Powered by Blogger.
साहित्यकार बिर्खे अञ्जानलाइ पितृ शोक

 33831252_2041239889468226-1527584340.jpg
मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा बसेर सँस्थागत साहित्यको बिकासमा सेवारत साहित्यकार बिर्खे अञ्जानका पिता कृष्णप्रसाद बर्तौलाको मृत्यु भएको छ । उनको ८२ बर्षको उमेरमा उपचारको क्रममा भरतपुर चितवनमा जेठ ९ गते दिउसो १२ बजे उपचारकै क्रममा निधन भएको हो । बतौलाको निधन भएपछि बिर्खे अन्जानलाई पितृ शोक परेको छ ।
अन्जानका पिता बर्तौला धार्मिक अनुसन्धान र सो सम्बन्धि ज्ञाता थिए । खैरहनी नगरपालिकामा बसोबास गर्दै आएका बर्तौला मुटु रोगी थिए । बतौलाका ८ छोरी र ५ पुत्र छन् । पत्रकार राम आँसु र साहित्यकार बिर्खे अञ्जान उनका माइला र साहिला छोरा हुन् । बतौलाका जेष्ठ सुपुत्र शिक्षा सेवामा आबद्ध छन् भने अन्य दुई छोरा बैदेसिक रोजगारमा छन् ।

0 comments

Write Down Your Responses