Powered by Blogger.
लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनद्धारा मन्त्रीसँग भेटघाट


काठमाडौं । लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनका केन्द्रिय पदाधिकारीहरुको एक प्रतिनिधि मण्डलले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापासंग भेट गरेको छ । 

प्रतिनिधी मण्डलले संगठनका तर्फबाट ध्यानाकर्षण पत्र  समेत पेश गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य, सामाजिक सेवा विभागका प्रमुख एवं लोकतान्त्रिक रष्ट्रिय अपाङ्ग संगठनका इन्चार्ज डा.विजय सुब्बाको नेतृत्वमा टोलीले मन्त्री थापासंग भेट गरेको थियो । 

भेटघाट कार्यक्रममा लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनका महासचिव बालकृष्ण गैरेले मन्त्री थापालाई ध्यानाकर्षण पत्र पेश गरेका थिए । 

सो भेटघाट कार्यक्रममा मन्त्री थापाले आगामी दिनमा मन्त्रालयको तर्फबाट हुने थुप्रै कार्यक्रमहरुमा सरोकारवालाहसंग सल्लाह सुझाव लिएर अगाडि बढ्ने बताउदै माग पत्रमा भएका कुराहरुलाई विस्तारै सम्वोधन  गर्दै लैजाने बताउनु भयो । 

उक्त भेटघाट कार्यक्रममा संगठनका तर्फबाट अध्यक्ष मित्रलाल शर्मा, उपध्यक्ष द्धय रामप्रसाद ढुङ्गाना र माहदेब भारती, महासचिव बालकृष्ण गैरे, सचिव जगदिश प्रसाद अधिकारी, कोषाध्यक्ष कृष्ण गौतम, सचिवालय सदस्य डा. विरेन्द्रराज पोखरेल, केन्द्रिय सदस्य निर्मला धिताल लगायतको उपस्थिति रहेको थियो ।  

–जगदिशप्रसाद अधिकारी


0 comments

Write Down Your Responses