Powered by Blogger.
कुकिङ कोर्षको परिक्षाफल तथा सर्टि्फिकेट वितरण

हेटौंडा / हेटौंडामा कुकिङ कोर्ष संचालन गर्ने एक मात्र इन्स्टिच्युट मेगा इन्स्टिच्युट अफ हस्पिटालिटि म्यानेजमेन्टले बिद्यार्थीहरुको पहिलो ब्याचको बार्षिक परिक्षाफल तथा  सर्टि्फिकेट वितरण गरेको छ ।

बुधबार हेटौडामा एक कार्यक्रमको आयोजना गरि पहिलो ब्याचका १७ जना बिध्यार्थिलाई इन्टरनापा कलेज साइप्रसको सहकार्यमा सर्टि्फिकेट वितरण गरिएको हो । कार्यक्रममा ४ जना उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार समेत दिइएको थियो कार्यक्रममा बोल्दै हेटौडा स्कुल अफ म्यानेजमेन्टका संचालक पुरन बहादुर जोशीले हेटौडामा कुकिङ कोर्षको कक्षाहरु संचालनमा आउनु निकै खुसीको कुरो भएको बताउनुभयो । १ बर्ष अघि सम्म पनि खाना पकाउन पनि पढ्नु पर्छ ? भन्ने अभिभावक अहिले भने आफैले प्राविधिक शिक्षा  तर्फ लाग्न सल्लाह दिनेगरेको उहाले बताउनुभयो ।

कार्यक्रममा एम.आई.एच.एमका निर्देशक छविलाल पाण्डेले अब आफुहरुले विद्यार्थीलाई मात्र नभई घर बस्ने गृहिणीमहिलाका लागिपनि विभिन्न कोर्षहरुको व्यवस्था गरिने बताउनुभयो । पुरन बहादुर जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एम.आई.एच.एम हेटौडाका संचालक शिशिर सुवेदी, सत्कार लुइँटेल, विवेक दाहाल, सीइओ सागर पौड्याल लगाएतले मन्तब्य व्यक्त गरेका थिए ।

एम.आई.एच.एम हेटौडाले इन्टरनापा कलेज साइप्रसको सहकार्यमा त्यहाको सिलेवसमा यहाका बिध्यार्थिहरु अध्यापन गराईरहेको छ । एम.आई.एच.एमले विद्यार्थीकालागि जागिरको ग्यारेन्टीसाथ कक्षा संचालन गर्दै आइरहेका छन् । आज पास आउट भएका बिद्यार्थीको विभिन्न तारे होटलमा जागिर पक्का भैसकेको पनि एम.आई.एच.एमका संचालक शिशिर सुवेदीले जानकारी दिए ।

0 comments

Write Down Your Responses