Powered by Blogger.
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : कवड्डी तर्फ थाहाका इअन इङिलस एकेडेमी प्रथम

Image result for कबड्डीहेटौँडा /  राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको लागि हेटौडामा भएको छनोट खेलमा कवड्डी तर्फ उत्तरी मकवानपुरको इअन इङिलस एकेडेमी प्रथम भएको छ । हेटौडाको हुप्राचौर खेलमैदानमा भएको प्रतियोगितामा उत्तरी मकवानपुर थाहानगर कै प्रतिनिधित्व गर्दै मैदानमा उत्रेका खेलाडिहरुले कडाप्रतिष्प्रर्धाको रुपमा ज्ञानदा मावि हेटौडालाई १ अंकले पछि पार्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि जनाउनको लागि स्थान पक्क गरेका हुन् । इअन इङिलस एकेडेमीले ४७ अंक प्राप्त गरे भने ज्ञानदा माविले ४६ अंक प्राप्त गरेका छन ।  प्रतियोगितामा पशुपति मावि तृतिय स्थानमा चित्त बुझाउनु पर्यो ।
कवड्डि खेलमा वेष्ट खेलाडि रुपमा समेत इअन इङिलस एकेडेमीका रेलकाजि गमाल भएका छन् । टिम क्यापटेन नविन्द्र वलामीले यो शुरुवाती भएको भन्दै राष्ट्रपति कपमा समेत जित हाँसिल पक्का भएका उद्घोष गरे ।
विद्यालयमा शिक्षक तथा टिम कोच रामकाजी बलामीले कडा प्रतिष्प्रर्धाको साथ विद्यालयका खेलाडिहरुले जित्नु विद्यालयको मात्र नभई समंग्र उत्तरीभेग कै सान रहेको बताए । उनले भने,“यो टिमले रनिङ शिल्ड खेलकुद प्रतियोगितामा समेत उत्तरी मकवानपुरको नाम राख्ने विश्वास लिएको छु ।”
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेल्नको लागि इयनबाट खेलाडिहरु रेलकाजी गमाल, नविन्द्र वलामी,अमृत गोपाली, सलोन तामाङ, रोहन गोपाली, वलवद्र गोपाली गरि ६ जना खेलाडि छनोट भएका छन् ।
जनक मावि भीरकोटले शिल्ड
यस्तै राष्ट्रपति रनिङ शिल्डमा यो पटक बकैया गाउँपालिकाको जनक माविले कब्जा जमाएको छ । गत वर्षको उपविजेता रहेको जनकले यो पटक बिजेता बन्दै शिल्ड जितेको हो ।
विजेता जनकले लागि १४ स्वर्ण ६ कास्य र ७ रजत पदक प्राप्त गर्दा गत वर्षको महेन्द्र मावि छतिवन यो पटक दोश्रो स्थानमा रहन सफल बनेको छ । महेन्द्र मावि छतिवनले छतिवनले ५ स्वर्ण,१३ रजत र ७ कास्य पदक प्राप्त गर्न सफल बन्यो । यसै गरि महेन्द्र किरण मावि वसामाढीले ३ स्वर्ण ४ रजत पदक प्राप्त गरि तेस्रो स्थानमामा सफल बनेको छ ।
प्रथम स्थान हाँसिल गर्न सफल टिमलाई १५ हजार नगद सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रदेश नंबर ३ का मुख्य मन्त्री डोरमणी पौडेल, प्रदेश सांसद प्रेमबहादुर पुलामी, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिना तथा कार्यालय प्रमुख राजन दाहाल९खुसराज० लगाएतले पुरस्कार हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा विभिन्न विधामा मकवानपुरको तर्फबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पदक विजेता खेलाडीहरुलाई समेत सम्मान गरिएको थियो भने पत्रकारिताबाट खेलकुद विकासमा योगदान दिएको भन्दै खबरब्रेक डटकमका धर्मेन्द्र दाहाललाई सम्मानित गरिएको थियो ।


0 comments

Write Down Your Responses