Powered by Blogger.
नेपालका संवतहरुः एक चर्चा


निनाम कुलुङ ‘मंगले’
मान्छेको समय, काल, वर्ष आदि जनाउनलाई संवत्को आवश्यक्ता पर्ने गर्छ । तर, नेपालमा हालसम्म राष्ट्रले मान्ने गरेको नयाँ वर्ष  विक्रम संवत्लाई भन्दा पनि ह्याप्पी न्यु इयर अर्थात् ईस्वी संवत्लाई धुमधामका साथ मनाउने प्रचलन बढ्दै गएको छ, नेपालका नयां पुस्ताहरुमा । 

यसरी अहिलेका पुस्ताका युवाहरुलाई वैशाखमा सुरु हुने नेपाली विक्रम संवत्लाई भन्दा अंगे्रजी नयांँ संवत्लाई बढी प्राथमिकता दिने प्रच्लन बढ्दो छ । यसले राष्ट्रियता प्रतिको भावनामा कमी आएको त होइन ? भन्ने प्रश्न उठ्न सक्ने देखिन्छ । जे होस् हाम्रो देश नेपाल भूगोलको आधारमा सानो भए तापिन यहाँ विभिन्न जात जाति र ती जात जातिहरुको विभिन्न संवत्हरु प्रचलनमा रहेका छन् । 

भलै ती संवत्हरुलाई राज्यले मान्यता दिएको छैन, नेपाल संवत्बाहेक । जे भए तापनि अब लागौं नेपालका यिनै विभिन्न संवत्हरुको चर्चा तर्फ । 

 यले दोङः  माथि उल्लेख गरे झैं नेपालका विभिन्न संंंवत्हरुमध्ये हालसम्मको पुरानो संवत् हो, (प्रचलनमा रहेको आधारमा) यले दोङ कुलुङ जातिको भाषामा (किरात संवत्) हो । यो संवत गएको पुस १५ गतेदेखि ५०७८ सुरु भएको छ, कुलुङ जातिको जीवनचक्र अनुसार । स्मरणी छ, कुलुङ समुदायको जीवनचक्र अनुसार थले दोङको पहिलो महिनालाई ‘चाक्चाकूर’ भन्छन् । 

यो संवत् सबै किराती जातिहरु जस्तै कुलुङ, लिम्बु, सुनुवार (कोइँच), याक्खा, बाहिङ, मेवाहाङ, हायु, थामी, सुरेल लगायत जातिहरुले पनि मान्छन् । तर, यो संवत्लाई कसैले पनि प्रचारप्रसार नगरी दिनाले नेपालको मात्रै नभएर संभवतः विश्वकै सबैभन्दा पूरानो संवत् भएर पनि ओझेलमा परेको छ । 

हाल नेपालमा कुन संवत् चलाउने ? भनी घरिघरि विवाद चलिरहेकोले नेपालकै प्राचीन संवत् ‘यले दोङ’ अर्थात् किरात संवतलाई नै किन राष्ट्रिय संवत् नमान्ने ? तयसो हुन नसके बुध्द संवत् वा नेपाल संवत्लाई नै पनि आधिकारिक रुपमा नेपालको राष्ट्रिय संवत् मान्न सकिदैन ? भनी प्रश्न उठ्न  थालेको छ । 

त्यसैले जे कुरोमा पनि अति राष्ट्रवादको कुरो गर्ने कथित् राष्ट्रवादी कमरेडहरु देशले मान्ने÷मान्यता दिने पात्रो, सामाजिक चालचलन, रीतिथिति समाज तथा व्यक्तिको दैनिक जीवन व्यवहारमा प्रयोग हुने संवत् जस्तो कुरोमाचाहिँ किन विदेशी (भारतीय) ! नै भए तापनि ‘तैं चुप मै चुप’ छन् ? बुझी नसक्नु

हुन पनि राणा शासनकालमा श्री महाराज भएका चन्द्र शमशेरले विक्रम संवतलाई नेपालको राष्ट्रिय संवत् बनाएका थिए त्यसअघि ‘नेपाल संवत्’ नै नेपालको राष्ट्रिय संवत्को रुपमा रहेको थियो

   विक्रम संवत्ः हाल नेपाल र भारतको राष्ट्रिय संवतको  रुपमा रहेको यो संवत् उज्जैनका राजा विक्रमादित्यले चलाएको मानिन्छ । यो संवत् वैशाख महिनाबाट सुरु भई चैत्रमा अन्त्य हुन्छ । तर, हाल यो संवत्को राष्ट्रियता र वैज्ञानिकतामा प्रश्न उठ्न थालेको छ । यो संवत् गएको वैशाखदेखि २०७५ सुरु भयो ।

 बुध्द संवत्ः तत्कालिन कपिलवस्तुका राजा शुध्दोदनका छोरा अर्थात् युवराज सिध्दर्थ गौतम नै पछि गएर बुध्द भएर निस्किए । हुन पनि उनले त्यो बेलाको मान्छेको दुःख, कष्ट, बुढ्यौली, मृत्यू आदि देखेर गृह त्यागेर ध्यानमा लीन भई बुध्दत्व प्राप्त गरेकाले  नै पछि गएर उनका चेलाहरुले बुध्दको नाममा बुध्द संवत् चलाए । यो संवत् गएको बुध्द पूर्णीमा देखि २५६२ सुरु भयो ।

नेपाल संवत्ः यो संवत् भक्रतपुरका महाजन शङ्खधर शाख्वालेचलाएका हुन् । कथनअनुसार, उनले लिछवीकालमा ज्योतीषीले सुन हुन्छ भनेको वालुवा उठाएर लगी सबै गरिबहरुलाई रिनमुक्त  गराएकाले उनको नाममा राजा राघवदेवले चलाएका हुन् ।  यो संवत् गत कात्तिकको म्हपूजादेखि ११३८ सुरु भयो ।

 ईस्वी संवत्ः यो संवत् जिसस क्राईष्टका प्रर्वतकहरुले सुरु गरेको मानिन्छ । हाल संसारका अधिकांश देशले यो संवतलाई आत्मसाथ गरेको छ भने स्वर्गीय डाक्टर हर्क गुरुङले पनि गुरुङ जातिलाई यही ईस्वीलाई नै मान्दा हुने सुझाव दिएका छन्, जनजाति सेरोफेरो नामक किताबमा । यो संवत् गत   जनवरीदेखि २०१८ सुरु भएको छ ।
  
बिसीः यो संवत् क्राईष्ट जन्न्मिनु भन्दा अगाडि प्रचलनमा थियो ।

 अंशुबर्मा संवत्ः यो  संवत अंशु बर्माले आफू महासामन्त भएपछि राजा  शिवदेवको पालामा चलाएका हुन् । केही इतिहासकारहरुका अनुसार, ललितपुरको बुङमती नजिकको शिलालेखमा अंशुबर्मा संवत् २९ लेखिएको छ ।  
माथि उल्लखित बाहेक नेपालमा मिथिला संवत्, तामाङ, शेर्पा, गुरुङ आदि जातिको पनि आआफ्नै संवतहरु रहेको छ । 

उता नेपालका केही अति राष्ट्रवादीहरुले नेपालको भगौलिक एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहलाई आधार मानेर ‘पृथ्वी संवत्’ पनि प्रचारप्रसारमा ल्याउने गरेका छन्

त्यसैले हामीले अब हाम्रै  संवत्, हाम्रै नयाँ वर्ष किन नमनाउने ? किन अर्काको संवत् संस्कार, संस्कृति आदि जबरजस्ती अपनाउने ? नक्कल गर्ने । कि कसो हौ राष्ट्रवादी कमरेडहरु

kehinajannekulung@gmail.com


0 comments

Write Down Your Responses