Powered by Blogger.
कैलाश गाउँपालिका : सार्वजनिक सुनुवाई -अध्यक्ष भन्छन् : गुनासोलाई क्रमागत रुपमै समाधान गर्दै जान्छौँ

कैलाश गाउँपालिका /  कैलाश गाउँपालिका अध्यक्ष टंक बहादुर मोक्तानले गाउँपालिकाको जनताको गुनासोलाई क्रमागत रुपमै समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । मकवानपुरको कैलाश गाउँपालिकाले गाउँपालिकाको वडा नम्बर ६ स्थित पकनीमा सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण कार्यक्रममा मोक्तानले धेरै भन्दा धेरै जनताको गुनासोे सुन्न चाएको र आगामी दिनमा त्यस गुनासोलाई समाधन तर्फ र आफ्नो कायप्रतिको कमीकमजोरी सुधार्दै लैजाने बताएका छन् ।
उनले भने,‘ हामी जनताको सेवा गर्न आएका छौँ, केहि कमीकमजोरी भएको खण्डमा खौँल्याईदिन समेत आग्रह गरे ।’ विभिन्न वडालाई विभिन्न तवरबाट चिनाउनको लागि योजना बनाई आगामी वर्षमा बजेट विनियोजित गर्ने बताए । छोटो समयमा यस आर्थिक वर्षको योजना बनाएको भन्दै                                                                                           आगामि वर्षमा नयाँ ढंगबाट कार्ययोजना बनाएर जान लागिरहेको बताए । उनले थपे,‘ भौगोलिक विगटताका कारण विकास पछि परिरहेको भएता पनि अन्य गाउँपालिका सहर विकासतर्फ लम्किरहेकोछौँ ।’
जनताको कामलाई सहज तरिकाले समाधान गर्नको लागि आफु निरन्तर लागि परेता पनि प्रशासनमा कर्मचारीको अभावले गर्दा काममा कठिनाई आएको स्वीकारे । उने भने, ‘दुई वडामा एउटै सचिवले हेर्नु परेको छ, भौगोलिक हिसावले गर्दा कर्मचारीहरु आउन अनाकानी गरिरहेकोे अवस्थामा पनि जनताको काममा कुनै अवरोध नहुने तरिकाले कार्य गरिरहेको बताए ।’ 
त्यस्तै स्थानिय विनायक गोलले हरेक वडाबाट गाउँपालिका सम्म जाने सडक नहुँदा वडावासीलाई परेको समस्याको बारेको गुनासो राख्दा अध्यक्ष मोक्तानले यस समस्यालाई तत्काल समाधान गर्न करोडौँ रकम खर्च गर्नु पर्ने भएकोले गाउँपालिकासँग त्यति धेरै बजेट नभएको जानकारी गराउदै यसलाई केन्द्रिय बजेटको ताकेता गरेको बताए । 
केहि व्यक्ति तथा प्रतिनिधिको एकलौटि निर्णयले सबैको पाएक पर्ने ठाउँ भन्दा अनाकन्तर ठाउँ आफ्नो स्वार्थ पुरा गर्नको लागि वडा कार्यालयको भवन निमार्ण गर्न लागिरहेको प्रति वडा नम्बर ६ का स्थानियले गुनासो गर्दा यस समस्याको समाधान वडाबाट गरिने हुँदा वडाका अध्यक्षलाई तत्काल समाधान निकाल्नको लागि मुक्तानले निर्देशन समेत दिए । वडा अध्यक्ष ठुलो कान्छा लामाले समेत छिट्टै यस विषयलाई समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । 
सार्वजनिक कार्यक्रममा अर्का स्थानिय सुनिल मोक्तानले गाउँपालिकमा हरेक कार्यको अभिलेख नभएको प्रति गुनासो गर्दा गाउँपालिकाका कार्यकारी अधिकृत देवेन्द्र सापकोटाले समग्र गाउँपालिकाको बजेट, आम्दानी र खर्च विवरणलाई सार्वजनिक गर्दै सो कमीकमजोरीलाई सुधार्दै लैजाने बताए ।
सार्वजनिक कार्यक्रममा गाउँपालिकामा स्वास्थ्य प्रमुख श्याम सुन्दर महतोले गाउँपालिकामा ७२ प्रतिशत महिलामा पाठेघर समस्या र वाल विवाह वढि हुने गरेको भन्दै यसलाई न्यूनिकरण गर्न तर्फ महिला कार्यक्रम,जनचेतामुलक शिविर जस्ता कार्यक्रम संचालन गरेको बताए । 
स्थानियहरुले कृषि तर्फ अनुदानमा विउ देखि लिएर कृषि उत्पादनमा सहजता हुने खालमा कृषि औजार अनुदानमा दिनु पर्ने बताएका थिए । यस प्रश्नलाई सम्बोधन गर्दै गाउँपालिकाका कृषि प्रमुख अमरकान्त झाले विगद देखि नै अनुदानमा मल देखि विउ सम्म वितरण गर्दै आईरहेको भन्दै आगामी दिनमा कृषकको जिवन स्तर उकास्ने खालको योजना ल्याउने बताए ।
स्थानीय निकायको निर्वाचिन पछि गएको १ बर्षमा निर्वाचित प्रतिनिधिले गरेका कार्यहरुको समिक्षा सहित जनगुनासोलाई प्राथमिकतामा राख्नका लागि कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिकाको आयोजना तथा एस.एम.एस मिडिया प्रा.लि.को संयोजनमा भएको कार्यक्रममा गाउँपालिकाको वडा नम्बर १, २, ५ र ६ का वडा अध्यक्षहरुले आफ्ना वडाहरुमा भएको कामको बारेमा सम्बन्धित वडाबासीहरुको प्रश्न गरेका थिए ।
कार्यक्रमलाई संयोजन गरेको एस.एम.एस. मिडियाका अध्यक्ष कृष्ण सारु मगरले गाउँपालिका वडा नम्बर १, २, ५ र ६ का स्थानीय नागरिकले आफूहरुलाई स्थानीय वडाहरुले दिएको सेवा प्रवाहका बारेमा तयार गरिएको सर्वेक्षणको प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । सर्वेक्षण अनुसार वडाहरुमा कर्मचारीको अभाव, शिर्षक अनुसार छुट्याईएको बजेट अपुग रहेको, कर्मचारीले दुख दिएका सहित गुनासो आएको प्रस्तुत सर्वेक्षणमा उल्लेख रहेको थियो ।
पत्रकार रुपक कालिराजले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधि र स्थानीय वडाबासीहरुको प्रत्यक्ष सवाल जवाफ रहेको बहसमूलक कार्यक्रम भने पत्रकार देवराज पन्तले सहजीकरण गरेका थिए । कार्यक्रममा गाउँपालिकाका प्रमुख,वडा प्रमुख, सचिव, कृषि प्रमुख, स्वास्थ्य प्रमुख स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानीय नागरिक लगायतको उपस्थिति रहेको थियो । बाँकी वडाहरुमा आगामी आषाढको दोश्रो साता सार्वजनिक कार्यक्रम गरिने गाउँपालिकाले जनाएको छ ।

0 comments

Write Down Your Responses