Powered by Blogger.
विचार मिलेपछि भागवण्डा र नेताहरुको व्यवस्थापन गौण कुरा होः गणेशमान पुन


काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य तथा बहुचर्चित वाइसीएलका पुर्व अध्यक्ष गणेशमान पुनले आफु ‘हाइफाई राजनीति’ मा ओझेल परेको स्विकारेका छन् । 

पुर्व आपुर्तीमन्त्री समेत रहेका पुनले दामन पोष्ट डटकमसंग लामो अन्तरंग कुराकानी गर्दै पछिल्लो समय फास्टट्र्याकबाट राजनीतिमा हिरो बन्ने र केही पात्रहरु भने जिरो बन्ने प्रवृती भित्रिएको भन्दै यो समग्र राजनीतिको समस्या भएको बताए ।

सम्पादक शन्तराम बिडारीसंग केही दिन अघि भएको कुराकनीका क्रममा उनले आफु भने त्यसरी नहराउने र दिगो ढंगल काम गरिरहेको दावी गरे । बनस्थली स्थित आफ्नो डेरा नजिकैको एक क्याफेमा कफिको चुस्कीसंग उनलाई सुरुवाती प्रश्न गरियो, त्यस्तो चर्चित मान्छे। अहिले त राजनीतिमै हुनुहुन्छ की हुनुहुन्न जस्तो देखिएको छ नी ? उनले शालिन भएर निधार खुम्च्याउँदै जवाफ दिन थाले, ‘सुन्नुस, एउटा फास्टट्रयाकबाट कोही हिरो वा कोही  जीरो बन्ने प्रवृती राजनीतिमा त छ नै । तर यसले मलाई केही फरक पर्दैन । किनकी म योजनावद्ध तरिकाले राजनीतिलाई अगाडि बढाउँछु,  र यही कुरालाई विचार गरेर दिगो ढंगले काम गर्छु ।’ 

चर्चा हरायो नी, के गरिरहनु भएको छ त ? हाम्रो प्रश्न थियो । उनले भने, ‘म अहिले पनि राजनीतिनै गरिरहेको छु, म धेरै चर्चाको पछि  लाग्ने मान्छे चाहि परिन, काम गर्दै जाँदा कहिले चर्चा हुन्छ, कहिले हुदैन ।’

उनले आफु माओवादी केन्द्रको सचिवालय सदस्यको हैसियतमा रुकुम जिल्लाको स्थानीय सरकारको काम काजहरु, स्थानीय अर्थतन्त्रको प्रबन्ध सम्वन्धी कामहरु योजनावद्ध तरिकाले  अगाडी बढाइरहेको सुनाए । भने, ‘रुकुम पुर्वीको पार्टीले मलाई बिकास निर्माणको कामकाज संयोजन गर्न जिम्मा दिएको छ र  म त्यहि काममा लागि  रहेको छु ।’ 

पुर्वमन्त्री भएको मान्छे एउटा जिल्लामा मात्र केन्द्रीत भएर भयो त ? हाम्रो प्रश्न पछि उनले जवाफ दिए, ‘रुकुम भनेको चाँही एउटा पाईलेटिङको कुरा भयो । स्थानीय सरकारले गर्नु पर्ने कामहरु योजनाबद्ध तरिकाले अगाढी बढाउने कुरा, त्याहाँको स्थानीय अर्थतन्त्रलाई प्रबन्ध गर्ने कुरा र समाजवादलाई गाउँतह बाट बुनेर ल्याउने कुरा र आधारभूत वर्गका  समस्या समाधान गर्नको निम्ती अभियान थाल्ने कुरा कुनै एउटा गाउँपालिकाको अथवा एउटा जिल्लाको हुन सक्दैन् । त्यसलाई देशव्यापी अभियानमा फैलाउने बिचारमा छु ।’ 

उनले दुई ठुला कम्युनिष्ट पार्टीबीच ऐतिहासिक एकताको चरणमा रहेकाले संक्रमणकाल भएको विश्लेषण गरेका छन् । ‘अहिले पार्टीको एकता या पार्टीको पुर्नगठन या जिम्मेवारी बाँडफाडको संक्रमणको चरणमा छौं ।  र, यो संक्रमणको चरणमा अरु ठोस अरु जिम्माहरु आएको छ,  मैले यसलाई अवसरको रुपमा लिएको छु ।’ उनले राजनीतिलाई उन्नत ढंगले अगाडि बढाउनको निम्ति खास विषयमा ज्ञान हुन जरुरी रहेको दावी गरे । 

पछिल्लो समय पार्टीका युवा नेताहरु एकता पछि आफ्नो भुमिका संकुचन हुने डरले एकताप्रति इमान्दार नदेखिएको गुनासो बढेको सन्दर्भमा उनको जवाफ छ, ‘ आफै पनि धेरै सक्रियता पुर्वक लाग्न पाएको छैन् । तर म लागेको छैन भन्दैमा अरु पनि नलागेका होलान् भनेर म भन्न सक्दिन ।   युवा बिद्यार्थी साथीहरु संस्थागत हिसावले लागि राखेका छन् ।  सामान्य हिसावले पार्टीको निर्णय अनुसार अगाडी बढ्ने कुराहरुमा हामी पनि लागेकै छौं । अलिकति तलैबाट एकताद्धता  तरिकाले छलफल आदि इत्यादी गर्न चाही एक प्रकारले अवसर नै मिलेन । ’ लेनिन जयन्तीको दिनमा राष्ट्रिय सभागृहमा भएको व्यानरको विवाद कम तयारीका कारण भएको भन्दै दुई अध्यक्ष बसेर निर्णयक वार्तागरी एकता टुङ्ग्याउनुपर्ने पुनको मत छ । 



‘बिना तयारी जस्तो गरियो र त्यसले गर्दा त्यसले गर्दा  सबैको भावना सबै हिसावले समेटीएन ।  यसमा अलि राम्रो तयारी पनि भएन भने लाग्छ मलाई ।’ उनले  कार्यक्रममा भएको विवादबारे आफ्नो धारणा खुलस्त पारे । दुई वटा फरक पृष्ठभूमिबाट फरक अनुभव फरक मान्यता सहित आएका पार्टीहरुको एकता विशुद्ध गणितमा आधारित भएर मात्र हेर्न नहुने उनको तर्क छ ।

 ‘माओवाद भनेको वास्तवमा योजनाबद्ध हिसावले राज्य सत्तामा उत्पिडीत वर्गको जनताकोे भावनालाई समेटेर बनेको सांकृतिक क्रान्तीको निरन्तरताको कुुरा छ । तर त्यो त्यो कुरालाई पनि नजरअन्दाज गरिएको छ । ’ उनले भने । 

 सिट नभइ सिद्धान्तमा पार्टी मिल्नुपर्छ , उनी भन्छन्, ‘तर यहाँ बिल्कुल सिद्धान्त छोडेर र मान्यताहरु भुलेर प्राय भागबाण्डाले नमिलेको अर्थ लगाइएको छ, त्यसो होइन ।’ विचार मिलेपछि भागवण्डा र नेताहरुको व्यवस्थापन गौण कुरा हुने उनी बताउँछन् । 




0 comments

Write Down Your Responses