Powered by Blogger.
पाँच वर्ष भित्र सबैतिर खानेपानीको प्रवन्ध गर्छौ

बिरेन्द्र चन्द, वडा अध्यक्ष, बोगटान गाँउपालिका, डोटी

डोटी बोगटान गाउँपालिकाका ३७ जना जनप्रतिनिधी मध्ये सबैभन्दा कान्छो जनप्रतिनीधी हुन् ६ नम्बर वडाका अध्यक्ष बिरेन्द्र चन्द । चन्द जनताका काममा निरत्नर खटिरहेका छन् । 

स्थानीय जनता चन्द जस्तै नेता आफुले छान्द आफुनो ठाउँको बिकास हुने तयारीमा रहेकोमा आशावादी छन् ।  वडा ६ का युवादेखि बृद्ध बुद्धा चन्दको कार्यशैलिबाट अत्यन्त खुशी छन् । प्रस्तुत छ उनीसंग गरिएको कुराकानीः

तपाईको दिनचर्या कसरी बितिरहेको छ ?

दिनचर्या  चलिरहेकै छ । जनताको काम काजमै ब्यस्त छु । कति बेला योजनाको अनुगमन तिर दौडिरहेको हुन्छु, कति बेला जनताको काममा हुन्छु ।  प्र्राय गरीे जनतालाई सेवा दिने उद्देश्यले जनताको काम गरिरहेको छु । 

जनताले तपाईबाट देखेका आशा–सपना सबै अधुरा छन् भने कुरा छ नी ?

यो कदापी होइन ।  जनताले मलाई निर्वाचित गरि यो ठाउँमा पु¥याएपछि सबै भन्दा पहिला त म जनतालाई धन्यवाद दिन चाहान्छु । 

मलाई यो ठाउँमा पु¥याउने, यसले केही गर्छ, यो मान्छेले उद्देश्य र लक्ष्य बोकेको छ भन्ने ठान्ने आम जनता धन्यवादका पात्र हुनुहुन्छ । 

मैले बोलेको छु म निर्वाचित भैसकेपछि  हाम्रो वडाका सारा समस्या हल गर्छु । जनताले आफनो अधिकार प्रयोग गर्ने ठाउँमा प्रयोग गर्न खोज्दा पनि प्रयोग नभैराखेको अवस्था छ । कुनै सेवा सुविधा लिँदा पनि त्यो सेवा सुविधा नपाईराको अवस्था छ ।

 यहाँका खानेपानी,स्वाथ्य, शिक्षाका समस्या समाधान गरिनुपर्छ ।  म यो कार्यालयमा सुरुमा आउदा खेरी जहाँ एक दमैं जनतालाई अप्ठ्रो भएको थियो । ति  कामलाई मैले मध्यनजर गरेर अहोरात्र खटेर  केही हदसम्म सहज पारें ।

बोगटान गाउँपालिका वडा नम्बर ६ को पहिलेको अवस्थामा र तपाई जनप्रतिनिधी भएर आएपछिको अवस्थामा के फरक छ त ?

अहिले धेरै फरक छ । स्थानीय सरकार सञ्चालनमा छ । सघिय संरचनामा देश गैसेकेपछि पहिले त गाविसमै  संचालन थियो । अव स्थानीय सरकार संचालन भैसकेपछि हामी स्थानीय सरकारको प्रतिनिधी भैसकेपछि अबको अवस्था राम्रो छ ।

म यहाँ आँउदा एउटा कार्यालय पनि बस्न उपयुक्त थिएन । काम काज गर्नको लागी एउटै ठाउँमा बसेर कर्मचारीहरु एउटै कोठामा बसेर काम गरिराख्नु परेको अवस्था  थियो । जनताले पाउँने  सेवा सुविधामा ढिला सुस्ती  थियो । हामी सँग एउटा बस्ने अफिस नहुदा, कुर्ची टेबुलको व्यवस्था पनि थिएन । 

अहिल जनताले काम गर्न आउदा उहाँहरुले आफै नै धन्यवाद दिएर जानु हुन्छ । हामीलाई काम गर्न जाँदा असहज भाको छैन भन्दा मलाई आफैमा गर्व लाग्छ ।   यसका साथै हामीले वडा कार्यालयको भवन पनि निर्माण गर्दै छौं ।  यहाँका बाटाघाटा, यहाँको खानेपानीको अवस्था एकदम समस्याग्रस्त हो । 

यो समस्यालबाट मुक्तिको लागि हामीले कतिपय साविकको टोललाई पानीको व्यवस्था गरिसकेको छौ  । अन्यत्र पनि त्यही तयारी भइरहेको छ ।जो साविकको वडामा खाने पानीका स्रोत छैन् त्यो वडाको लागी पानीको स्रोत खोजी रहेका छौ । पञ्चवर्षीय योजना संचालन गरेको छौ । 

गुरुयोजना बनाई हामी अगाडी बढिरहेका छौ । पानीको स्रोतै नभेटाएको ठाउँमा पानीको लागी बिभिन्न विकल्प खोजी रहेका छौ । 

जस्तै आकास पानीे ट्याङ्की या अरु विकल्पमा पनि हामी जान खोजिरहेका छौं ।  ५ वर्षमा बोगटान गाउँपालिकाका सबै वडामा खाने पानीको राम्रो व्यवस्था गर्न गाउँपालिकाका सबै जनप्रतिनिधी हामी लागी रहेका छौ ।

अब बोगटान गाउँपालिकाको बिकास र वडा नम्बर ६ गगुडाको बिकासको लागी तपाईको भिजन के हो ?

मैले केही प्लानिङ बनाएको छु ।  बोगटान गाउँपालिकामा हाम्रो  १७ हजार जनसंख्या  छ । यहाँका युवाहरुको लागी विशेष योजना ल्याउनुपर्छ । 

युवाहरुले के गर्न खोजी रहेका छन् । म यो अनुसन्धानमा छु । हामीसंग पढे लेखेका युवाहरु एसएलसी पास गर्दै बिदेशीने चलन छ ।  पढाई लेखाईको लक्ष्य पुरा गरेका युवाहरुले पनि  सानो तिनो काम गर्न हिच्चकिचाउने, आफु संग भएको शैक्षिक प्रमाण पत्रहरु बाक्सामा थन्क्याएर बिदेशमा जाने समस्या छ ।  

त्यहाँ गएर ठुलो धनराशी कमाउनु पर्छ भन्ने उनीहरुको सपना छ, म त्यो सपना तोड्न चाहान्छु । हामीसंग स्रोत भरिपुर्ण छ । बोगटान गाउँपालिका आफैमा स्रोत साधनले भरिपुर्ण गाउँपालिका हो । एक दुई वडामा हाम्रो त्यस्तो समस्या छ । तर हामी  संग जल पनि छ, जङगल पनि छ र खनिज पदार्थ पनि छ । हामी संग खेती योग्य जमिन पनि छ । कतिपय ठाउँमा हामीले कृषि क्षेत्रलाई प्रोत्साहन गरीरहेका छौं  । 

बोगटान गाउँपालिकाका ७ वटा वडाका ४ वडामा धिरगामाण्डौलाई आलु पकेट क्षेत्र  घोषणा गरेका छौ । सिमचौरमा मौरी पालन क्षेत्र घोषणा गरेका छौ । केदाराखडामा तरकारी खेती र बाख्रा पालनको लागी पकेट क्षेत्र घोेषण गरेका छौ । कादाचौरमा भैसी पालनको लागी नयाँ नीति ल्याएका छौ । 

र, गगुडाका लागी आँप पकेट क्षेत्रको लागि प्लानिङ गरेका छौ भने बिदेशमै गएर ठुलो धनराशी आर्जन गर्ने सकिन्छ भने सोच बनेको छ त्यो सोचलाई हामीले अब स्वदेशमै  केही गर्नु पर्छ भन्नेतिर जोड दिनुपर्छ । त्यो सोच परिर्वतन गर्नको लागी युवास्वरोगार कार्यक्रम पनि नीति बनाएर ल्याएका छौ । 

ति युवाहरुलाई कृषि तिर उन्मुख बनाउनको लागी गाउँपालिकाबाट हामीले ४० प्रतिशत लगानी  गर्ने नीति लागु गरेका छौ । 

त्यो बजेटिङ गरि सके पछाडी कृषि बिकास बैँकद्धारा नै हामीले ऋण प्रक्रिया गरेर स्वदेशमा नै रोजगारको सिर्जना अवगत गराउने लक्ष्य लिएको छौ ।  म युवा भएकोले पनि युवामा बढि जोड  दिन चाहन्छु ।
  
बोगटान गाउँपालिकामा एउटा खेलकुदका कार्यक्रम पनि गर्ने योजना छ ।  हामीले युवालाई अग्रसर बनाएर अगाडी बढाउन चाहान्छौ । यसका साथै एउटा युवा क्लब बनाएर कुन ठाँउमा कति काम भएको छ त्यो  ठाउँमा काम भएको छ की छैन, हेर्नुपर्छ । हामीले बजेटिङ गरेको बजेट सदुपयोग भएको छ की छैन ? त्यसको लागी हामीले  एउटा अनुगमनको लागी युवा अनुगमन टोली गठन गर्ने प्लानिङ गरेको छौ ।

अध्यक्ष ज्यू, तपाई युवा नेता, तपाईबाट युवाहरुले धेरै आशा राखेका छन् सपना देखेका छन्, ति सबै पुरा हुन्छन् ?

अवश्य नै  म एउटैले त सबै कुराहरु पुरा नै  गर्न सक्छु भन्दिन ।  एक्लै बोल्दा, एक्लै खट्दा, एक्लैले भनि रहँदा हुँदैन, सामुहिक प्रयासको खाँचो छ ।  

तर समंग्रमा गाउँपालिकाका  हामी ३७ जना जो स्थानीय सरकारका जनप्रतिनिधी छौ । हामी सबैले एउटा  खालको प्लानिङ गरेर हामी अगाडी गएर ४÷५ वर्षकै अवधीमा केही परिर्वतन आँउछ । युवाहरु र जनताका सबै आशा सपना सबै पुरा हुन्छन् ।

जनताको साथ र समर्थन कत्तिको पाउनु भएको छ ?

२०७४ सालमा हामीले बजेटिङ गरेका जो कामकाज थिए । ति विस्तारै पुरा हुँदैछन् । हामी सबै जना जनप्रतिनिधी नयाँ थियौ । हामीले  काम गर्दा कतै त्रुटी त हुदैन की,  कोही योजना अधुरो  भएर वडा कार्यालयमा त्यस्तो  खालको गुनासो आउछ की, कतै हामी भुलचुकमा परेका छौकी भन्ने मलाई लागेको थियो ।  

तर त्यस्तो मैले पाइन । मलाई सम्पुर्ण जनताले साथ दिएका छन् ।  सबैबाट मैले साथ पाएको छु । म यँहा आईसकेपछि  राम्रो कामको लागी मैले धेरैबाट सुझाव सल्लाह पाएको छु । म एकदमै खुसी छु ।



0 comments

Write Down Your Responses