Powered by Blogger.
स्थापना दिवसमा भान्जालाई खाद्यन्न सहयोग

हेटौडा / हेटौडालाई सडक बालबालिकाको मुक्त क्षेत्र बनाउने महाअभियानमा सकृय मामाघर नेपाल मकवानपुरलाई नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन नारायणी क्षेत्रिय समितीले सहयोग गरेको छ । 

समितिको २८ औँ स्थापना दिवसको अवसरमा चामल २ बोरा,दाल १० केजी,चिउरा १ बोरा,आलु १० केजी,तेल १ काटुन,प्याज ५ केजी,स्याउ ४ केजी,सावुन २ दर्जन,जुस २ काटुन सहयोग स्वरुप उपलव्ध गराएको हो । 

युनियनका अधक्ष्य देवेन्द्र क्षेत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा रविन घिमिरे,वलराम अधिकारी,श्याम राना,प्रकाश श्रेष्ठ,गीता श्रेष्ठ ज्यु लगायत युनियनका सम्पूर्ण पदाधिकारीहरु उपस्थिती रहेको थियो ।

 कार्यक्रममा युनियनका अधक्ष्य देवेन्द्र क्षेत्रीकले मामाघर नेपालले गरेको कार्यको प्रशंसा व्यक्त गर्दै मामाघर नेपाललाई निरन्तर सहयोग गरिरहने सम्पूर्णको प्रतिवद्दता रहेको थियो । 

0 comments

Write Down Your Responses