Powered by Blogger.
स्रोताले आरजे खोज्दै आए - “ म संसार हेर्न चाहान्छु पहल गरिदिनुस् न ” : गोविन्द स्याङतान

रुकप कालिराज
मकवानपुर / मकवानपुरको हेटौडा उपमहानगरपालिका नजिकै रहेको भिमफेदि गाउँपालिकाको वडा नम्बर–२ मा रिठ्ठेगाउँ पुगियो भने गरिवी, अभाव र विपन्नतामा पिल्सिएका परिवारका अनेक कथा सुन्न त पाइन्छ नै, त्यति मात्र नभई एक परिवारको कथा वेग्लै छ । जुन यर्थातपरक कथा सुन्दा जो कसैको पनि मन नरोला भन्न सकिन्न । महा भुकम्पले घर भत्के पछि टहरा जिवन विताएका गोविन्द्र स्याङतान हेर्दा र वोल्दा केहि जोसिला केहि गरम भन्ने सोच बोकेका यूवा सरह देखिन्छन् ।

शारीरिक रूपमा दिनदिनै यूवा उमेर ढल्कैछ स्याङ्गतानको, स्याङ्गतानसँगको चिनजान भने करिव ५ वर्ष अघि देखिको हो, तर भेट भने भएको थिएन् । मैले रेडियो पालुङ्गमा रेडियो कार्यक्रममा चलाउदा नियमित स्रोताको रुपमा सहभागि हँुन्थे । रेडियामा वोल्दा यति मिठास दिएर बोल्थे कि जो सुकै उहाँको आवजमा चाँडै नै लड्ठ पर्थे र म पनि तिनै मध्येको एक हुँ ।

मलाई लाग्थ्यो उहाँ त रेडियो आर्जे हुनुपर्ने हो ? कति पटक मैल आउनुस् रेडियोमा तपाई सिकाउँछु भन्थे र उहाँले हुन्छ पनि भन्नु हुन्थ्यो , अनि रेडियो कार्यक्रमबाट चिनजान हुँर्दै गर्दा हामी अन्य समयमा पनि कुराकानी गथ्यौँ । उहाँले जहिले म त भाग्यले ठगेको मान्छे, भन्नुहुन्थ्यो, मैले किन यसो भन्नु भा भनेर पटक पटक प्रश्न गर्दा हजुरलाई मेरो कहानी सुन्न चाहानु हुन्छ र ? चाहानु हुन्छ भने कुनै दिन भनम्ला नि भन्ने उत्तर आउथ्यो । ठिकै छ भनेर मैले पनि त्यति कर जफत गर्दिनथेँ ।

त्यस पछि २०७२ को महाभुकम्प गए पश्चात हाम्रो सम्बन्ध टुट्यो, कारण उहाँलाई कहिले फोन लागेन, मैले पछि धेरै कल गरे तर लागेन र हामी टाढा भयौँ । त्यस यता हाम्रो कुरा हुन सकेको थिएन , अनि म समाचार संकलन तथा रेडियो कार्यक्रम उत्पादन गर्ने शिलशिलामा भिमफेदिको रिठ्ठेगाउ पुगेँ, त्यहा केहि भुकम्प पिडितसंग कुराकानी गरँे । त्यस ठाउँमा केहि समय विताईरहँदा गोविन्द स्याङ्गतानले पनि रेडियो कार्यक्रम प्रस्तोता रुपक कालिराज आएको भन्ने थाहा पाएँरे, त्यसपछि मलाई भेट्न भनेर आउँदैछन् भन्ने थाहा पाएँ ।
म नि खुसी भएँ ताकि विगत रेडियोमा कार्यक्रम चालाउनुदा नियमति मेरो स्रोता, आवाजमा मात्र परिचित भएको व्यक्तिसँग मलाई प्रत्यक्ष भेट्न आउदैछन् भने पछि म त्यतिकै हर्षित थिएँ । उहाँ र मेरो दुरी करिव ५ मिनेटको छ होला तर उहाँलाई १० मिनेट जति लाग्यो, अलि हत्तार भएपनि म प्रतिक्षारत थिएँ । उहाँ छामछाम छुमछुम गरि आउदै रहेछन् । म दंग परे, म हेरिरहेँ मात्र एकोहोरो, अनि मैले नत केहि प्रश्न गर्न सके नत वोल्न नै, केहि छिन भावुक भएँ म उहाँको त्यो अवस्था देखेर मेरो मन रोयो पनि ∕
लामो सास फेरेँ, गोविन्द मेरो छेउ आएर रुपक दाई नमस्कार है भन्नु भो, मैले पनि नमस्कार फर्काएँ । के छ गोविन्द जि भनेर पहिलो पश्न गरेँ । उताबाट उत्तर आउछ, “ठिक छु बाँचेकै छु ।” मर्न सकेको छैन, विचरा ∕ कस्तो शब्द उचारण गरेको होला ? मैले मनमनै सोचे, मैले कहिल्यै कल्पना समेत गरेको थिइन गोविन्दको यो अवस्था होला भनेर ? मैले नसोचेको र नचिताएको देख्दा म आफैलाई समाल्न सकिरहेको थिइन् ।

उहाँले रेडियोमा पहिलो वाक्यमा बोल्ने गर्थे, “म संसारैभरि मायामा ढुब्ने गोविन्द स्याङतान र भाग्यले मलाई ठगेको मान्छे ।” किन त्यसो भनेका रहेछन भन्दा , थाहा भयो यस्तो रहेछ करण । बाल्यपनमा गोविन्दले दुवै नयन अर्थात आखाँ गुमाउनु परेको रहेछ । ५ जना सदस्य रहेको गोविन्दको परिवारमा २ दाजुभाई र एक दिदिवहिनी र बाबाआमा रहेछन् । उनका भाई १३ वर्षको बुद्धिलाल स्याङ्गतान, वहिनी खुसि स्याङ्गतान, वुवा भिम बहादुर स्यातान र आमा सिता माया स्याङ्गतान छन् । साधारण परिवारमा जन्मेका गोविन्दको भने सपना ठुला–ठुला छ । गोविन्दले भने,“ममी बाबाको पहिलो सन्तान त्यस माथि पनि छोरा हुँदा मेरा ममीबाबा कत्ति खुसी हुनुभएको थियो होला, पहिलो सन्तान जति प्यारो को होला र ∕ मलाई असाध्यै माया गर्नुहुन्थ्यो, वुढेसकालको साहार भनेर सोचेका मेरा आमा बाबाको सपना पुरा गर्न सकिन, त्यति मात्रै नभएर ती खुसी मैले दिन सकिन ।”

गहभरि आँसु पार्दै मेरो हात समाउदै भने, “मलाई भाग्यले ठग्यो।” विगतमा लामो समय कुरा गर्ने गोविन्द त्यस बखत अनुहारमा छुट्टैखालको आभास देखिरहेको थिए । “अन्धो हुँदाहुँदै पनि होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखेको कुरा सुनेको बताउदै उनले भने,“मैले केहि गर्नुछ यो धर्तीमा वसेर।” एउटा सक्षम तथा शारिरिक रुपमा स्वच्छ भएका व्यक्तिको जस्तो कुरा सुनाउछन तर फेरि भन्छन्,“चाहाना मात्रै भएर नहुँदा रहेछ,पहाडमा जन्मेको छु, म संग कला छ गला छ तर पनि यहाँ कस्लाई सुनाऔँ कल्लाई भनौँ, मेरो पुकार कस्ले पो सुन्छ र ∕”
सानै उमेरमा पैसाकै कारणले गर्दा मेरो आँखाको उपचार गर्न नसकेको रे । हामी जस्ता गरिबको लागि यो देशमा कस्ले वास्ता गर्छन र ? यो दुःख पोख्दा पोख्दै उनले थपे,“म धेरै रेडियो सुन्छु मेरो साथी भनेको नै यहि रेडियो हो।” पुर्व देखि पश्चिमका धेरै रेडियोहरुको नाम सररर भन्छन् मेगाहर्ज सहित र रेडियोकोे नम्बर एकै पटकमा कण्ठ गरि हाल्छन् । एक पटक मनमा राखेको नम्बर हत्तपत्ति विर्सिदिन उनी भन्छन्। उनले रेडियो कार्यक्रममा कविता मुक्तक,चुट्किला भनेकै हुन्छन् । मनमा त धेरै कुरा उब्जिन्छ, लेख्न समस्या हुन्छ नत्र मेरो कथा एउटा किताव बनाउथे उनले थपे , म गायक वन्ने धोको छ तर धोको सब चाहाना मात्रै हुने भो उनी भन्छन् । हामी जस्तो गरिवको खुसीको दिन कहिले आउला र है दाई ? फेरी भावुक हुदँै भने, “मैले सुनेको छु पत्रकार रवि लामिछाने दाईले धेरैको ज्यान बचाउनु भएको छ भन्ने कुरा सुनेको भन्दै पत्रकारहरुले चाहेको खण्डमा जस्तो सुकै पनि समस्याको समाधान गर्न सक्छन, त्यसैले म संसार हेर्न चाहान्छु, तपाइहरु जस्तो पत्रकारको सहयोगको अपेक्षा गरेको छु ।”
यस्तै प्रशंगमा मैले ठट्यौली पाराले यो जिवनमा लभ नि पर्यो कि भनेर पश्न गर्दा उनले मुसुमुसु हाँस्दै भने परेको थियो तर फोनबाट नै तर भेटेको भने थिईन । लामो समय कुरा हुन्थ्यो माया पिरतीको र जिन्दगीको योजनाको कुरा हुन्थ्यो तर म यस्तो अवस्था छ भनेर थाहा पाए पश्चात टाढा भएको भान भो मलाई उनले थपे ।
उनकी वहिनी खुसी तामाङ्गले भनिन्,“गोविन्द्र दाईको २ वषको हुँदा आँखा साधारण समस्या आएको थियो, पछि उपचार गर्नको लागि पैसा नभएसी घरायसी औषधीको भरपर्दै जाँदा दाईले दुवै आँखा गुमाउन पर्यो ।” उनले भनिन् “सबै भन्दा वढि माया मलाई दाईले गर्नुहुन्छ । मेरो धेरै वास्ता गर्नुहृुन्छ ।” उलले थपिन्,“मेरो दाईको आँखा राम्रो भइदिएको भए हाम्रो खुसीको जिवन बित्थ्यो होला तर मेरो नाम खुसी हुँदा पनि खुसी भने कहिल्यै हुन सकिन कहिल्यै।”

आँखाभरी आँसु पारेर २४ बर्षे अपाङगता भएका छोरालाई देखाउँदै गोविन्दको आमा सिता माया स्याङ्गतानले भनिन्,‘यसको नाम गोविन्द हो, आँखा देख्न सक्नैद्, । उपचार गर्ने पैसा छैन । उपचारको के कुरा गर्ने, गाँस वाँस कपास जोड्न धाउधाउ छ ।’ जसोतसो ज्यालादारी गरेर जिवन निर्वाह गरिरहेको छु ।’
उनले भनिन्, “दुःख सुख गरेर खान पुग्ने जमिन भए पनि खेतीपाती गर्न नसक्ने हुने वेला भो, कमाएर दिने कोही छैन । जन्मदा स्वास्थ्य जन्मे पनि पछि २ बर्षको हुँदा छोरा गोविन्दको आँखा पाक्न थाल्यो, सामान्य होला भन्दै घरायसी औषधी गर्दा औषधीले नभए पछि उपचार गर्न जादा महँगो खर्च लाग्ने भए पछि उपचार गर्न समेत सकेनौँ गोविन्दको आमाले भनिन् ।

 उपचारको अभावमा अर्का ४ वर्षको छोरो गुमाउनु प¥यो त्यो घटनाले गर्दा हामीमा जेठोको चिन्ता पनि बढेको छ’ पीडा पोख्दै उनले भनिन् । तर हामीलाई कसैले सहयोग गर्ला भन्ने आशा छैन । हालमा सम्म सरकारबाट कुनै पनि राहत नपाएको बताईन् । अपाड्ड भत्ता आउँछ भन्ने थाहा थिएन हालसालै थाहा पाए पश्चात अपाड्ड भत्ताको कार्ड बनाएको छु उनले भनिन् । सरकारले के गर्दे हुन्थ्यो भन्ने प्रश्नमा उनि भन्छिन् ,“ मेरो छोराले यस संसारमा हेर्न चाहेको छ,समाजमा नयाँ काम गरेर देखाउने र गायक भन्ने सोच छ सो चाहाना पुरा गर्दे हुन्थ्यो ”

0 comments

Write Down Your Responses