Powered by Blogger.
एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी /विद्यालयलाई सम्मान

 बागमती गाउँपालिका / मकवानपुरको बागमती गाउँपालिकाले बागमती गाउँपालिकाका एस.ई.ई.मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । एस.ई.ई.मा ए प्लस, ए, बि प्लस ल्याउन सफल जनता माविबाट ५ जना, बागमती मावि १ जना, देवकी मावि २ जना र सुर्य मावि २ जना गरि गाउँपालिका भरिका १० जना विद्यार्थीहरुलाई सम्मान गरेको सो कार्यक्रमको संयोजक नितु शाहले बताईन् ।

 ४ वटा विद्यालयका ३ जना ए ल्याउन सफल विद्यार्थीहरुलाई सम्मानपत्र सहित जनही १५ हजारका दरल र ए प्लस ल्याउन सफल ७ जना विद्यार्थीहरुलाई सम्मान पत्र सहित जनही १२ हजारको दरले प्रदान गरेको शाहले बताईन् । 
 उत्कृष्ट विद्यालय सम्मा र प्रोत्साहन
त्यस्तै बागमती गाउँपालिकाभरिमा एस.इ.इ.मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै जनता उच्च माविलाई नगद १ लाख ५० हजार सहित सम्मान गरेको छ ।
भने आधारभुत विद्यालय अन्र्तगत शिक्षा, वातावरण, सरसफाई लगायत हरेक तवरबाट उत्ृकष्ट पर्न सफल देवहित आधारभुत विद्यालयलाई नगद ५० हजार सहित सम्मान प्रदान गरेको आयोजकले जनाएको छ । त्यस्तै विपन्न तथा जेहेन्दार १ सय ३५ जना विरुद्यार्थी एक वर्ष भरि पुग्ने शैक्षिक सामाग्री समेत प्रदान गरेको छ । 


0 comments

Write Down Your Responses