Powered by Blogger.
आयोगका सहसचिव सेडाईको बिदाईमा कर्मचारीहरु बने भावुक


काठमाडौं । महिला अधिकारको क्षेत्रमा कार्यरत संवैधानिक निकायको रुपमा रहेको राष्ट्रिय महिला आयोगमा प्रमुखका रुपमा कार्यरत सहसचिव तुलसी सेढाइ सरुवा भएका छन् । आयोगमा उनी भन्दा माथी सचिव अनिल ठाकुर आएसंगै सेढाइको भने रक्षा मन्त्रालयमा सरुवा भएको छ ।

सोही क्रममा सरुवा भएका सहसचिव सेडाईको आयोगबाट विदाई गरिएको छ । बुधवार आयोगमै आयोजित एक कार्यक्रमका बीच सचिव अनिल ठाकुरले मायाको चिनो दिएर सहसचिव सेढाँइको विदाई गरेका छन् । उनको विलाईमा विगतका तिता मिठा क्षणहरु सम्झीएर कर्मचारीहरु भावुक बनेका थिए । 

आयोगमा सचिवको रुपमा २०७३ चैत्र महिनादेखि कार्यरत रहेका सेडाईको कार्यकालमा थुप्रै राम्रा र प्रशंसनीय कामहरु भएको बताइन्छ । जसले आयोगप्रति सर्वसाधारणहरुको समेत आशा र विश्वास बढदै गएको र पछिल्लो एक वर्षको अवधिमा नमुनायोग्य कामहरु धेरै सम्पन्न भएको आयोगकै कर्मचारीहरु बताउँछन् ।

सेडाइको कार्यकालमा भएका महत्वपुर्ण कार्यहरुबाट आयोग अहिलेको अवस्थामा आउन सफल रहेकोले उहाँको कार्यको सराहना गर्नुपर्ने आगोगका सचिव ठाकुरले बताए ।  साथै आगामी दिनमा समेत सहयोगको अपेक्षा  आफुले गरेको सचिव ठाकुरले बताए ।

राष्ट्रिय महिला आयोग २०५८ सालमा स्थापना भई राष्ट्रिय  समाचार समितिको भवनमा भाडामा बस्दै आएको थियो । सेडाई हाजिर हँुदां कर्मचारी बस्नयोग्य अवस्थामा नभएको आयोग कार्यालयलाई तत्काल भवनको मर्मत तथा रंगरोगन गरी बस्नयोग्य बनाउने काम गरेका थिए ।  

आयोग अन्तर्गत विश्व बैंकको सहयोगमा संचालित परियोजना अस्तित्वविहिन अवस्थामा थियो । सेडाइकै पहलमा प्रोजेक्टमा कर्मचारीहरुको व्यवस्थापन गर्ने काम भयो । 

१० डिसेम्बर २०१७ का दिन तत्कालीन महिला तथा बालबालिका मन्त्री विक्रमबहादुर थापाबाट हेल्पलाईन सेवा  “निःशुल्क खबर गरौं ११४५” को विधिवत उदघाटन गरी २४ सै घण्टा महिला हिसां सम्बन्धि घटनाहरुको उजुरी लिने कामको थालनी भयो ।

निःशुल्क हेल्पलाईन सेवा ११४५ मा महिला हिसां सम्बन्धी जुनसुकै प्रकारका घटनाहरुको उजुरी देशभरीका जुनसुकै ठाँउबाट जोसुकै व्यक्तिले पनि फोनबाट टिपाउन सक्ने भएबाट आयोगमा उजुरीहरुको चाप दिन प्रतिदिन बढ्दै गएको छ । 

हिसांबाट पिडित महिलाहरुको लागि विश्वबैंकको सहायतामा संचालित प्रोजेक्टले निःशुल्क रुपमा कानूनी सेवा उपलब्ध गराउने, निःशुल्क रुपमा आवासको व्यवस्था र पिडितको स्वास्थ्य उपचार जस्ता सेवा  समेत उपलब्ध गराउदै आएको छ । 

यो प्रोजेक्ट हाल ३ वर्षको लागि नमुनाको रुपमा काठमाडौं,भक्तपुर, ललितपुर र नुवाकोट गरी ४  जिल्लामा लागु भएको छ । विगतमा पिडित महिलाहरुले महिनौ दिनसम्म धाँउदा पनि सेवा नपाउने गरेको अवस्थामा निःशुल्क हेल्पलाईन सेवा ११४५ को शुरु र प्रोजेक्टमा कर्मचारीको व्यवस्थापन भएपश्चात हिँसांबाट पिडित महिलाले तत्कालै सेवा पाउने अवस्थाको सिर्जना भएको छ ।

यस्तो महत्वपुर्ण र नमुनायोग्य काम तत्कालीन सचिव तुलसीराम सेडाईको महत्वपुर्ण प्रयास पश्चात सम्भव भएको थियो  ।

बिदाई कार्यक्रममा महिला आयोगले उहाँलाई सम्मान तथा मायाको चिनो उपहार प्रदान गरिएको थियो ।  

कार्यक्रममा आयोगका सम्पुर्ण कर्मचारीहरु, विश्व बैंङ्कका प्रतिनिधीहरु तथा राससका अध्यक्ष समेतको उपस्थिती रहनुका साथै मा बिदाई कार्यक्रम  अत्यन्त भावुक बनेको आयोगमा कार्यरत लेखापाल अमर गिरीले  बताए ।




0 comments

Write Down Your Responses