Powered by Blogger.
परिवर्तित मनको सम्बाहक नेपाली कथानक चलचित्र ....कल्चर’ शुभ मुहर्त २६ बैशाखमा

थाहा / उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेर कला र संस्कृति संरक्षणमा जुटिरहेको थाहा कला केन्द्रले चलचित्र निर्माण गर्ने भएको छ । मानिस कसरी आत्मा हत्या गर्न सम्म पुग्छन् र यसको न्यूनिरकण गर्नको लागि चालेका प्रयासमा आधारहरुलाई विषय बनाई त्यसलाई पर्दामा उतारी समाजमा सकारात्मक विकास, सामाजिक सचेतना अभिबृद्धि गर्नेे खालको चलचित्र निर्माण गर्न लागेको थाहा कला केन्द्रका अध्यक्ष तथा फिल्मका निर्देशक सानोबाबु मोक्तानले बताए । 
र्दशकलाई मनोरंजनको साथसाथै प्रेरणा, आशा र उर्जा दिन फिल्म सफल हुने आशा समेत लिएको मोक्तानको भनाई छ । 

परिवर्तित मनको सम्बाहक नेपाली कथानक चलचित्र ‘कल्चर’ नाम गरिएको चललिचत्रको छायांकन थाहा नगरपालिकाको रमणीय ठाउँ भाङखोरिया (कोटथुम्की) बाट सुरु गर्ने निर्देशक मोक्तानले बताए । उनले भने,‘समग्र मकवानपुरको ऐतिहाँसिक तथा पर्यटिकय क्षेत्रहरुलाई केन्द्र विन्दुमा राखेर ...कल्चरको छायाँकन हुनेछ ।’ यो फिल्म समाजको कुना–कुनामा सबैको पहुँच पुग्ने गरि चलचित्रलाई प्रदर्शन गरिने जनाएको छ ।

चलचित्रमा रिता मगरले कार्यकारी निर्देशकको भूमिका निर्वाह गर्र्दैछिन् । यसैगरि साँगीतिक तर्फ मुक्तिनाथ उप्रेती र बिवेक पाख्रिनले भुमिका निवार्ह गर्नेछन् । करिब १ महिनामा सक्ने गरि छायाँकन सुरु गर्ने जनाएको छ । 
सो फिल्ममा कलाकारहरु विना मुक्तान, विनित रायमाझी, मुना लामा, शान्ति घले, शान्ति सिन्तान, मनोज तितुङ, शार्मिला स्याङ्तान, उर्मिला स्याङ्तान लगायत अभिनय गर्नेछन् । 



चलचित्रको छायाँकन भने श्याम गौतम गर्नेछन् । चलचित्रलाइ सुनौलो बिहानी युवाक्लब र सर्वनाम थिएटरका सगुन तामाङको विशेष सहयोग रहनेछ । लाभा मिडिया प्रा.लि.द्धारा थाहा कला केन्द्रको प्रस्तुतीको रुपमा रहेको चलचित्र ...कल्चरको सम्पूर्ण तयारी पुरा भएको बताउदै आगामी बैशाख २६ गतेबाट शुभ मुहर्त हुदैँछ । 

0 comments

Write Down Your Responses