Powered by Blogger.
हेटौँडाका साहिर र समिर को “आमा” चर्चामा (भिडियो सहित)

हेटौँडा, सांगेतिक क्षेत्रमा अघि बढदै गएका हेटौँडाका साहिर ढकाल र समिर ढकालले सार्वजनिक गरेको पछिल्लो गित “आमा”ले बजार तताएको छ । आमाको विषयमा लेखिएको “आमा” गितले निकै राम्रो चर्चा बटुलेको हो ।

तेश्रो कोशेली सहित युटुबमा रिलिज गरिएको गितमा ढकाल दाजुभाईको साथमा दिपिका घोरासैनीले पनि साथ दिएकी छिन् । गितको परिकल्पना साहिर ढकालको हो ।
मकवानपुरको ऐतिहाँसिक मकवानपुर गढीमा खिचिएको भिडियोमा ढकाल दाजुभाईको साथमा सुजन दुलाल तथा गंगा घोरासैनीलाई देख्न सकिन्छ । पप र्याप शैलिमा तयार पारिएको गितमा आमाले सन्ताको लागि कति गर्न सक्छन र सन्तानले दुख दिँदाको पीडालाई प्रस्तुत गरिएको छ ।

पछिल्लो पुस्तामा उदयमान गायको रुपमा आफुलाई प्रस्तुत गरेका ढकाल दाजुभाईले संगितमा लागेर ठुला उपलब्धी हाँसिल गर्ने योजना बनाएको बताए ।

0 comments

Write Down Your Responses