Powered by Blogger.
केन्द्रीय सदस्य तामाङद्धारा सहयोग हस्तान्तरण


काठमाडौं । नेकपा माओवादी केन्द्रका पुर्व केन्द्रीय सदस्य राम तामाङले एक वालवालिका आश्रय केन्द्रलाई सहयोग हस्तान्तरण गरेका छन् । 

राजनीतिकर्मीका अतिरिक्त समाजसेवीको समेत परिचय बनाएका तामाङले गत शनिवार डल्लुस्थित श्री आनाश्रित वालवालिका उत्थान केन्द्रमा गएर त्यहाँ आश्रित बालवालिकालाई सहयोग हस्तान्तरण गरेका छन् ।

मनकारी र स्वच्छ छवि भएका तामाङले सोही दिन सो आश्रय केन्द्रमा आश्रित वालवालिकाहरुसंगै बसेर खाना समेत खाएका थिए । 

रामेछाप जिल्ला, फुलासी गाउपालिका, हाल मन्थली नगरपालिका वडा नम्बर १३ स्थायी ठेगाना भएका तामाङले सस्थालाई चार बोरा चामल , १० केजि दाल , तीन केजि चिनी , ५ प्याकेट  आयो नुन सहयोग गरेका हुन् ।

संस्थाका अध्यक्ष कृष्ण शिवाकोटीलाई तमाम आश्रित वालवालिकाको रोहबरमा सामग्री हस्तान्तरण गर्दै उनले आफुले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । 

कार्यक्रममा अध्यक्ष शिवाकोटीले तामाङलाई माला, खादा र सम्मान पत्र प्रदान गरेका थिए । 

अध्यक्ष शिवाकोटीले तामाङ संस्थाका नानिबाबुहरुको लागि आदर्श व्यक्ति भएको बताउँदै नानीबाबुहरु संगै बसेर खाना पनि खानु ले आफुलाई हौसला थपिएको भन्दै उनको उत्तरोत्तर प्रगतीको समेत कामना गरे । 




0 comments

Write Down Your Responses