Powered by Blogger.
उद्घोषण कला गाह्रो होइन, सजिलो पनि छैनः लामा


फाखेल(मकवानपुर) । उद्घोषण कला गाह्रो बिषय नभएको र सजिलो पनि नभएको प्रमुख अतिथी इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए ।

 इन्द्रसरोवर गाउँपालिका वड नं ५ खड्बुको वडाकार्यालयमा संचालित सात दिने उद्घोषण तालिमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी लामाले आफुले गरेका उद्घोषणहरुको अनुभव सुनाउदै यस्तो बताएका हुन् । 

साथै उनले यस पटकको उद्घोषण तालिम उपलब्धिमुलक बनेमा आगामी दिनमा समेत गाउँपालिकाले सहर्ष बजेट बिनियोजन गर्ने बताए ।

इन्द्रसरोवर गाउँपालिकाको आर्थिक सहयोग र ५ नं वडा कार्यालयको समन्वयमा मितेरी युवा क्लबले गाउँमा सञ्चालन हुने साना ठुला जुनसुकै कार्यक्रममा हुने उद्घोषकको अभाबको समस्यालाई मध्यनजर गर्दै तालिम सन्चालन गरेको हो ।

मितेरी युवा क्लबका अध्यक्ष मञ्जरी बलामीको सभाध्यक्षातामा सञ्चालन भएको उद्घोषण तालिमको उद्घाटन सत्रमा मितेरी युवा क्लबकै पुर्व अध्यक्ष मधुकर कार्की, प्रशिक्षक कुमार नेगी, महाचुनी माध्यमिक बिद्यालयका प्रधानाध्यापक शान्तलाल लामा, ५ नं वडाका महिला सदस्य दुर्गावती थोकर लगायतको उपस्थिति थियो । 

तालिममा इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का युवा क्लब, बाल क्लब, बिद्यालय र संघसंस्थामा आबद्ध युवाहरुले प्रशिक्षार्थीको रुपमा सहभागिता जनाएका छन् । 

बुधबारदेखि सुरु भएको सात दिने तालिमको यहि असार १२ गते समापन गरिने कार्यतालिका रहेको जनाइएको छ ।



0 comments

Write Down Your Responses