कैलाश गाउँपालिकाको कटरेमा जनजागरण टोल विकास संस्था गठन,अध्यक्षमा बलराम लामा

टोल विकास संस्थाको उपाध्यक्षमा खुन्ती माया मुक्तान, सचिव राजकुमार गोले, कोषाध्यक्ष शान्ति माया मोक्तान चयन गरेको छ । सदस्यहरुमा पार्वती मोक्तान, सुकले थोकर, भिमे योञ्जन, सुकु माया ब्लोन, सुर्यबहादुर गोले, छेकु लामा (ठुलो), उज्वल नेपाली रहेको छन् ।
सागर लम्सालको सधाध्यक्षता तथा वडा नम्बर ५ का वडा अध्यक्ष छेकु लामाको प्रमुख आथित्यतामा भएको हो । विकास निर्माणमा गाउँपालिकासंग साझेदारी गर्ने, स्थानीय स्तरमा हुने द्धन्द्ध व्यवस्थापन गर्ने, पर्यटन विकास तथा सामाजिक उत्तरदायित्व लगायतका कामहरु गर्न टोल विकास संस्था स्थापना गरिएको वडा अध्यक्ष तथा संरक्षण छेकु लामाले जानकारी दिए । साविक गोगने गाविसमा पहिलो पटक जनजागरण टोल विकास संस्था गठन भएको छ । यसै गरि गाउँपालिका भरि टोल विकास संस्था गठन कार्य भईरहेको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिए ।
0 comments
Write Down Your Responses