Powered by Blogger.
कैलाश गाउँपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर १० लाई

मकवानपुर / कैलाश गाउँपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर १० ले जितेको छ । कैशाल गाउँपालिकाको सहयोगमा कैलाश गाउँपालिका वडा नम्बर २ मा भएको भलिवल प्रतियोगितामा वडा नम्बर ९ लाई पराजित गर्दै वडा नम्बर १० ले उपाधि हात पारेको हो ।

उपाधि सँगै नगद ३० हजार, मेडल,प्रमाणपत्र प्राप्त गरेका छन । ८ टिमको सहभागिता रहेको प्रतियोगितामा वडा नम्बर २ तेस्रो  वडा नम्बर ५ सान्त्वना भएको छ । दोस्रो हुने टिमले नगद २०, तेस्रो हुनेले नगद १० हजार  र सान्त्वन्न हुने टिमले नगद ५ हजार सहित मेडल,प्रमाणपत्र प्राप्त गरेका छन ।

प्रतियोगितामा वडा नम्बर १० का आमेबहादुर मुक्तान उत्कृष्ट खेलाडि घोषित भएसंगै नगद२ हजार प्राप्त गरे ।त्यस्तै उत्उकष्ट ब्लकर वडा नम्बर ९ का राजेन्द्र थिङ, उत्कृष्ट स्पाइकर वडा नम्बर ९ कै निमेष बर्तौला,उत्कृष्ट लिफ्टर वडा नम्बर १० का कमल अर्याल र उत्कृष्ट डिफेन्स अंगद सिन्तान घोषित भएका छन् । विजेताहरुलाई गाउँपालिका प्रमुख टंक बहादुर मुक्तान,उपाध्यक्ष सुकुमाया थिङ लगायतले पुरस्कार वितरण गरेका थिए ।


0 comments

Write Down Your Responses