Powered by Blogger.
उत्तरी मकवानपुरको पर्यटन बिकासको लागि गुरु योजना बनाउन जरुरी : मुख्यमन्त्री पौडेल


जनक लामा
थाहानगर /  पर्यटनको प्रचुर सम्भावना रहेको उत्तरी मकवानपुर कै एक मात्र प्राकृतिक सम्पदाले धनी थाहा नगरपालिकामा १ देखि १२ वटै वडाको बिशेषता र संस्कृति फरक रहेको छ । काठमाडौबाट ६५ किलोमिटरको दुरीमा रहेको थाहा नगरपालिकालाई पर्यटनको गन्तब्यको रुपमा हेर्न सकिन्छ तर बिभिन्न समस्याहरुको कारण थाहा नगरमा भित्रीने पर्यटकहरुको संख्यामा ह्वात्तै कमी आएपछि नगरका सरोकारवालाहरुले यो बिषयलाई चिन्ता र चासोको बिषयका रुपमा लिएका छन ।

पर्यटन सम्बन्धि चिन्ता र चासो सहित प्रभावकारी योजना निर्माणको लागि शनिबार थाहा नगरको पर्यटन गुरुयोजना सम्बन्धि छलफल कार्यक्रम तथा नगरको आर्थिक बर्ष ०७४÷०७५को कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न भएको छ । थाहा नगरपालिकामा धार्मिक, सास्ँकृतिक, प्राकृतिक, जैबिक तथा मानबनिर्मित र ऐतिहाँसिक सम्पदाहरु अनगिन्ती मात्रामा रहेको अवगत गराउँदै कार्यक्रममा नगरका जनप्रतिनिधि, बुद्धिजिवी, समाजसेवी, राजनितिक पार्टीका ब्यक्तिहरु, अन्तराष्ट्रिय पर्यटन बिज्ञ तथा सरोकारवालाहरुको सहभागितामा नगरको पर्यटन सम्भाब्यता निर्धारण गर्दै बृहत छलफल गरेको थियो ।

३ नं प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख लबशेर बिष्टको सभाध्यक्षता रहेको थियो ।  पर्यटन बिकास रणनीति गुरुयोजनाको बिषयमा प्रस्तुति गर्दै डा. तारालाल श्रेष्ठले थाहा नगरपालिकाको चित्लाङमा होमस्टेको बिकास, समस्या र सम्भावना, थाहा नगरको प्राकृतिक गुफाहरु, ऐतिहाँसिक मन्दिरहरु, र अनगिन्ती पर्यटकिय आकर्षणको क्षेत्रहरु रहेपनि थाहामा किन पर्यटक आउन सकेन भन्ने प्रश्नमा चिन्तन गर्न अनुरोध गरेका थिए ।
पर्यटन पार्कको खाका
थाहा नगरपालिकालाई पर्यटकिय रुपमा बिकास गर्नु भन्दा महत्वपुर्ण कुरा पर्यटन टिकाउनु भएको भन्दै पर्यटन पार्क बनाउने योजनाको बिषयमा खाका तयार गर्दै योजनाकार दिपक बिष्टले उक्त योजनालाई प्रभावकारी बनाउन अझै जनप्रतिनिधिहरुसंग बसेर छलफल गर्ने बताए । थाहा नगरपालिका वडा नं ४ को पालेको बनमा करिब ४० रोपनी जमिनमा पर्यटन पार्क बनाउने योजनाको खाका बनाइरहेकोे बिष्टले बताए ।

कार्यक्रममा बोल्दै प्रदेश नं ३ ंका मुख्य मन्त्री डोरमणी पौडेलले थाहा नगरपालिकाको पर्यटन बिकासको लागि थाहा नगरपालिका र ईन्द्रसरोवर गाउँपालिका दुबै बसेर गुरु योजना बनाउनु पर्ने बताए । थाहा नगरपालिकामा आएको पर्यटकलाई थाहा नगरपालिका चित्लाङ, ईन्द्रसरोवर सहितका स्थानमा डुलाउन र भुलाउन सकिने बताउदै पर्यटकिय सम्भावनाले भरिपुर्ण थाहा नगर र ईन्द्रसरोवरले एकसाथ मिलेर पर्यटन गुरु योजना बनाउन आवश्यक रहेको बताएका हुन ।

थाहा नगरपालिकाका कार्यकारी हिरालाल पुरीलले प्रदेश नं ३ का मुख्य मन्त्री पौडेल समक्ष पर्यटन बिकासका लागि चित्लाङ चन्द्रागिरि सडक निर्माणका लागि पहल, कुन्छाल कुलेखानी सडक स्तरोन्नती, दामन–डाँडाबास–महादेबेशी सडक स्तरोन्नती, कुलेखानी जलबिद्युत, मालपोत रजिस्ट्रेशन र जिल्ला समन्वय समितिबाट प्राप्त हुने राजश्व बाँडफाँडमा आवश्यक पहल, ईन्द्रायणी चौरमा थाहा क्षेत्रिय खेल मैदान निर्माण, चित्लाङ–थानकोट सुरुङमार्गको अध्ययन र नेपालको सबैभन्दा पुरानो त्रिभुवन राजमार्गके स्तरोन्नती र २५ मिटर बिषयमा तत्काल टुङ्गो लगाउन अनुरोध गरे ।
सम्मान कार्यक्रम
थाहा नगरपालिकामा शनिबार भएको सम्मान तथा थाहा नगरपालिकाको पर्यटन गुरुयोजना सम्बन्धि छलफल कार्यक्रममा मुख्य मन्त्री हुनु भएका मन्त्री पौडेललाई थाहा नगरपालिकाले मायाको चिनो सहित स्थानिय प्रमोद गोपालीद्धारा चित्रण गरिएको कुन्छाल गाउँको तस्बिर प्रदान गरिएको थियो भने मन्त्री पौडेललाई थाहा नगर शिक्षक संगठनले मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो । साथै थाहा नगरपालिकाले नगरमा जन्म भै निरन्तर नगरको समाचार लेख्दै हेटौडामा बस्दै आएका कान्तिपुर राष्ट्रिय दैनिकका पत्रकार प्रताप बिष्टलाई मायाको चिनो सहित हाल थाहा नगरमा बन्न लागेको पर्यटन पार्कको प्रताबित नमुनाको तस्बिर सहित सम्मान गरेको थियो ।
मुख्य मन्त्रीबाट शिलान्यास
मुख्य मन्त्री पौडेलले थाहा नगरकालिकामा रहेको बिश्वका ३ शखंमुल मध्येको एक शखंमुल त्रिबेणी धाम शखंमुलको शनिबार नै शिलान्यास गरको छ । त्रिबेणी शखंमुलमा बन्न लागेको १ सय ८ धारा र ६६ शिवलिङ्ग निर्माण सहित पबित्र धार्मिक स्थल निर्माणको लागि शिलान्यास गरिएको हो ।

उत्तरी मकवानपुरको पर्यटन बिकासको लागि  गुरु योजना बनाउन जरुरी : मुख्यमन्त्री पौडेल 

0 comments

Write Down Your Responses