Powered by Blogger.
कृषि वन नर्सरी स्थापना तथा ब्यवस्थापन सम्वन्धी ३ दिने तालिम सम्पन्न

कृषि वन नर्सरी स्थापना तथा ब्यवस्थापन सम्वन्धी ३ दिने तालिम  मकवानपुर गढी ६ बागदलीमा अाज सम्पन्न भएकाे छ । मकवानपुर गढी गाउँपालिका कृषि विकास शाखा र सहयाेग तथा सराेकार संस्था काभ्रे धुलीखेलकाे संयुक्त अायाेजनामा तालिम  सम्पन्न भएकाे हाे । 

कृषकहरुकाे अार्थिक र सामाजिक जीवनस्तर सुधारका निम्ति तालिम अायाेजना गरिएकाे ले यस्ताे तालिम फलदायी रहेकाे वडा अध्यक्ष टीका प्रसाद दहाल ज्यूले बताउनुभयाे । तालिमले साच्चै नै अाफ्नाे परम्परागत तरिका मा सुधार ल्याई ब्यवसायीक कृषि प्रणालिमा सुधार अाउने सहभागी अम्विका दहालले बताउनुभयाे । 

गाउँपालिका वडा नं ६ का अध्यक्ष टिका दहालकाे अध्यक्षतामा  सम्पन्न कार्यक्रम गाउँपालिका अध्यक्ष विदुर हुमगाईकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे हाे । संगिता दुलालले सञ्चालन गर्नुभएकाे कार्यक्रममा तालिम संयाेजक कृषि विकास शाखा मकवानपुरगढीका प्रमुख चन्द्रकान्त चाैधरी, सहयाेग र सराेकार संस्था धुलिखेलका प्रशिक्षक रा्ेशन प्रजापति, अगुवा कृषक केदारबहादुर बजगाई, ६ नं वडा सदस्य केशवप्रसाद न्याैपाने, नरबहादुर स्याङ्तान, लक्ष्मण ढुङ्गाना, लगायतकाकाे उपस्थिति रहेकाे थियाे । 

0 comments

Write Down Your Responses