Powered by Blogger.
खुल्ला नृत्य प्रतियोगितामा बागमाती मावि प्रथम

बागमती / अन्तर विद्यालय स्तरिय खुल्ला नृत्य प्रतियोगितामा बागमाती मावि प्रथम भएको छ । बागमती गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा बागमती मावि प्रथम हुँदै नगद २० हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ । 

स्थानीय कला संस्कृतिलाई जर्गेना गर्दै विद्यार्थिहरुको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्धेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा देवकी मावि ज्यामिरे द्धितिय, जनता मावि फापरबारी तृतिय र सान्त्वन्ना बागबैरभ मावि र बागमती आधारभुत भएका छन् । प्रतियोगितामा द्धितिय, तृतिय र सान्त्वन्ना लाई क्रमश ः १५ हजार, १० हजार र ५ हजार सहित सहित प्रमाणपत्र प्राप्त गरेको छन् ।

बागमती गाउँपालिकाको १५ वटा विद्यालयको सहभागितामा भएको प्रतियोगितामा चलचित्र तथा नृत्य निर्देशक विक्रम रुम्बा, संगीतकार तुलसी गौतम, नृत्य निर्देशक राजकुमार लामाले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।  गाउँपालिकाको प्रमुख सर्केश घलानको सभाध्यक्ष तथा ३ नम्बर प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी मगरको प्रमुृख आथित्यतामा सम्मपन्न भएको हो । 

0 comments

Write Down Your Responses