मन्त्रीहरु देशका हुन् कि निर्वाचन क्षेत्रका ?
विरोध खतिवडा, सदस्य , प्रतिनीधी सभा एवं केन्द्रीय सदस्य नेकपा
|
एक दशक पछि फेरी संसदीय राजनीतको मोर्चामा आउनुभएको छ, कस्तो अनुभुती भइरहेको छ ?
ठिकै छ । लगभग पहिलाकै जस्तो छ संसदका सबै गतिविधीहरु त । तर २०४८ सालको बेलाको संसदमा जुन उर्जा, वहश, विवाद र चलायमानपना थियो । यो पल्ट मैले यि कुराहरु देखिरहेको छैन ।
अन्य गतिवीधी त उही नै हो । संसदका आफ्ना प्रक्रिया, नीति, नियम, सञ्चालनका तौर तरिकाहरु, विषयवस्तु उठाउने शैलिहरु सबै उस्तै नै छ । तर त्यो बेलामा चाँही वहशहरु अलि बढी हुन्थे ।
राष्ट्रिय मुद्दाहरुमा, राजनीतिक इस्युहरुमा, सरकारकै विषयमा सदनमा चर्को वहशहरु हुने गथ्र्यो त्यो यो पल्ट मैले कम्ति देखिरहेको छु ।
त्यसको कारण के हुनसक्छ ?
त्यसको पछाडिको कारण चाँही नेपाली काँग्रेस औपचारिक रुपले नै पाँच वर्षका लागि प्रतिपक्षमा पुगेकोले पनि हुनसक्छ ।
पहिले पहिले प्रतिपक्षमा जुनसुकै पार्टी पुग्दा पनि कुनै पनि बेला पार्टी हरुको समिकरण बदलीएर सरकारमा जान सक्ने खालको संभावनाका ढोकाहरु खुल्ला हुन्थे ।
तर यो पल्ट वामगठवन्धन र अन्य पार्टीहरुको पनि सहकार्यपछि नेपाली काँग्रेस पाँच वर्षका लागि प्रतिपक्षमै बस्ने लगभग शतप्रतिशत देखिएपछि काँग्रेसपछि मुर्झाएको स्थितिमा छ ।
गएको चुनावको धङ्धङी नटुङ्गीएको पनि हुनसक्छ । अहिले पनि मानशिकता सत्तापक्षिय भएको हुनाले पनि हुनसक्छ । निराशा र कुण्ठाले पनि हुनसक्छ । त्यसले गर्दा सदन एउटा औपचारिक कुरा गर्ने थलोको रुपमा मात्र देखिएको छ ।
त्यो बेलाका संसदमा जनतााका सवालहरु उठाउने सवालमा तपाँइहरु प्रभावकारी भुमिका देखिन्थ्यो , यो पल्ट तपाँइहरुमै त्यस्तो उर्जा आएको देखिएन नी किन होला ?
सत्ता पक्ष हुनुको नाताले केही प्राविधीक कठिनाइहरु आफ्नो ठाँउमा छन् । सत्ता पक्षले नै प्रतिपक्षको भुमिका खेल्नुपर्ने अवस्थाको सिर्जना हुनु अत्यन्त दुखद कुरा हुन्छ ।
विषय बस्तु र राष्ट्रिय आवश्यकाका कुराहरु संसदमा सामान्यताथ प्रतिपक्षले सबैभन्दा अग्र मोर्चामा उभिएर उठाउनुपर्ने प्रचलन पनि हो ।
त्यति हुँदाहुँदै पनि प्रतिपक्षले जे गरेको भएतापनि सत्तापक्षकै सांसदहरुबाट पनि राष्ट्रका गम्भिर मुद्दाहरु उठिरहेका छन् । उठाउने प्रयत्न पनि भइरहेको छ ।
पार्टीको नेता पनि हुनुहुन्छ, पार्टी भित्रको प्रतिपक्षको रुपमा आन्तरिक ढंगले यस्ता सवालहरु कत्तिको उठाइरहनु भएको छ ?
त्यो त भइरहेको छ । पार्टीभित्रकै प्रतिपक्ष भन्दा पनि पार्टीलाई अझ बलियो बनाउन, सरकारलाई अझ बलियो बनाउनको लागि दलमा उठाउने कुरा दलमै उठाइरहिएको छ ।
संसदमा उठाउनुपर्ने कुराहरु संसदमा पनि उठाइरहिएको छ । किनभन्दा हामी जनप्रतिनिधी भएपछि जनतासंग सरोकारवाला कुराहरु, राष्ट्रिय सरोकारका कुराहरु, आफ्नो क्षेत्रसंग गाँसिएका सरोकारका कुराहरुको विषयमा सरकारको अथवा पार्टीको ध्यानाकर्षण गर्ने काम भइरहेको छ ।
अरु साथीहरुबाट पनि भइरहेको छ । मबाट पनि भइरहेको छ ।
पछिल्लो पटक बजेट विनियोजन लगायत सरकारको कार्यशैलिका बारेमा मन्त्री र सत्तपक्षकै सांसदहरुबीच विवाद बढेको जस्तो देखिन्छ, तपाँइ आफु पनि यसमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
यो पाटोमा चाँही म पुर्ण असन्तुष्ट छु ।
किन नि ?
बजेटले अहिले त्यही गाँसिएका मुद्दाहरुमा र अहिले वाम गठवन्धनले घोषणापत्रमा जे कुरा गरेको थियो, अथवा संविधानले जे परिकल्पना गरेको थियो, त्यसरी खर्च गर्ने गरी नै छुट्याइएको छ ।
किनभन्दा कसैले एक रुपैंया पनि आफ्नो राजनीतिक ढंगले छुट्याएको छैन । त्यसका वावजुद पनि बजेट प्रस्तुत हुने क्रममा अलि बुझिने, संसदले बुझ्ने, मिडीयाले बुझ्नेगरी ठ्याक्¥याक्कै यो यो ढंगले काम हुँदैछ भन्नेकुराहरु आएन ।
त्यसले गर्दा खासगरी ०५१ सालका बजेट, त्यो भन्दा पछाडि एमालेका अर्थमन्त्रीहरुले पेश गरेका बजेटको स्थितिको ढंगबाट आएन । हाम्रो चेतनास्तर, मानशिकता लगायतका कुरालाई अलिकति ध्यान नदिएको जस्तो मैले बुझें ।
कुरा अलि प्रष्ट भएन नी ?
जस्तो हामी अब सम्पुर्ण झोल्लुङेपुल निर्माण गर्दैछौं । यही वर्ष मात्र पनि हामी झण्डै ७–८ सय झोल्लुङेपुल निर्माण गर्दैछौं ।
यही चिजलाई झोल्लुङेपुललाई बजेट विनियोजन गरिएको छ भन्नुको सट्टा अब प्रत्येक दिन दिनको दुइवटा झोल्लुङेपुल बन्छ, यो वर्ष प्रत्येक दिन दिनको दुइवटा झोल्लुङेपुल बन्छ भनेको भए मान्छेले प्रष्ट बुझ्थे ।
प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे अनिवार्य रुपले गरिनेछ भनेर भन्दिएको भए सबैतिर सम्वोधन भएको जस्तो बुझिन्थ्यो । प्रत्येकले बुझ्दथे पनि ।
प्रत्येक क्षेत्रमा गरेर यति सिञ्चार्य वा यति खानेपानी भनेर प्रष्टै भन्दीएको भए हुन्थ्यो । आखिर खर्च भैरहेकै छ । यो ढंगबाट हुँदै भएन ।
अर्कोकुरा कर्मचारी संयन्त्रबाट जे कुराहरु शिफारीश गरेर ल्यायो, त्यसलाई नै बढी प्राथमिकता दिएर निर्वाचित प्रतिनिधीहरुको चासो, सरोकार, शिफारीश के हो भनेर बुझ्नकाम भएन । हामीत गाँउ गाँउ घुमेका छौं ।
कम्तिमा पनि एउटा खानेपानी योजना, एउटा पुल, एउटा सडक, एउटा सिँचाइ, एउटा स्कुल, एउटा गाँउको विद्युतिकरण, यस्ता चिजहरुलाई सम्वोधन गरिएको भए त्यो बजेटमा सबैको अपनत्व हुनेथियो । तयो चिजमा कमी रह्यो । भलै त्यो कामहरु हुन्छन् । तर यो स्थितिबाट गयो ।
सबै मन्त्रीहरुको बारेमा सांसदहरुले आलोचना गरेको सुनिन्छ ?
हो त, सबैभन्दा आपत्तिको कुरा मन्त्रीहरु देशको मन्त्री नभएर निर्वाचन क्षेत्रको मन्त्री भए । गाँउ पालिकाका अध्यक्ष भए । वडा अध्यक्ष जस्ता कतिपय मन्त्रीहरु देखिए ।
अहिले हातमा डाडु पन्यौं भएको बेलामा आफ्नै निर्वाचन क्षेत्रमा मात्र जति सक्यो उती बजेट खन्याउने एकाथरि देखिए । एकाथरी चाँही संसदलाई झुक्याएर अदृष्य ढंगले बजेट राखेर संसदको अवधी सकिएपछि वा बजेट पारित भएपछि झामझुम फेरी आफ्नै निर्वाचन क्षेत्रमा खन्याउने गरी चाहिनेभन्दा बढी काग बाठो भएजस्तो भए ।
काग बाठो भयो भने फोहोर खान्छ भन्थे, त्यही स्थिति देखियो । चर्को विरोधपछि अहिले केही मन्त्रीहरुले जताबाट भएपनि हाल्छौं, योजना ल्याउनुस् भनेर हारगुहार गरिरहेको देखिरहेको छु ।
त्यही चिज बजेट निर्माण गर्दा वा बजेट विनियोजना गर्दा गर्नुपथ्र्यो । आफुहरुले जे जसरी मन्त्रीहरुले मन्त्रालयगत खर्च पाएका थिए, त्यो खर्च विनियोजन गरेर बाँड्ने क्रममा अलिकति सांसदहरुसंग सम्पर्क गरिदिएको भए यो समस्या आँउदैनथ्यो । तर जव संसदमा चर्को विरोध हुनथाल्यो सत्तापक्षबाटै अनि कुरा उठेको हो ।
संक्रमणकालको यो अवस्थाम सबैतिर विरोध मात्र गरेर हुन्छ त ?
विरोध हुन जरुरी पनि थियो किनभने केही पनि छैन । ना्गो हात लिएर गएर निर्वाचन क्षेत्र के गरी फर्किने ? त्यही कारण चर्को विरोध भएपछि अहिले केही मन्त्रीले बजेट विनियोजन भइसके पनि जहााबाट भएपनि हाल्छु बजेट योजना ल्याउनुस् भनेर हार गुहार गर्दै हिँडेका छन् । मैले देखेको छु ।
तर तपाँइहरुलाई यही गुनासो राख्ने सवालमा पनि बजेटको धेरै विरोध गर्ने होइन भनेर अंकुश लगाउने प्रयास भयो रे, हो र ?
त्यस्तो छैन । मन्त्रीहरुमा ज्ञानको कमि त म भन्दिन तर निनर्वाचन क्षेत्रको लोभ बढी भयो । जति पैसा खन्यायो, आँउदो निर्वाचनहरुमा त्यो निर्वाचन क्षेत्रबाट टिकट पाउने र जित्ने भन्ने कुराको आशा उहाँहरुलाई छ होला ।
जव की त्यो झुटा कुराहरु हुन् । धेरै मन्त्रीहरुले डाडु पन्यौ नै समाते । काँग्रेसका, एमालेका जो मन्त्रीहरु जसले सम्पुर्ण बजेट खेलाउन सक्थे, खन्याउन सक्थे तर पछिल्लो चुनावी नतिजाले उनीहरु पनि हारे । त्यस्तो हुने रहेछ भन्ने देखिएन ।
सबैभन्दा ठुलो कुरा त राजनीतिक कुरा हो । संस्थागत कुरा हो । पार्टी हो । पार्टी बलियो हुनुपयो । संस्था बलियो हुनुपयो । हरेक निर्वाचन क्षेत्रकै पनि व्यक्ति होइन पार्टी बलियो हुनुपयो । नीति र नियमहरु राम्रो हुनुपयो ।
व्यवहारहरु राम्रँे हुनुपयो ।अहिले मन्त्री बनिसकेकाहरुले निर्वाचन क्षेत्रका प्रतिनीधीहरुलाई मान्यता दिनुपयो । उनीहरुको मानमर्दन गर्नु भएन । यो भागमा कमि देखियो ।
संसदीय दलको पनि अकाश्मात बैठक भएछ, अध्यक्ष तथा प्रधानमन्त्रीले नै मन्त्रीहरुले काम भन्दा पनि हल्ला खल्ला बढी गरेको र सेलीब्रेटीका रुपमा मिडीयाहरुमा छाउने काम भएको भनी आलोभना गर्नुभएछ, कुरा के हो ?
हो, हामीहरुको चर्को आलोचनापछि आपतकालिन बैठक नै बोलाइएको हो । सो बैठकमा अधिकांश सहभागिहरुले नै यो शैलिको विरोध गर्नुभयो ।
प्रधानमन्त्रीले संसदमा माननीयहरुले गरेको चर्को असन्तुष्टीलाई खण्डन गर्नु भएन । उहाँले मन्त्रीहरुका कहाँ त्रुटी छन्, म व्यक्तिगत बोलाएर उनीहरुलाई सचेत गाँउछु र सत्तापक्षीय सांसदको नाताले प्रस्तुत हुने क्रममा काँही केही त्रुटीहरु भएका छन् भने म सम्वन्धीत माननीयलाई व्यक्तिगत रुपबाटै बुझाउने प्रयत्न गर्छु भनेर उहाँले भन्नुभयो ।
तर खास मन्त्री वा खास कुनै माननीयको नाम लिएर कसैलाई गाली गर्ने वा सम्झाउने काम प्रधानमन्त्रीज्युबाट भएन । तर पनि सत्तापक्षको सांसदको नाताले चित्त नबुझेको कुरा सकभर संसदमा भन्दा संसदीय दलमै लेखाउनु उपयुक्त हुन्छ भन्ने ढंगले उहाँले कुरा गर्नुभयो ।
तर उहाँ पनि मन्त्रीका गतिवीधीबाट पुर्ण सन्तुष्ट भएको देखिदैनथ्यो ।
अहिलेका अधिकांश मन्त्रीहरु ठोस काम भन्दा पनि हल्लाखल्ला गर्ने र मिडीया सेलीब्रेटी बन्ने होड चलेको छ, तपाँइ के भन्नुहुन्छ ?
केही हाम्रा पार्टीका मन्त्रीहरुको सेलीब्रेटी बन्ने रहर औधी देखिएको छ । पहिले पनि तिनको रहर पर्याप्त थियो, अहिले पनि घटेको रहेनछ । झनै बढेको मैले पाँए ।
तर अहिलेको बजेटले केही सेलीब्रेटी मन्त्रीहरुको सेलीब्रेटीपनलाई देखाइदिएको छ । किनभन्दा बाहिर जे सुकै तामझाम र नाटक गरेपनि भित्री लोभ र आकांक्षा भने राष्टको मन्त्री हुने होइन निर्वाचन क्षेत्रको वडाअध्यक्ष हुने क्षमता रहेछ भन्ने कुरा देखायो ।
बजेटहरु एकपक्षीय आउनुको कारण जनताले नचिनेके अर्थमन्त्री भएर त होइन ?
त्यस्तो पनि होइन । उहाँ एउटा विज्ञ मान्छे नै हो । अहिलेसम्म विभिन्न ठाँउमा बसेर काम गरेको सन्दर्भमा उहाँको सकारात्मक चर्चा नै आएको थियो । तर अलिकति केही अन्तरविरोध चाँही सैद्धान्तिक पक्षको पाटोमा बढी उहाँ केन्द्रीत भएको देखियो । दिगो विकासका लागि ।
तर हाम्रो जस्तो मुलुक र हाम्रो जस्तो पार्टीले कसरी लोकप्रियता हासिल गर्दै गयो भन्ने कुराको बुझायमा उहाँको पनि कमि रहेको देखियो । काँग्रेसले कनिका बाँडेजस्तो बजेट बाँड्यो भनेर जुन बजेटलार्य विरोध गरेको थियो, त्यसैलाई नै टेकेर अहिले हामी ०७५ सालमा पनि घोट जम्मा गरिरहेका छौं ।
२४ वर्षपछि भएको चुनावमा पनि हामी त्यसलाई सेल गर्न सकिरहेका छौं र जनताले त्यसलार्य रुचायरहेका छन् भने अरुले कनिका बाँडेजस्तो भनेपनि जे भनेपनि कयौं चिजहरु देशको मनोविज्ञान, जनताको चेतना लगायतका चिजलाई पनि ध्यान दिन पर्ने हुँदो रहेछ ।
यो पक्षमा अर्थमन्त्रीज्युको अलिकति त्रुटी देखिएको छ ।
–बुधबार साप्ताहिक
0 comments
Write Down Your Responses