Powered by Blogger.
नियममा म एक कदम पनि पछाडी हट्दिन : एसपी लोकेन्द्र श्रेष्ठ

Image may contain: 1 personमकवानपुर / जिल्ला प्रहरी कार्यालय मकवानपुरका तत्कालिन प्रहरी प्रमुख विकासराज खनाल ३३ किलो सुन काण्डमा मुछिए पछि रिक्त रहेको पदमा प्रहरी प्रमुखमा एसपी लोकेन्द्र श्रेष्ठले कार्याभार समालेका छन । प्रमुखको पदभार सम्मालेका क्षेष्ठले आज प्रहरी कार्यालयमा पत्रकार भेटघाट तथा परियाचात्मक कार्यक्रम गर्दै संचारकर्मीहरुसंग मकवानपुरको समग्र अवस्थाबारे बुझेका छन् । 

क्षेष्ठले जिल्ला प्रहरी कार्यालय मकवानपुरको अठोट, शान्ति सुरक्षा कायम तथा अपराध रहित मकवानपुर जिल्लाको बनोट भन्ने नारा लिएर अगाडि बढ्न लागिरहेको बताएका छन् । प्रहरी प्रमुख क्षेष्ठले ठुलो सपना देखाउनु भन्दा पनि काम गरेर देखाउने बताउदै पत्रकारको सक्दो सहयोग आवश्यक भएको बताए । 
उनले भने,‘आजको दिन देखि जिल्ला प्रहरी कार्यालय परिसर धुम्रपान ,मध्यापान र सुर्तीपान निशेधित क्षेत्र लागु हुनेछ ।’  प्रहरी कार्यालय भित्र प्रवेश गर्दा कुनै पनि पदार्थ खाएर आएको खण्डमा प्रवेशमा रोक लगाइने बताएका छन् । पहिलो चरणमा आम सर्वसाधारणलाई यस विषयमा जानकारी दिने र गेटमा पोस्टर टाँसिदिने र ढस्बिनको समेत व्यवस्था गर्ने बताए ।

 ‘प्रहरीको ड्रेसमा खटिएका प्रहरी जवानहरुले पान तथा धुम्रपान खाएर सडकमा देखिएको खण्डमा तत्काल खबर गर्नको लागि समेत आग्रह गर्दै कडा भन्दा कडा कार्वाहि गन चेतावनी समेत दिएका छन् ।
 उनले थपे, “कुनै पनि व्यक्ति सानैमै अपराधि भएर जम्मेको नभई पछि विविध कारण त्यस अपराधिक कार्यमा संलग्न भएका कारण पहिलो चरणमा काउशिलिङ तर्फ लाग्नेछुु ।” 
कुनै पनि व्यक्तिलाई कावार्हि भन्दा पनि भेटिभेट जस्ता कार्यक्रमहरु संचालन आवश्यक रहेको बताए । आफु काउशिलर समेत भएका भन्दै हरेक वडा वडामा प्रोजेक्टरको माध्यमबाट जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने बताए ।
मकवानपुरलाई तत्कालै चेन्ज गर्नु भनेर भन्न नसक्ने बताउदै विस्तारै सबैको सहयोगमा फरक बनाउन तत्लिन रहेको जिकिर गरे । मकवानपुर जिल्ला लागुऔँषध ओसार पोसारको केन्द्र भनिएको छ यसलाई कसरी नियन्त्रण तर्फ लाग्नु हुन्छ भन्ने संचारकर्मीको प्रश्नमा क्षेष्ठले भन्छन् , म यस विषयमा गम्भिर छु, र २ वटा गाँजा काट्ने मेसिन तत्काल मगाई सकेको र एक हप्ता भित्र मेसिन जिल्ला प्रहरी कार्यालय भित्र्ने बताए ।  लागुऔँषध उत्पादन हुने क्षेत्रमा गई व्याड देखि नै यसको नास गर्ने बताएका छन् । 

मकवानपुरका होटेलहरु यौनजन्य कृयाकलाप संचालन रहेको कुरा संचारकर्मीले गराए पश्चात क्षेष्ठले भने, ‘मकवानपुर यस्ता कार्य गर्ने होटेलहरुलाई तत्काल सर्च गरेर पत्ता लगाउने र यस्ता कार्य हुन नदिनको लागि सक्दो पहल गर्ने बताए ।’ यौन धन्दामा प्रहरी कै मिलोमतो हुने संचारकर्मीको प्रश्नमा क्षेष्ठ भन्छन्... यस्ता कार्य गरेको खण्डमा प्रहरी साथीलाई कार्वाहि सहित म आफु नै यस प्रहरी प्रमुखमा नरहने जानकारी गराए । नदि जन्य उत्खनन्मा भइरहेको कुरालाई प्रहरी प्रमुख क्षेष्ठले पहिला जानकारी लिने र त्यस्ता कार्य गर्ने कार्यमा नियन्त्रण गर्न तर्फ कुनै कसुर वाँकी नराख्ने बताए ।
अपराध गर्नेहरुलाई कुनै सोर्सफोर्समा नछोडने भन्दै उनले भने,“चाहे जस्तोसुकै ठाउँबाट पनि फोन किन नआओस, अपराध गर्नेलाई नछोडर्ने, नियममा म एक कदम पनि पछाडी हट्दिन्न् ।”
Image may contain: 1 person, standing and indoor

0 comments

Write Down Your Responses