Powered by Blogger.
३ लाख ५१ रुपैयाँ मकवानपुरे पत्रकार उपचार कोषलाई सहयोग प्राप्त

Capture-1526999192.JPGमकवानपुर /  नेपाल पत्रकार महासंघ मकवानपुरले सुरु गरेको पत्रकार उपचार कोषमा सहयोग रकम जुट्ने क्रम जारी रहेको छ । हाल सम्म पत्रकार महासंघको उपचार कोषमा पाँच लाख रुपैयाँ सहयोग जटेको हो । आज मात्र हेटौंडाको हटियामा संचालनमा रहेको शिबम सिमेन्ट उद्योगले पत्रकार महासंघ मकवानपुरको उपचार कोषमा तीन लाख ५१ रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । शिबम शिमेन्ट उद्योगका कार्यकारी निर्देशक रघुनन्दन मारु र हेटौंडा उपमहानगरपाकिलाका मेयर हरि बहादुर महतले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईलाई तीन लाख ५१ रुपैयाँको चेक हस्तान्तरण गर्नु भएकोहो ।

यसअघि उद्योग संघ मकवानपुरका अध्यक्ष नबराज अर्यालले पत्रकार उपचार कोषमा दुईलाख रुपैयाँ सहयोग गर्नुभएको छ । यसैगरी शिबम सिमेन्ट उद्योगले हेटौंडा उपमहानगरपालिका मार्फत हेटौंडा अस्पताललाई मृगौलाका रोगीहरुका लागि डाईलासिस गर्नका लागि सजिलो होस भन्ने उदेस्यले डाईलासिस मेसिन दिने संझौता पत्रमा पनि आजै हस्ताक्षेर भएको छ । संझौतापत्रमा उपमहानगरपालिकाका मेयर महत र शिबमका मारुका बिचमा हस्ताक्षर भएको हो । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हुमागाईको रोहबरमा संझौतापत्रमा हस्ताक्षर गरिएको हो ।

पत्रकार महासंघ मकवानपुर साखाले गम्भिर बिरामी परेका पत्रकारहरुका लागि कोषमा जम्मा भएको रकमको ब्याजबाट सहयोग गर्नेगरी उपचार कोषको सुरुवात गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी उपमहानगरपालिकाका मेयर महतले पत्रकार उपचार कोषमा उपमहानगरपालिकाले पनि उक लाख रुपैयाँ दिने घोषणा गर्नुभयो । उद्योगहरुले सामाजिक क्षेत्रमा पनि आफ्नो लगानी बढाउँदे लैजानुपर्ने उहाँले बताउनुभयो । मिडीका कारणले धेरै महत्वपुर्ण कामहरु भईरहेको बताउँदे उहाँले राम्रो कामका निम्ती मियाले महत्वपुर्ण सहयोग गरेको बताउनुभयो । कार्यक्रममा शिबमका प्रमुख मारुले आफुहरुले सामाजिक क्षेत्रमा गर्ने सहयोग अनुसार पत्रकार उपचार कोषमा रकम हस्तान्तरण गरिएको बताउनुभयो ।

त्यसैगरी हेटौंडा अस्पतालमा उपचार गर्न आउने बिरामीहरु अन्यत्र उपचारका निम्ती जानु नपरोश भनेर पनि डाईलासिस दिने संझौता गरिएको बताउनुभयो । अबका दिनहरुमा पनि समाजिक क्षेत्रमा सहयोग बढाईने उहाँको भनाई छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ तीन नंम्बर प्रदेशका अध्यक्ष प्रताप बिष्टले सामाजिक क्षेत्रमा लगानी बढाउनका लागि आग्रह गर्नुभयो । शिबमले सामाजिक क्षेत्रमा लगानी गर्ने काम अनुसार पत्रकार महासंघलाई सहयोग गरिएको र डाईलासिस मेसिन पनि सहयोग गर्ने घोषणा गरिएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले पत्रकार उपचार कोषलाई अझै प्रभाबकार िरुपमा अगाढी बढाईने बताउनुभयो ।

यो कोषमा सबै क्षेत्रको लगानी बृद्धी गरेर पिडामा परेका पत्रकारका निम्ती सहयोग गरिने बताउनुभयो । कार्यक्रममा हेटौंडा अस्पतालका प्रमुख डाक्टर कमल दवाडी, पत्रकार महासंघ मकवानपुरका पुर्ब अध्यक्ष राममणी दाहाल, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष सरिता दाहाल लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । 

0 comments

Write Down Your Responses