Powered by Blogger.
नेपाली चलचित्र भोरको च्यारिटि शो हेटौडामा सम्पन्न

मकवानपुर / चलचित्र पत्रकार संघ मकवानपुरले आज नेपाली चलचित्र भोरको च्यारिटि शो सम्पन्न गरेको छ । तराईमा रहेको दाईजो प्रथाको कथामा निमार्ण भएको चलचित्र भोरको हेटौडामा च्यारीटी सो सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ मकवानपुरले आज आयोजना गरेको च्यारीटी सो हेरे पछि दर्शकहरुले चलचित्रको खुलेर प्रशंसा गरेका छन्, ।
दर्शकहरु संग बसेर सिनेमा हेर्दै निर्देशक यादब भट्राईले चलचत्रिमा वास्तविक कथालाई पर्दामा उतार्दा दर्शकहरुले तारिफ गरेको बताए । यसअघि भट्राईले सती प्रथामा आधारित झोला निर्देशन गर्नुभएको थियो । ओमम्याक्स हलमा सम्पन्न च्यारिटि शोमा निमित्त प्रमुख जिल्ला अधिकारी बिनोद प्रसाद खड्का, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिकासराज खनाल , माईती नेपालकी संयोजक माया लामा, अस्मिता नेपालकी अध्यक्ष आरती पाठक, शक्ती समुहका क्षेत्रीय संयोजक अस्मिता तामाङ तथा महिला हिंसा तथा मानव अधिकारसम्बन्धि काम गर्ने विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । चलचित्र हेरेपछि प्रतिक्रिया दिनुहुदै प्रहरी उपरिक्षक खनाल तथा माईति नेपालकी संयोजक लामाले यस्ता खालको चलचित्रले समाजमा भएका दाईजो प्रथा जस्ता समस्या न्युनिकरणमा मद्वत पुग्ने प्रतिकृया दिुनभएको छ । चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणीराज गौत्तमले चलचित्र भोर तराईमा भएको वास्तविक घटनामा आधारित चलचित्र भएकोले च्यारिटि शो गरेको जानकारी दिनुभयो । चलचित्रमा रामनारायण ठाकुर, राजेश सक्सेना, डोलि सरकार र बि.एन पटेल लगायतको अभिनय रहेको छ । चलचित्रलाई देवेन्द्र सुवेदीले निर्माण गर्नुभएको हो ।  निमार्ता सुवेदीले हेटौडाका दर्शकहरुले भोर लाई बोर नमानी पुर्ण रुपमा हेरेर प्रतिक्रिया दिएकोमा धन्यवाद ज्ञापन गरे ।

0 comments

Write Down Your Responses