Powered by Blogger.
व्यावसायिक सुरक्षा विषयमा छलफल कार्यक्रम

हेटौडा / मकवानपुर उद्योग वाणिज्य सघको आयोजनामा आज ंसुरक्षा विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा व्यावसायिक सुरक्षा विषयमा छलफल कार्यक्रमको आयोजना भएको हो । देशकै ठूलो औद्योगिक क्षेत्र हेटौंडा ३ नं प्रदेशको राजधानी पनि भईसकेका अवस्थामा जिल्लाको आर्थिक गतिविधिमा वृद्धि भएको सन्दर्भमा मकवानपुर उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय तथा नगरका विभिन्न बैंकहरुबीच छलफल भएको हो । 

स्वागत मन्तव्य दिंदै अध्यक्ष कटुवालले नगरको सुरक्षामा सिसिटिभीले पु¥याएको योगदानको चर्चा गरेका थिए । विभिन्न समयमा सिसिटिभी विग्रने समस्या आईरहेकोले यसकालागि बैंकहरुबाट पनि बजेटको व्यवस्था हुन सके चोरी, लुटपाटको घटना न्यूनिकरणमा सहयोग पुग्ने पनि बताए । बैंकहरुको एटीएम पनि संसाँझै बन्द हुने भएकोले यसलाई २४ घण्टा खुला राख्नुपर्ने पनि उनले सुझाए । 
प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले सिसिटिभीले नगरको सुरक्षामा उल्लेखनीय सहयोग पु¥याईरहेको भएपनि यसको मर्मतमा ध्यान पु¥याउनु सबैको दायित्व रहेको बताए । प्रदेशको राजधानी भएको अवस्थामा सुरक्षाको चुनौती पनि संगसंगै रहेको बताउँदै उपरीक्षक श्रेष्ठले नगरको समग्र सुरक्षामा सबैको समन्वय र सहयोग भए २४ घण्टा नै नगर खुल्ला राख्न सकिने पनि बताए । बैंकहरुले पनि यसकालागि आप्mनो तर्पmबाट यथेष्ट सहयोग गर्न उनले आग्रह गरे । 
बैंकर्सहरुको तर्फबाट आप्mनो विचार राख्दै बैंक अफ काठमाडौंका प्रबन्धक रमेश प्याकुरेलले बैंकहरुबाट पनि सिसिटिभीको लागि सक्दो सहयोग रहने बताए । आगामी वर्षको बजेट बनाउने क्रममा रहेको बताउँदै प्रबन्ध प्याकुरेलले आगामी वर्षको बजेटमा सिसिटिभीकोलागि निश्चित रकम छुट्ट्याउन प्रयास गर्ने बताए । छिट्टै नै नगरमा भएका सबै बैंकर्सहरुसंग थप छलफल गरी सबै बैंकबाट निश्चित रकमको व्यवस्था गर्न पहल गर्ने पनि उनले बताए । 
संघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठले सिसिटिभीलाई निरन्तरता दिंदै क्षेत्र विस्तार पनि गर्नुपर्ने र यसकालागि सवैको सहयोग आवश्यक रहेको बताए । संघका पूर्व अध्यक्ष तथा नेउवामहासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले सिसिटिभिलाई चुस्त राख्ने दायित्व सबैको भएकोले यसमा नगरमा रहेका बैंकहरुबाट पनि उल्लेखनीय सहयोग प्राप्त हुनुपर्ने बताए । यसकालागि बैंकका प्रमुखहरुसंग पनि संघले छलफल अघि बढाउनुपर्ने उनले सुझाए । संघ सबै उद्योगी व्यवसायीको छाता संगठन भएकोले बैंकहरुलाई पनि संंघमा सदस्यता लिई आवद्ध हुन आग्रह गरे ।
संघका सचिव विष्णु गोपाल महर्जनले संचालन गरेको छलफल कार्यक्रममा समापन मन्तव्य राख्दै बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले यसपटक नगरको सुरक्षामा बैंकर्सहरुबाट ठूलो आशा राखेको बताए । नगरमा विभिन्न स्थानहरुमा गरी हाल ३८ वटा सिसिटिभी क्यामेरा राखिएका छन् भने केही क्यामेराहरु चट्याङ्गलगायतका कारणबाट संचालन हुन सकेको छैन । संचालन हुन नसकेको क्यामेरा मर्मतकालागि हेटौंडा उपमहानगरपालिकाबाट पनि केही सहयोग प्राप्त हुनेछ । 
कार्यक्रममा संघका पूर्व अध्यक्ष श्री उत्तम शर्मा ढकाल, उपाध्यक्षद्वय रामप्रसाद न्यौपाने, गणेश प्रसाद भेटुवाल, महासचिव प्रमोदसिंह रानाभाट, कोषाध्यक्ष अनिल अग्रवाल, सचिवद्वय सन्तोष अर्याल, काव्यमणि अधिकारी, कासस सुनिल अधिकारी, राजाराम कार्की, पश्चिमी क्षेत्र समितिका सभापति गोविन्द प्रसाद रिजाल र विभिन्न बैंकका प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।



0 comments

Write Down Your Responses