर्न जरुरी छ । 

कृषि, पर्यटन र पूर्वाधार, थाहा नगरको आधार भनिरहँदा यसलाई अझ समृद्ध बनाउनका निम्ति हामीसँग सोही अनुसारको बहश, सोच, योजना र योजना कार्यान्वयनको प्रतिवद्धता हुन आवश्यक छ । थाहानगरलाई समृद्ध नगर बनाउनु पर्दछ र बनाउन सकिन्छ । यो कार्य सचेत नगरवासीको साथ, सहयोग र जनप्रतिनिधिहरुको अगुवाइबाट मात्र सम्भव छ । 

नेपालले पञ्च वर्षीय योजनाको अवधारणा हुँदै आवधिक योजना, दीर्घकालीन योजना, सहश्राब्दी विकासको लक्ष्य  हासिल गर्ने योजना लगायतका योजनाबद्ध विकासको अवधारणा अवलम्बन गरी काम गरेको दशकौं भैसक्यो । 

हाल विश्व दिगो विकासको लक्ष्यलाई पूरा गर्ने लक्ष्य र अठोटका साथ अघि बढिरहेको सन्दर्भमा त्यसका मूलभूत सूचकहरुलाई प्राप्त गर्दै नगरपरिषदले पारित गरेको मूल नारा र सरकारले घोषणा गरेको पर्यटकीय सहरलाई स्थापित गर्न अब उपयुक्त र योजनावद्ध विकास निर्माण गर्न जरुरी देखिएको छ । 

अतः साविक ६ वटा गाविस(छवटा भूगोल)को समानुपातिक र सन्तुलित विकास सहितको समृद्ध नगर निर्माणका लागि हाललाई कम्तिमा पाँच वर्षका लागि उपयुक्त योजना बनाई अघि बढ्न सके दिगो विकाससहितको समृद्ध थाहानगरको आधार तयार हुन सक्दछ । 

यसका लागि थाहानगरका नागरिकहरुको तर्फबाट सक्दो बहश सञ्चालन गर्दै यसलाई नगरका जनप्रतिनिधि, राजनीतिक दल, संघसंस्था र निजी क्षेत्रको समेत छलफलको विषय बनाउन आवश्यक छ  र ठोस निष्कर्षको रुपमा योजनावद्ध ढंगले अघि बढ्न जरुरी छ । 

सर्बप्रथम स्थानीय सरकारले भूउपयोग नीतिलाई कार्यन्वयनमा ल्याई बैज्ञानिक ढङ्गले क्षेत्र निर्धारण गर्नुपर्दछ । यसैअन्तर्गत कृषि प्रणालीको दृष्टिले उपयुक्त जमिनहरुको क्षेत्र छुट्याई सोही अनुसार उपयोगमा ल्याउनु पर्दछ । 

बैज्ञानिक र व्यवस्थित ढंगले कृषि तथा पशुपालन गरी हाल संचालन हुँदै आएको परम्परागत खेतीमा व्यापक सुधारबाट स्थानीय जनतालाई जीवीकामुखीबाट व्यवसायमुखी र आत्मनिर्भर बनाउन सकिन्छ । 

यसअन्तर्गत निम्न पक्षहरुमा काम गर्न आवश्यक देखिन्छ ः 

१) व्यवसायिक कृषि तथा  पशुपालन
१. सामुहिक खेती प्रणाली
२. उद्योगमा आधारित कृषि प्रणाली
३. बैज्ञानिक प्रणालीद्वारा खेती 
४. जमिन बाझो राख्ने प्रथाको अन्त्य
५. सनातन खेतीभन्दा बैकल्पिक खेतीतर्फ प्रोत्साहन 
६. उत्पादिन खेतीको बजार व्यवस्थापन र स्टोरेजको व्यवस्थापन (विशेषगरी बिउ उत्पादनको क्षेत्र) 

क) कार्यान्वयन ः 

विशेषगरी युवाहरुलाई प्रोत्साहित
विज्ञहरुद्वारा तालिम
सम्बन्धित कृषि क्षेत्रको अवलोकन भ्रमण
अनुदानको व्यवस्था, सफल कृषकहरुलाई पुरस्कृत गर्ने व्यवस्था
उन्नत विउ विजन अत्याधुनिक कृष औजारका वितरण 

ख) कार्यान्वयन योजना ः 

पहिलो वर्ष

विज्ञहरुद्वारा ६ वटै भेगमा हावापानी सुहाउदो वालीनालीको छनौट
६ वटै भेगमा केही युवा समूह बनाई ईनिङ र सम्बन्धित क्षेत्रको उपलब्धी मुलक भ्रमणको योजना विभिन्न कार्यक्रमको आयोजना गराई युवाहरुलाई उत्साहित रुपमा कृषिमा लाग्ने वातावरण बनाउने 

दोस्रो वर्ष  

थाहाको ६ वटै भेगमा समुहिकता एकल किसानलाई केही अनुदान
विउ विजन, कृषि औजारको व्यवस्थापन गरि भौगोलिक र बैज्ञानिक खेती गराउने
आकाशे सिँचाई, भूमिगत सिँचाईको व्यवस्था 

तेस्रो वर्ष 

६ वटै भेगमा व्यापक रुपमा खेतीतर्फ लाग्ने किसानहरुलाई प्रोत्साहित गरी अनुदान, पुरस्कारको घोषण गर्ने
विद्युतिय सञ्चार माध्यमबाट यस क्षेत्र कृषि उत्पादनको प्रचार प्रसार गरी बजार व्यवस्थापनको पनि कार्य गर्ने । 


चौथो वर्ष 

थाहा नगरभरि कृषियोग्य जमिन बाँझो नराख्न घोषणा गर्ने
अघिल्ला कार्यक्रमलाई निरन्तरता दिने
बाझो जमिन राख्नेलाई करको व्यवस्था गर्ने
सिँचाई र उर्वर माटो नभएको ठाउँमा बाँस निँगालो, अम्रिसो, उतिस आदि विरुवालाई लगाउन पर्ने बाध्यताकारी व्यवस्था गर्ने 

पाचौँ वर्ष

थाहालाई  कृषि महोत्सवका साथमा नमूना कृषि क्षेत्र घोषणा गर्ने
यस क्षेत्रमा व्यापक मात्रामा आन्तरिक र बाह्य कृषि पर्यटक भित्र्याउने । 
पशुपालन विशेष गरी यस क्षेत्र बाख्रापालनको लागि सम्भाव्यता भएको  हुनाले नमूना बाख्रा पालन व्यवसायलाई व्यवस्थित गर्नु पर्दछ । 

कृषिमा श्रोतको व्यवस्थापन 

१. स्थानीय तहको बजेटबाट केही अंश
२. केन्द्र र प्रदेश सरकारको कृषिसम्बन्धी कार्यक्रमबाट
३. विभिन्न एनजिओ÷आइएनजिओ व्यवस्थापन
४. शुलभ व्याजदरको कृषि कर्जा प्रवाहलाई स्थानीय सरकारले सहजीकरण गर्ने वातावरण बनाई आर्थिक स्रोतको व्यवस्थापन गर्ने 

पर्यटन 

पहिलो बर्ष 

पर्यटन क्षेत्रहरुको पहिचान गर्दै कृषि, पर्यटन क्षेत्र, शैक्षिक पर्यटन क्षेत्र, धार्मिक पर्यटन क्षेत्र, मनोरञ्जन, दृश्यावलोकन पर्यटन, खेल पर्यटन क्षेत्र घोषणा गर्ने 
यस्ता क्षेत्रहरुमा कृषि योजना, शैक्षिक योजना, धार्मिक योजनाअन्तर्गत पर्यटकीय हिसाबले विकास गर्नेगरी कार्यक्रम समावेश गर्ने  

मनोरञ्जन र दृश्यावलोकन पर्यटकीय क्षेत्र 

१. ६ वटै भेगहरुमा भ्यु टावरको निर्माण गर्ने
२. सार्वजनिक जग्गाहरुलाई पर्यटकीय भौतिक संरचना निर्माण गर्ने गरी निजी क्षेत्रलाई लिजमा दिने 
३. भएसम्म सार्बजनिक जग्गा र नभए व्यक्तिहरुका जग्गाहरु भाडामा लिई ६ वटै क्षेत्रमा नमूना बस्तीहरुको निर्माण गरी युवा र महिलाहरुलाई प्रोत्साहित गरि होमस्टे सञ्चालन गर्न लिजमा दिने 
४. सबै धार्मिक स्थलहरुलाई पर्यटक भित्राउने हिसाबले संरचना तयार गर्ने । 
५. धार्मिक स्थल मध्ये थाहा नगरको एक स्थानमा केबलकार निर्माण गर्ने 
६. ६ वटै क्षेत्रको पर्यटकीय क्षेत्रमा जान एक एकवटा टे«किङ र पैदल मार्ग  निर्माण गर्ने 
७. ६ वटै क्षेत्रमा भ्युटार लगायत अन्य पर्यटकीय स्थान जान आकर्षक पर्यटकीय सडक निर्माण गर्ने 
८. निजी क्षेत्रलाई पर्यटकीय क्षेत्रमा लगानी गर्ने वातावरण बनाउने, साथै संघ संस्थालाई राष्ट्रि«य स्तरका महोत्सव सभा सम्मेलन गर्न प्रोत्सहनसहित संरचना निर्माण गर्ने 
९. विद्युतीय सञ्चार माध्यम र देशभरि थाहा नगर भित्र रहेका पर्यटकीय स्थलहरुको होडिङ बोर्ड र भिज्युअलमार्फत प्रचार प्रसार गर्ने , 
१०. कम्तीमा ३ वटा पिकनिक स्पट र ३ वटा फनपार्क निर्माण गर्ने

१ वर्षदेखि ५ वर्षभित्र संचालन गर्ने योजना 

१. सम्पूर्ण निर्माण गर्नुपर्ने पर्यटकीय क्षेत्रहरुको योजना तयार गरिसक्ने 
२. कम्तिमा ३ वटा भ्यु टावर जहाँ कम्तिमा आधा कि.मि तलसम्म पर्यटकीय सडक, पार्किङ त्यहाँबाट माथि पैदल मार्ग, टावर वरिपरि गार्डेन, रेष्ट रुम, पिकनिक स्पट, फन पार्क आदिको व्यवस्था सहित भ्युटावर निर्माण 
३. सबै सार्बजनिक जग्गाहरुमा पर्यटकीय भौगोलिक संरचना निर्माण गर्ने गुरुयोजना बनाई स–साना योजनाहरु सम्पन्न गरिसक्ने 
४. कम्तिमा दुईवटा नमूना बस्तीहरुको निर्माण गरी होम स्टे सञ्चालन गरिसक्ने 
५. केबल कारको निर्माण प्रकृया सुरु गर्ने 
६. कम्तिमा २ वटा पैदल या टे«किङ मार्गको निर्माण गरिसक्ने 
७. कम्तिमा २ वटा पर्यटकीय नमूनाका सडकहरु निर्माण गरिसक्ने 
८. कम्तिमा २ वटा पिकनिक स्पटहरुको निर्माण गरिसक्ने 
९. प्रचारप्रसार व्यापक रुपमा सम्पन्न गरी २, ४ वटा राष्ट्रिय स्तरका सभा सम्मेलनसहितको कार्यक्रम सम्पन्न गरिसक्ने 
१०. पर्यटकहरु निर्धक्करुपमा घुम्न सक्नेगरी सुरक्षा अनुभुति दिने ।

१० वर्षभित्र पर्यटकीय क्षेत्रमा सम्पन्न गर्ने योजना 

१. सम्पूर्ण भ्युटावरहरुको  योजनाबद्ध निर्माण सम्पन्न 
२. सम्पूर्ण सार्बजनिक जग्गाहरुमा योजनावद्ध पर्यटकीय संरचनाहरुको निर्माण 
३. धार्मिक स्थलमा एक नमूनायुक्त केबलकार निर्माण गरी संचालन प्रकया शुरु 
४. आवश्यकता अनुरुप टे«किङ र पैदल मार्ग सम्पन्न गरी सञ्चालन प्रकृया शुरु 
५. ६ वटै भेगमा एक एक नमूना गाउँ निर्माण सम्पन्न गरी युवा र महिलाद्वारा होम स्टे सञ्चालन शुरु 
६. निजी क्षेत्रका लागि पर्यटन क्षेत्रमा लगानी भित्र्याउन पूर्णरुपमा वातावरण बनाईसक्ने 
७. पर्यटक र लगानीकर्तालाई पूर्ण सुरक्षाको अनुभुति हुने वातावरण सृजना गर्ने 
८. पर्यटक क्षेत्रमा लाग्ने सम्पूर्ण नागरिक÷व्यवसायीहरुलाई असल नागरिकको व्यवहार,  चरित्र प्रदर्शन गर्ने सक्षम नागरिक विकास गरिसक्ने
९. आरामदायी बसोबासको लागि स्तर अनुसारको होटलहरु निर्माण गरिसक्ने 
१०. यी माथि उल्लेखित बाहेक अन्य पर्यटकीय संरचनाहरुको पनि निर्माण सम्पन्न गरिसक्ने । 


स्रोतको व्यवस्थापन 

केही संरचनाहरु स्थानीय सरकारबाटै निर्माण गर्ने
केही ठूला पर्यटकीय योजनाहरु केन्द्र प्रदेश सरकार र अन्य दातृ निकायको खोजी गरी श्रोत व्यवस्थापन गर्ने । 
केही संरचनाहरु निजी क्षेत्रबाट लगानीको वातावरण बनाई निर्माण गर्ने । 
केही वर्षपछि निर्माण भएका संरचनाको आम्दानीबाटै यसै क्षेत्रमा लगानी गरी स्रोत व्यवस्थापन गर्ने । 

शिक्षा 

५ वर्षमा शैक्षिक गन्तव्यको रुपमा थाहा नगरलाई विकास गर्ने ।
१. नगर शिक्षा नीति पूर्ण रुपमा लागू गर्ने । 
२. विद्यालयहरुको मर्जको कार्यक्रमलाई तीब्रता दिने ।
३. विद्यालयको भौतिक निर्माण शिक्षा मैत्री वातावरण मिलाई निर्माण गर्ने । 
४. ६ वटै भेगमा एक÷एक प्राविधिक शिक्षा कलेज सञ्चालन गर्ने । 
५. सबै सामुदायिक विद्यालयहरुलाई सबै क्षेत्रमा एकरुपता कायम गर्ने । 
६. निजी क्षेत्रलाई शैक्षिक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउने । 
७. निजी लगानीमा खोलिएका विद्यालयहरुलाई पनि नगर शिक्षा नीतिमै सञ्चालन गर्ने वातावरण बनाउने । 
८. नगरका सम्पूर्ण शिक्षालयहरुमा आधुनिक प्रविधिबाट पढाई सञ्चालन गर्ने । 
९. आधुनिक प्रविधिबाट पठनपाठन गर्न नसक्ने शिक्षकहरुलाई अनुदानको व्यवस्था गरी विदाई गरिने । 

एक वर्षदेखि ३ वर्षभित्रको कार्ययोजना 

१. नगरका सम्पूर्ण शिक्षालयको अवस्था जानकारी लिई मर्ज गर्नुपर्ने विद्यालय छानी मर्ज गरिसक्ने 
२. सबै विद्यालयहरुमा आधुनिक प्रविधिबाट पढाई सञ्चालन शुरु गर्ने । 
३. सबै विद्यालयहरुमा नेपाली अंग्रेजी दुबै मिडियमबाट पठन पाठन गर्ने । 
४. कम्तीमा २ प्राविधिक शिक्षा क्याम्पस स्थापना गर्ने । 
५. आधुनिक प्रविधिबाट पठन पाठन गराउन नसक्ने शिक्षकहरुलाई अवकास दिई सक्ने । 

५ वर्ष भित्रमा सबै बर्ग र क्षेत्रमा शिक्षाको पहुच पु¥याउने ।

७ वर्ष भित्र

१ कम्तीमा ६ वटै भेगमा १ ÷१ वटा प्राविधिक विद्यालय र कलेजको स्थापना 
२. उच्च शिक्षा हासिल गर्न थाहा नगरबाहिर जान नपर्ने । 
३. निम्न आय भएका केही उत्कृष्ट विद्यार्थीलाई स्थानीय सरकारबाट छात्रबृत्तिको व्यवस्था गरी उच्च शिक्षा हासिल पछि नगर भित्रै सेवा प्रदान गर्न लगाउने । 
४. शिक्षा क्षेत्रको भौतिक संरचनादेखि पढाई पनि नमूनाको रुपमा विकास गरी व्यापक रुपमा शैक्षिक पर्यटक भित्र्याउने । 



आर्थिक व्यवस्थापन 

१. केही अंश स्थानिय सरकारको बजेटबाट वार्षिक बजेटबाट विनियोजन 
२. रुपचन्द्र विष्टद्वारा शुरु गरेका नगरको कृषि कोषलाई शैक्षिक कोष बनाउने ।
३. महत्वपूर्ण र ठूला शैक्षिक योजना केन्द्र र प्रदेश सरकार संग पहल गरी व्यवस्थापन गर्ने । 

भौतिक निर्माण 

१ वर्ष भित्र ः 

क) निर्माण गर्नुपर्ने  नगर भित्रका सम्पूर्ण सडक बर्गीकृत गर्ने, नगर सडक पर्यटन सडक, कृषि सडक, गोरेटो पैदल मार्ग सबैको गुरु योजना तयार गर्ने, गुरु योजना तयार गर्दा सम्पूर्ण सडकहरु हरित सडकको रुपमा विकास गर्ने । 
ख) सडक मार्गको योजना बनाउँदा भौगोलिक अवस्थालाई ध्यान दिई जोखिम युक्त भूगोलको पहिचान र सम्भाव्यता अध्ययन गरी नगरलाई चक्रपथीय मोडेलका रुपमा लैजाने 
ग) ६ वटै भूगोलमा पक्की पुल झोलुङ्गे पुल निर्माण गर्नुपर्ने ठाउँहरुको पहिचान गरी गुरु योजना तयार गर्ने । 
घ) आवश्यक हेरी सबै भेगहरुमा बसपार्क बनाउने ठाउँको पहिचान गरी कामको शुरुवात गर्ने । 
ङ) दामन पालुङ भेगमा विजनेश कम्प्लेक्स सहितको वसपार्क निर्माणको गुरुयोजना बनाउने । 
च) सबै भेगहरुमा सुविधा सम्पन्न पिकनिक स्पटहरुको गुरुयोजना तयार गर्ने । 
छ) जोखिम युक्त बस्ती उत्पादित जमिनहरुको पहिचान नगरी संरक्षण गर्ने योजना बनाउने । 
ज) त्रिभुवन राजपथलाई स्थानीय सरकारले पर्यटकीय मार्गको रुपमा घोषणा गरी हाल २५ मिटरको मापदण्डलाई १५ मिटरमा सीमित गर्ने र सोही अनुसार कार्यान्वयनमा लैजाने 
झ) पालुङ–चित्लाङ–चन्द्रागिरी–थानकोट सडकलाई तदारुकता दिई सम्पन्न गरिसक्ने । 
ञ) चित्लाङ–थानकोट सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरी निर्माणको योजना बनाउने ।
ट) जोखिममा रहेका बस्तीहरुको संरक्षण गर्ने तथा भूसंरक्षणसम्बन्धी योजनाबद्ध कार्यक्रम निर्माण गर्ने ।

माथि उल्लेखित सुरुङ मार्गबाहेक अन्य योजनाहरु प्राथमिकताको आधारमा १० वर्ष भित्र सम्पन्न गरिसक्ने । 

स्रोतको व्यवस्थापन 

१) सुरुङ मार्गबाहेक सबै योजनाको डिपिआर स्थानीय सरकारकै कोषबाट तयार गर्ने । 
२) योजनाको वर्गीकृत गरी साना योजनाहरु स्थानीय सरकार आपैmले स्रोत व्यवस्थापन गर्ने, ठूला, ठूला योजना केन्द्र सरकार प्रदेश सरकार नगर विकास कोष जस्ता संघ संस्थाहरुसंग सम्बन्धन गरी स्रोतको व्यवस्थापन गर्ने । 

खेलकुदको विकास ः

 १) दुई वर्ष भित्रमा पर्यटकीय खेल प्याराग्लाईडिङ, रक क्लाईम्बिङ, बन्जी जम्प खेल खेल्ने सम्भावना भएको क्षेत्रको पहिचान गरी गुरुयोजना तयार गर्ने । 
२) ईन्द्रायणी खेल मैदानलाई अन्तरराष्ट्रिय स्तरको क्रिकेट मैदानको रुपमा विकास गर्दै प्राकृतिक रंगशाला बनाउने गुरुयोजनाअनुसार कार्य गर्ने । 
३) प्रत्यक वार्डहरुमा एक एक खेल मैदान बनाउने योजना सहित स्थानको तय गरी योजना बनाउने । अलग अलग खेल मैदानको निर्माण गर्ने जस्तै, कतै फुटबल, कतै क्रिकेट कतै भलिबल ग्राउण्ड आदि 
४) एक नगर स्तरीय खेल मैदानको योजना तयार गर्ने । माथि उल्लेखित योजनाहरु, प्राथमिकता र लागतको आधारमा दश वर्ष सम्ममा सम्पन्न गरिसक्ने । 

स्रोतको व्यवस्थापन 

क) कम लागतको योजना÷गुरुयोजना स्थानीय सरकारकै स्रोतबाट व्यवस्थापन गर्ने ।
ख) ठूला योजनाको श्रोत प्रदेश सरकार केन्द्र सरकार नगर विकास कोष जस्ता अन्य संघ संस्थाको समन्वयमा श्रोत व्यवस्थापन गर्ने । 

पिउने पानी 

एक घर एक धारा, स्वास्थ्य र सरसफाइ हाम्रो अभिभारा भन्ने नारालाई ५ वर्षभित्र पुरा गर्ने लक्ष्य सहित योजना बनाउने । 

स्रोत व्यवस्थापन

१. खानेपानी विभाग विभिन्न एनजिओ÷आईएनजिओसंग समन्वय गरी श्रोत व्यवस्थापन गर्ने 
२. कला संस्कृति साहित्यलाई प्रवद्धन र सम्बद्र्धन गर्ने ठोस योजना बनाई कार्यन्वयन प्रकृया बढाउने 

महिला स्वरोजगार, महिला सक्षमता कार्यक्रम 

क. नेपाली तथा साधारण अँग्रेजी साक्षरताका अभियान सुरु गर्ने ।
ख. महिलाहरुलाई आय मूलक कार्यक्रममा प्रोत्साहित गर्ने । 
ग. महिला समूहको नाममा चर्काे व्याजदरमा ऋण प्रवाह गर्ने परिपाटीको अन्य गर्दै सहज र सरल व्याजदरमा महिलाहरुलाई व्यवसायिक कर्जा प्रदान गर्ने वातावरण बनाई व्यवसायिक बनाउने । 
घ. जेण्डरमैत्री नगर बनाउने कार्य योजना बनाउने 
ङ. प्राविधिक उच्च शिक्षाको लागि महिलाहरुलाई छात्रबृत्तिको व्यवस्था गर्नु पर्दछ । उच्च प्राविधिक शिक्षा हासिल गर्ने महिलाहरुको संख्या बढाउनुपर्दछ ।  
च.स्थानीय सरकार तथा विभिन्न संघ संस्थाबाट सीपमुलक तालिम प्राप्त सबै महिलाहरुलाई व्यवसायिक बनाउने अभियान सञ्चालन गर्नु पर्दछ । 
छ. नगरभित्र सबै भेगहरुमा महिला सञ्जालको भवनको भवन बनाउनुपर्दछ । 
महिलाहरुलाई सबै क्षेत्रमा गरी ५०० महिलालाई रोजगारी दिने योजना बनाउने । 
योजनाबद्ध ढङ्गले कार्य गर्दा १० वर्ष भित्रमा एक घर एक महिला रोजगार बनाउन सकिन्छ । 



फोहोरमैला व्यवस्थापन 

थाहाको ६ वटै भेगमा फोहोर व्यवस्थापनका लागि  डम्पिङ साईट निर्माण गरी फाहोरबाट मोहर निकाल्ने योजना बनाउने

१) फोहोरमैलाबाट ग्यास उत्पादन गर्ने । 
२) फोहोरमैलाबाट अर्गानिक मल निर्माण गर्ने । 
३) सकेसम्म घरको फोहोर घरमै व्यवस्थापन गर्ने । 

पूर्ण स्वरोजगार व्यवस्थापन 

१० वर्ष भित्रमा विभिन्न प्रयोजनको लागि युवाहरु बाहिर जान नपर्ने “थाहाको युवा थाहा” भन्ने योजना बनाई कार्यान्वयनको साथ सफल बनाउने । 
सबै किसिमका रोजगारी थाहामै पाउने व्यवस्था मिलाउने । 
युवा रोजगार व्यवस्थापन गर्न – थाहा नगर युवा मैत्री बनाउने । 
स्रोत व्यवस्थापन

१) विभिन्न एनजिओ, आईएनजिओ
१) युवा स्वरोजगार कार्यक्रम बनाउने । 
२) युवा रोजगारी कार्यक्रममा वित्तीय संस्थाहरुलाई लगानी गर्न प्रोत्साहीत हुने वातावरण तय गर्ने ।
असहाय÷अपाङ्गता भएका व्यक्ति 
१.क्रमिक रुपमा १० वर्ष भित्र नगरका सम्पूर्ण ७५ वर्ष कटेका बृद्धबृद्धाहरुलाई पौष्टिक आहार प्रदान गर्ने । 
२. प्रत्येक वडाहरुमा बृद्धबृद्धाहरुका लागि डे केयर सेन्टर निर्माण गरी सञ्चालन गर्ने । 
३. अपाङ्गहरुको शारिरिक अवस्था हेरी रोजगारी प्रदान गर्ने । 
४. व्यवस्थित अनाथालयको निर्माण गरी सञ्चालन गर्ने 

स्रोत व्यवस्थापन 

१. स्थानीय सरकार 
२. एनजिओ, आईएनजिओ र सामाजिक संघसंस्था संग समन्वय ग्रेटर थाहाका नागरिक, जन प्रतिनिधि, सामाजिक कार्यकर्ता, व्यवसायिक संघसंस्था

उद्योग 

ठूला उद्योग सम्भावना 

\खनिज उद्योग

खनिज पदार्थहरुको थाहा नगरमा ठूलो सम्भावना भएको हँदा यसको अन्वेषण गरी खनिज उद्योगहरु स्थापनाका लागि निजी क्षेत्रहरुसंग समन्वय गरी १० वर्ष भित्र केही खनिज उद्योग स्थापन गर्ने । 
\
जडिबुटी उद्योग

प्रचुर मात्रामा जडिबुटी पाइने क्षेत्रको रुपमा थाहा नगरमा रहेकाहरु यसको सम्भाव्यतालाई उध्ययन गरि ५ वर्ष भित्र केही जडिबुटीहरुको उद्योग स्थापन गर्ने । 

कृषि उद्योग

कृषिमा आधारीत घरेलु उद्योघहरुको व्यापक संभावना बोकेको हुनाले टोल टोलमै घरेलु कुटीर उद्योगहरुको विकास गर्ने योजना बनाई १० वर्ष भित्र टोल टोलमा कृषिमा आधारित घरेलु उद्योग स्थापना गर्ने, उत्पादित वस्तुको बजार व्यवस्था झन्झटिलो नहुने वातावरण बनाउनु पर्छ र बनाउन सकिन्छ । 

स्वास्थ्य – जनताको प्रमुख सरोकारको विषय रहेको स्वास्थ्य क्षेत्रलाई योजनावद्ध ढङ्गले विकास गरी सबै क्षेत्र र वर्गको पहुच प¥याउनु पर्दछ र सकिन्छ पनि ।

क्रमिक आगामी १० वर्ष भित्रमा 

१. सामान्य रोगको उपचारका लागि प्रत्यक वाडमा स्वास्थ्य केन्द्र हुने । 
२. प्रमुख रोगहरुको उपचार पनि नगर भित्रै शुलभ ढङ्गले हुने व्यवस्था गर्ने । 
स्थानीय सरकारद्धारा स्वास्थ्य केन्द्र व्यस्थापन गरी सेवा प्रदान गर्ने तथा नीजी तथा सहकारी÷सामुदायिक क्षेत्रलाई प्रोत्साहित गरि निजी क्षेत्रद्वारा स्वास्थ्य केन्द्र स्थापन गरी सेवा प्रदान गर्ने ।

स्थानीय तहको आन्तरिक आर्थिक श्रोत

कृषिजन्य उत्पादनको वृद्धिबाट संचित हुने कोष
सम्पूर्ण पर्यटन क्षेत्रको संरचना तयार भएपछि त्यसबाट जम्मा हुने कोष
उद्योग, व्यवसाय, खानी आदिबाट प्राप्त हुने रकम
अन्य प्राकृतिक श्रोतको उपयोगबाट प्राप्त हुने कोष
हाल प्राप्त भइरहेको कोषका शीर्षकहरु
                 


0 comments

Write Down Your Responses