Powered by Blogger.
महिला उद्यमी आरती पुरस्कृत


पालुङ । थाहा नगरका महिला उद्यमी आरती श्रेष्ठ उद्योग वाणिज्य तथा आपूर्ति  मन्त्रालयद्वारा पुरस्कृत भएकी छिन् । 

आफ्नो जन्मथलो हेटौंडा भएपनी उद्यमशिलताको लागि कर्मथलोको रुपमा उद्यम गर्दै थाहा नगरमा संघर्ष गरिरहेकी आरतीलाई मकवानपुर जिल्ला कै उत्कृष्ट उद्यमी महिला भयकोमा मन्त्रालयले पुरस्कृत गरेको हो ।

उनी थाहानगर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिका सभापति समेत हुन् ।

शिक्षाको अभाबमा मानिस नै भइँदैन भन्ने मान्यता भएकाहरुको लागि उदाहरणीय ब्यक्तिको रुपमा रहेकी उनी आफु जस्तै उद्यमशील बनाउनका लागि सिलाइ प्रशिक्षण केन्द्र  खोलेर थाहा नगर उद्योग बाणिज्य संघसंगको समन्वयमा महिलाहरुलाई सिलाइ कटाइको तालिम समेत दिदै आइरहेकी छिन् ।


0 comments

Write Down Your Responses