Powered by Blogger.
एक करोडको लागतमा थाहानगरमा आँखा अस्पताल बन्दै

Image result for आँखा अस्पताल  picथाहानगर  /  मकवानपुरको थाहा नगरपालिकामा सामुदायिक आँखा अस्पताल स्थापना गर्न लागेको छ । थाहा नगरपालिका–३ थानाबजार नजिक सामुदायिक कार्यक्रम अन्तर्गत  तिलगंगा आँखा अस्पतालले आँखा अस्पताल स्थापना गर्न लागिएको थाहानगरका मेयर लबशेर विष्टले जानकारी दिए ।

अस्पताल स्थापना गर्न नगरपालिकाले २ रोपनी जग्गा उपलब्ध गराएको छ । उक्त जग्गा सम्याउने र राजमार्गसँग जोड्न सडक खोल्ने काम भइरहेको छ । भिजन हिमालय अस्ट्ेरलियाको सहयोगमा तिलगंगा आँखा अस्पतालले सामुदायिक आँखा अस्पताल स्थापना गर्न लागेको मेयर  विष्टले बताए ।
‘आँखाका रोगीलाई काठमाडौं र हेटौंडा जान नपरोस् भनेर अस्पताल निर्माण गर्न जग्गा उपलब्ध गराएका हौं,’ उनले भने ।

 करिब एक करोडको लागतमा निर्माण हुने आँखा अस्पतालमा दैनिक रूपमा आँखा परीक्षण गरिने र मासिक रूपमा आँखाको शल्यक्रिया गर्ने सामुदायिक आँखा अस्पताल हेटौंडाका प्रशासकीय अधिकृत सुधीरभद्र श्रेष्ठले बताए । उनका अनुसार अस्पताल निर्माण एक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ।

0 comments

Write Down Your Responses