Powered by Blogger.
लोक,पप र स्वदेशी गितलाई प्राथामिकता दिई रहेको छु

सुरेन ताम्लिङ,  युवा गायक 

पर्यटकीय जिल्ला ताप्लेजुङमा सुरेन ताम्लिङ ब्रिटिस् आर्मीमा कार्यरत एक प्रतिभाशाली युवा हुन् । ब्रिटिस् आर्मी भएता पनि गित गाउने र अभिनय गर्नु उनको शौख हो । 

अहिले सम्म आफ्नो, पूर्वेली र सुर्दशन नामक तीन वटा एल्बम प्रकाशन गरिसकेका उनी नेपाल भ्रमणमा आँउदा म्युजिक भिडियो र एल्बम निकाल्नमा निकै सक्रिय देखिन्छन् । 

उनको गितहरु नेपाली बजारमा मात्रै सिमित नभई अन्तराष्ट्रिय स्तरमा पनि चर्चामा रहेका छन् ।  प्रस्तुत छ उनीसंग गरिएको कुराकानीः 

हिजो आज के मा ब्यस्त हुनुहुन्छ ?

केही दिन अघि मेरा ‘पूर्वेली र सुदर्शन’ नामक दुई वटा एल्बम विमोचन भएका छन् र भिडियोहरु पनि रिलिज हुँदै छ ।

सुनिन्छ यहाँ ब्रिटिस् आर्मीमा कार्यरत भएर पनि गित संगित क्षेत्रमा लाग्नु भएको छ , कसरी आयो यस्तो प्रेरणा ? 

गित गाउनु मेरो हवी पनि हो र प्यासन पनि हो । ब्रिटिस् आर्मीमा नै लागेर यसलाई निरन्तरता दिन्छु भनेर सोचिरहेको थिए तर ब्यस्तताले गर्दा मिलि रहेको थिएन । गत सालबाट यसलाई निरन्तरता दिई रहेको छु ।

अहिले सम्म कति वटा एल्बम निकालि सक्नु भएको छ ? तपाईको एल्बममा कस्ता कस्ता गितहरु रहेको छ ?

मैले अहिले सम्म तीन वटा एल्बम विमोचन भैसकेका छन् । यस बाहेक थप गितहरु पनि छन् । मैले विशेष गरेर लोक , पप र स्वदेशी गितलाई प्राथामिकता दिई रहेको छु ।

दर्शक श्रोताहरुले कतिको रुचाएका छन् यहाँको गितहरु , एल्बम निकाल्न त खर्चिलो नै हुन्छ ?

दर्शक श्रोताहरुबाट सकारात्मक र नकारात्मक दुवै खालको प्रतिकृया आउने गर्छन् । नकारात्मक पक्षलाई पनि अंगालेर नै जानु पर्छ । धेरै जसो त मन पराउनु हुन्छ । 

नेपालमा भन्दा धेरै युरोपमा बस्नु हुने श्रोताहरुले मन पराई रहेका छन् । जति नै राम्रो काम गरे पनि सबैलाई खुसी बनाउन सकिँदैन । लगानी त गर्नु परिहाल्छ , प्राविधिक जमाना भएकोले समयको माग अनुसार चल्नु पर्छ ।

कस्तो उमेरको दर्शकलाई लक्षित गरेर एल्बम निकाल्नु हुन्छ ?

म सबै उमेर समुहलाई लक्षित गरेर निकाल्ने गर्छु । युवा देखि बृद्धसम्म सबैलाई समेटेर उनीहरुलाई मन पर्ने गित गाँउछु ।

यहाँको गितहरु ‘लेकाली गोरी’, ‘डार्लिङ आई लभ यू’ ,  ‘एउटा हात’, ‘एक्लो छ ज्या’ र ‘तिमी मलाई मन पर्छ’ जस्ता गितहरु गायन र अभिनय दुवैमा एक अब्बल व्यक्तिको रुपमा चिनिनु हुन्छ , तपाईलाई कसरी सम्भव भयो यहाँ सम्म आउन ?

भगवानले तिमी ईच्छा गर म पुरा गर्छु भने जस्तै भयो मेरो ईच्छा पनि । यहाँ सम्म आउनु मेरो प्यासन नै भन्नु पर्छ । धेरै ब्यस्तता भएर पनि समय निकालेर यहाँ सम्म आई पुगेको छु । संर्घष भन्दा पनि ठुलो कुरा समय नै हो मेरो लागि । समय मिलाउन गाह्रो पर्छ ।  कामलाई पनि निरन्तरता दिदै जाँदा समय नै चुनौती हो मेरो लागि ।

यहाँको नाम मोडल प्रिया लिम्बुसंग जोडिने गरिन्छ , यहाँहरुको केमेस्ट्रिीलाई बजारमा निकै चर्चाको रुपमा लिने गरिन्छ , यस बारे तपाई के भन्न चाहानु हुन्छ ?

प्रिया लिम्बु एकदमै प्रतिभावान र भर्खरै जन्मिदै गरेको कलाकार र राम्रो क्षमता भएको मान्छे हुनुहुन्छ । उहाँको अगाडीको म्युजिक भिडियो पनि हेरें, एकदमै राम्रो छन् । 

अब आउने मेरो ज्युजिक भिडियोको लागि उहाँ संग कुरा राखेको छु र हुन्छ पनि भन्नु भएको छ । नाम जोडिने चाही प्रोफेशनल लाईफमा मात्र हो, व्यक्तिगत जीवनमा त्यस्तो केही पनि छैन ।

तपाईलाई गायक र कलाकार दुवै रुपमा चिनिने गरिन्छ आफूलाई के भन्न रुचाउनु हुन्छ ?

म आफूलाई कलाकार भन्दा पनि गायक नै भन्न रुचाउँछु । फिल्म खेल्न पनि मन चाँही छ समय मिल्यो भने गर्ने ईच्छा छ ।

यहाँले एक अन्र्तवार्तामा विदेशमा पैसा कमाएर गित निकाले पनि त्यो ठमेलमा गएर नाचे जस्तो सजिलो छैन भन्नु भएको रहेछ किन त्यस्तो भन्नु भयो प्रस्ट पारिदिनु होस् ?

यो मैले किन भनेको भन्दा धेरैले कुरा गर्नु भयो , योसंग पैसा छ जे पनि गरिहाल्छ भनेर तर त्यस्तो होईन । विदेशमा दुख गरेर बचत गरेर कमाएको पैसा मैले आफ्नो संगित क्षेत्रमा लगानी गरेको हुँ र त्यो त्यति सजिलो पनि थिएन ।

हालै निकाल्नु भएको एल्बम बारे केही भनिदिनु होस् ? यसमा कस्ता कस्ता गितहरु रहेका छन् ?

हालै मेरो दुई वटा एल्बम रिलिज भएका छन् । मेरो तेस्रो एल्बम छ सुर्दशन त्यसमा मैले डान्सिङमा आधारित गितहरु मात्र राखेको छु र आशा छ यो सबैलाई मन पर्छ ।

यहाँ सामाजिक संजालमा कतिको अपडेट हुनुुहुन्छ ?

सामाजिक संजालमा म थोरै मात्रै अपडेट हुन्छु । म बाहिर नै धेरै बस्ने भएकोले त्यति समय दिन पाँउदिन । 

यहाँको नजरमा तपाईलाई मन पर्ने गायक र संगितकार को हु्न र  किन ?

मेरो मन पर्ने गायक राजेश पायल राई र संगितकार सबै राम्रो हुनुहुन्छ । राजेशजीको गायन शैली र उहाँको स्वर एकदम मन पर्छ ।

मन पर्ने ठाँउ ?

मलाई मन पर्ने ठाँउ मेरो जन्मथलो ताप्लेजुङ नै हो ।

मन पर्ने नेता ?

मन पर्ने नेता स्व.विशेश्वर प्रसाद कोईराला हो । त्यसै गरी बाहिर महात्मा गान्धी र नेलशन मन्डेला मन पर्छ ।

मन पर्ने चलचित्र ?

मलाई मन पर्ने चलचित्र दबङ्ग र गजनी हो ।

मन पर्ने मोडल ?

मलाई मन पर्ने मोडल एलिसा राई र प्रिया लिम्बु हो ।

मन पर्ने खाना ?

मन पर्ने खानामा नेपाली खाना नै मन पर्छ

प्रस्तुतिः रोनिका बिडारी





0 comments

Write Down Your Responses